Chovar Blues Mobile Size

भक्तपुर / माछापुच्छ्रे बैंक लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चाँगुनारायण ३, भक्तपुरमा अवस्थित मानव कल्याण समाज नामक संस्थालाई बीस थान बेड सिट लगायतका सामान हस्तान्तरण गरेको छ । बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बाग्मती प्रदेशका उपप्रमुख टीका ओझा र कमलविनायक शाखा प्रमुख उज्ज्वल श्रेष्ठले उक्त सामानहरु हस्तान्तरण गर्नु भएको थियो ।

मानव कल्याण समाजले बेवारिसे सडक मानवको रुपमा खुल्ला आकाशमुनि आफ्नो जीवन व्यतित गरिरहेका विभिन्न उमेर समूहका वृद्धदेखि बालबालिका, शारीरिक रुपमा अशक्त व्यक्तिहरूलाई उद्धार गरी उनीहरूको संरक्षण गर्दै आएको छ ।

मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका ५ वटा शाखाबाट २०० जना भन्दा बढीलाई गाँस, बास, कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । विभिन्न संघसंस्था एवं व्यक्तिहरुले स्वेच्छिक रुपमा प्रदान गर्दै आएको सहयोगबाट सञ्चालन भइरहेको मानव कल्याण समाजलाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।

यसअघि पनि बैंकले सामाजिक कार्यमा संलग्न विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटिएममार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।