अनन्त भूमि जल पूर्ण देख्दैन अन्त यसको
सूर्य देव दर्शन रिसले हो कि फेक्नु वो अस्त्र कालो
समीप आउँछ तब देख्छ यसको पंख, दृश्य अनमोल
छालहरुको बह कह अवाज ठोक्किदा बन्छ समय निश्चित
यस्तो लय पकडन सक्छ कसले ? बाहेक प्रकृति यो
संगीतको ज्ञान छालहरुमै छ सरस्वतीको आकृति यो

यो समय नबितोस् कैले मन भन्दै चित्र गृहिणी
संगीत यो छाल, समुद्र प्रकृति हो हैन जस्तो इन्द्रेणी
रहन्छ युगौँ समय बित्छ, हुन्न होला यहाँ भोलि
कर्म रहन्छ हो, एउटा प्रकृति दिन पछि सत्य हो राति

बुझ्दैनन् मनुश्य लोभ राखीकन पद्चर बढछन् सदैव
के कर्म गर्यौ ? धर्म के राख्यौ ? फल आशामा मच्चियो ताण्डव
बरु रमाओ वायुमा, यहि हो इश्वर, यही हो धर्म यही हो प्रनन्द
मृत्यु जस्तो हो निश्चित, प्राण न गई विश्वास गर्दैनन् यी मनुश्य
लोभ राखिकन बढ्छन् अगि लाग्छ बिक्रीमा राख्या छ स्वर्ग द्वार ।