माछापुच्छ्रे बैंक लि. २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैँकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।

यसअघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ ।
जसअन्तर्गत ग्राहकहरूले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ-कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधिभर अधिकतम रु २१०० सम्मको क्यास ब्याक पाउन सक्नुहुनेछ । क्यास ब्याकको अतिरिक्त ग्राहकहरूलाई दैनिक आकर्षक उपहारहरु पनि प्रदान गरिरहेको छ ।

डेबिट र क्रेडिट कार्डबाहेक बैंकको मोबाइल बैकिङ्बाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकहरू मध्येबाट एक जनाले मेगा बम्पर उपहारस्वरुप फोनपेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नुहुनेछ ।

साथै सबल उत्कृष्ट एवं विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकको २१ वर्षको गौरवमय यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवं शुभचिन्तक महानुभावहरुमा बैंकले हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।