न मान्छे हो स्थायी, न त धन कुनै मानव सरि !
न जिस्क्याऊ साथी पद र बलको बात यसरी
अचानोको पीडा न त कवि बुझोस् काव्य खुकुरी !!
समस्या हो शिक्षा कविमन तिमी बोलन हरि !!
म फर्किन्थें छिट्टै घरपर सबै शान्ति सुखमा
न छन् ती साथीमा सयल मनको चिन्तनपना
दुखेकै छन् चिन्ता वरपर घुमी ती घरिघरि
समस्या हो शिक्षा कविमन तिमी बोलन हरि !!
यहाँको हावामा पनि अलि कुनै गन्ध मिसियो
बगेको खोला नै भन त कसरी धुमिल भयो ?
नबोलेकै जाती अबुझ भन या मूर्छित सरि !
समस्या हो शिक्षा कविमन तिमी बोलन हरि
नदेखेको देख्दा कुपित अकथा सुन्नु कसरी !
नलेखेको ऐले ‘हजुर त बडो !’लेख्नु कसरी !!
कहाँ कस्ले जान्ला अनुभवसँगै बोध नपरी !
समस्या हो शिक्षा कविमन तिमी बोलन हरि !!
छन्द: शिखरिणी
बोस्टन, अमेरिका



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 









