साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जात

नम्रता गुरागाईं

नम्रता गुरागाईं

जात यता पनि दुख्यो
जात उता पनि दुख्यो
यता काला र गोरा भएर दुख्यो
उता ठूला र साना भएर दुख्यो
उहिल्यैदेखि दुखेको जात
न पाक्न सक्यो, न थाक्न सक्यो
पटक पटक बल्झिरहेछ
देशमा बल्झिरहेछ
परदेशमा बल्झिरहेछ ।

यता घाँटी थिचेर सजाय दिइरहेछन् मान्छेहरु
उता नदीमा फालेर सजाय दिइरहेछन् मान्छेहरु
परिणाम,
टुप्पोमा बसेर फेद काटिहरेछन् मान्छेहरु
अक्षम्य अपराधसँग
मानवता साटिरहेछन् मान्छेहरु ।

सम्बन्धित पोस्टहरु

कविताः आशा

काँटाजी र चम्चाजी

शिव पलाँसको गीत

फूलको थुङ्गा बगाई लग्यो

bahulako diary small and inside post

ओ कानूनको रेसिपी बोकेर भान्सा छिरेका महाशयहरु
किन अझै सबैलाई बराबर हुने
गतिलो कानून पाक्न सकेन तिम्रो भान्सामा?
भन, तिम्रो पकाउने ढंग बद्लियो कि, हेर्ने रंग बदलियो ?
हामीले न कुनै नयाँ रीति लाएर अनुभव गर्न पायौं
न कुनै नयाँ नीति पाएर अनुभव गर्न पायौँ
फेरि पनि पुरानै संस्कार पालिस लाएर बाँडने अधिकार छैन तिमीलाई
खोल तिम्रो जातभातको चश्मा र
बेस्सरी पकाउ काँचो पल्टेको कुरीतलाई
वर्षौंदेखि उही असमान अधिकारले घोचेर चसकचसक दुखिरहेका हामी
युगयुगसम्म बाँच्ने अधिकारको खोजीमा छौं
ताकि
फेरि नवराज विकहरुले जातका नामबाट धर्ती छाडन नपरोस्
फेरि जर्ज फ्लोयडहरुले जातका नामबाट धर्ती छाडन नपरोस्
ओ वाद र विवादमा नमुछिएका कानुनी भान्सेहरु
तिम्रा डाडुपुन्यूले अब
लेनदेनको जालबाट उम्किएर
समान अधिकार पस्कनै पर्छ सबै रित्ता थालहरुमा ।

अमेरिका

प्रतिक्रिया
Loading...