साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मूल्याङ्कन

लघुकथा

Chovar Blues Mobile Size

पाउदेखि शिरसम्म हेरेर सानाे छाेरालाई हप्काए उनले,

– ‘कति चकचके हाे ।’

– ‘मेराे भात खाने टेबलमा राखेकाे नयाँ चस्मा

खसाएर प्याट्टै पारिदियाे ।’

– ‘बिगार्ने कुरामात्र सिक्छन् कि क्या हाे स्कुलमा यिनीहरू?’

श्रीमतीतर्फ कर्के नजर लगाए,

sagarmani mobile size

– ‘यिनीहरू कसरी गरेर खान्छन् कुन्नि?’

– ‘एउटा चियामा चिनी अड्कल्ने ढङ्ग छैन ।’

– ‘कैले चिनी पकाएजस्ताे ।’

– ‘कैले पानी उमालेजस्ताे ।’

सानी छाेरीमाथि बाङ्गा आँखा खसाले उनले,

– ‘हाेइन एउटा पेन्सिल पनि खाेजेर नभेटाउने?’

– ‘के पढ्छाै, के सिक्छाै तिमीहरू ?’

– ‘कैले किताब भेटिएन, कैले कापी भेटिएन ।’

अर्काे दिन

सानी छाेरीले आमालाई साेधिन्,

– ‘आमुआमु बुबा करेसाबारी जानलाग्नुभएकाे हाे ?’

उत्तरमा आइन् आमा,

– ‘हाेइन छाेरी, बुबा त अफिस जानलाग्नुभएकाे ।’

– ‘ए… हाे र अनि बाबाकाे जुत्ता त छैन त खुट्टामा ।’

सानी छाेरी बाेलिन् ।

जुत्ताबिना अफिस हिंडेका बा सन्के,

– ‘कति नै जान्ने ।’

छाेरी मुसुमुसु हाँसिन् ।

तर लाजले पाइन्टकाे चेन बन्द गर्नुस् भन्न सकिनन्

बुबा पुरानै चस्माले आँखा छाेपेर अफिसतिर हानिए ।

छाेरी आँखामा सूर्यमुखी फूल फुलाएर

बुबालाई परसम्म हेरिरहिन् ।

भर्जिनिया, अमेरिका

प्रतिक्रिया
Loading...