माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको मिति चैत १७ गते बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभयो ।

उक्त शाखा समुद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाज्यूको पनि उपस्थिति रहेको थियो । नयाँ शाखासँगै कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या चार पुगेको छ ।

देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । नयाँ शाखाहरूमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाका साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावलाई सेवा प्रदान गर्दै आइरहेको छ ।