राजमान शर्माको परिवार धार्मिक थियो । धर्मको अर्थ धारण हो । जस्तो विचार या सोच धारण गरिन्छ उस्तै बन्नु पर्छ । उनका बा आमा आध्यात्मिक थिए । अध्यात्मा भनेको आफूभित्र छिर्ने कला थियो । राजमान घोर भौतिकवादी बने । उनी आफूलाई सर्वव्यापी विद्वान् मान्दथे । उनले पि.एच.डी. सके तर बोध भएन । गुरुकुल शिक्षाले विद्या आचरणमा आएपछि बल्ल आचार्य मान्दथ्यो । प्रेम भने आमा बाले अत्यधिक गर्दथे । उनीहरुको प्रेम unconditional थियो । conditional मा स्वार्थ हुन्छ भन्ने थाहा थियो । अत: करकाप नगरी छोराको रुचिलाई प्राथमिकता दिँदै गए ।

बालकृष्ण गजुरेल
भर्खर पि.एच.डि. सके पनि छोरामा आशक्ति देखेपछि बाआमा पीडित बने । अनुदार शिक्षा आफैँमा पीडादायक बन्यो । छोरो भने मार्क्सवादी दर्शन जप्छ । निषेधित विचार आफैँमा प्रतिउत्पादक बन्यो । बा आमाले दिक्क मानेर छोरालाई भने, ” बाबू, तिमीले पिएचडी सके पनि अझै एउटा शिक्षा हासिल गर्न बाँकी छ । विश्वविद्यालयमा गएर सिकेर आऊ ।”
राजमान शर्मा पुन: विश्वविद्यालय गए । पि.एच.डीसम्म पढाउने गुरुहरु अन्तर्मुखी तथा बहुचिन्तक हुन्थे । राजमान शर्माले सुनाए, “आमाले भनेको एउटा शिक्षा बाँकी छ रे जान्नलाई ।”
एकछिन गुरु तीन छक परे । बडी ल्याङ्वेज तथा व्यक्तित्व पढ्दा शिष्यमा आशक्ति बाँकी रहेको ठहराए ।
गुरुले उनको आमालाई स्याहार गर्न लगाए । स्याहार सकेपछि एउटा कुरा नभनी हुन्नथ्यो । त्यो कुरा थियो, “अहिले त हजुर यति सुन्दर हुनुहुन्छ । जवानीमा झनै सौभाग्यशाली हुनुहुन्थ्यो होला ।” त्यसपछि बृद्ध आमाले पोखेको धारणा गुरुलाई सुनाउनु पर्ने थियो ।
उनले गुरुले भने बमोजिम गरे । हरेक दिन स्याहार सुसार गरेपछि प्रशंसा गर्न थाले । दिन बित्दै गयो । बृद्धाले उक्त युवाको शरीरमा छुन थालिन् । महिना दिनपछि उनी टोलाउन थालिन् । ६ महिनापछि शारीरिक सम्बन्धको प्रस्ताव राखिन् । उनले डराई डराई त्यो विषय गुरुलाई सुनाए ।
गुरुले खुसी हुँदै भने, “हो बाबु, तिम्रो आमाले सिकाउन खोजेको शिक्षा त्यही हो । प्रेम अन्धो हुन्छ । हरेक मान्छेसँग सम्बन्ध बनाउँदा सिमा रेखा कोर्नुपर्छ । धेरै नजिकिँदा आशक्ति बड्दछ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 









