माछापुच्छ्र्रे बैंक लि. र इ‑क्यान (एजुकेसन कन्सल्टेन्सी एसोसिएसन) झापाबीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यावसायिक सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतापत्रमा इ—क्यान झापाका तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंक लि.का तर्फबाट सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गर्नुभयो ।
सम्झौतापश्चात इ—क्यान, झापामा आबद्ध परामर्शदाताहरूलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवाहरू सरल र सहज रुपमा उपलब्ध गराउनेछ । साथै इ‑क्यान झापामा आबद्ध परामर्शदाताहरूको सिफारिसमा आउनुहुने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्वीफ्ट पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ सेवा तथा २०० स्थानमा रहेका एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।