माछापुच्छ्र्रे बैंक लि.ले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाइसी सेवाको शुभारम्भको गरेको छ ।
उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकले अनलाइनमार्फत खाता खोली भिडियो केवाइसीमार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नुहुनेछ ।
यस भिडियो केवाइसीमार्फत खाता खोल्दा ग्राहकहरू बैंकमा केवाइसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्ने छैन ।
यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाइसी सेवामार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्नुहुनेछ ।
साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने छ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ, जसमा भिडियो केवाइसी सेवाको उपयोग गरी बैंकसम्म पुग्नु पर्ने झन्झट हटेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।