म अन्धकारको अधीन छु
उज्यालो म माथिको पिल्लर र त्यसमाथि को छ त ?
ज्ञान को अक्षार, उच्चारण कठिन कारण शिक्षा वञ्चित
शिक्षा पहुँचवालाको अधिन
दुखी गरिब म, नहोस् कठिन, नहोस् वञ्चित प्राथनामा सिमित
जीवन, विरुवा देखि मानव सबै समान
प्राणी ति र हामी एक अर्कामा आश्रित
भोक, प्यास मेट्ने भूमिका खेल्ने यी वनस्पति
विष ओकल्ने अबुज ठेकेदार यी मांसाहारी
आँसुको समुन्द्र, पिडित सबै तरणकर्ता
भोक, प्यास, सिक्क्षा र कोविड (१९ त केवल सहज तरणकुण्ड
बेसार पिएर पौडिन गर्छन यी आग्रह
साढे तिन करोड नेपाली सिकार
मांसाहारी यी ठेकदार को तिर विभरति
अर्जुन को भन्दा तेज लक्ष्य छ यिनको
एक तिर साढे तिन करोड सिकार
महाभारत यो कलियुग को,
द्रोणचार्य र तिनका समानार्थक सबै भोक वियोग को
श्री कृष्ण लागे वनबास युग युग को
ज्ञान लिने अर्जुन बने ठेकेदार कुर्सीको
युधिष्ठिर, भिम, नकुल, सहदेव पांग्रा बनाई मजबुत
विराजमान छन् अर्जुन, ताकी तिर लक्ष्य देश द्रोह को
श्री कृष्ण लागे वनबास युग युग को
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।