प्रवेशद्वारबाट भित्र पस्ने वित्तिकै सुरक्षागार्डले औंलाले मथिल्लो निधार छोई गरिने फौजी ढाँचाको अभिवादनग¥यो । विशालभवनको मुलद्वारबाट भित्र पसे पछि सोधियो “ ह्वीलचियर ल्याउनु पर्छ बुबा? ” पर्दैन भन्ने आशयले टाउको हल्लाए र सिधा सोधपुछ शाखामापुगे । उनलाई काउन्टरमाजानभनियो । काउन्टरमा सोधियो “ नगदगर्ने कि कार्ड छ होला? ” ईस्टकोटको दायाँ पट्टि बाख्रा बेचेको पैसा थियो भने बायाँतर्फ छोराले कतारबाट पठाएर भरखरै बैंकबाट निकालेर ल्याएको रकमथियो । “ नगद छ ” उनले भने ।
भएको एउटा छोरा पनिविदेशमा छ ,छोरीहरुको विवाहभई सक्यो आजभोलिउनलाई रातभर निदा पर्दैन । आमाले छोरालाई फोनमागुनासो गरिन् ।“जतिखर्च लागे पनि राम्रो अस्पताल जानु म भोलि नै पैसा पठाउंछु ।” छोराले भनेको थियो ।
सुई घोपियो रगतनिकालियो, कहिले भोकै आउभनियो भित्रको फोटो खिचियो, कहिले मेशिनमा सुताईयो , कहिले मेशिनमा दौडाईयो रअस्पतालले प्रदानगर्नसक्ने सम्पूर्ण सेवाउपभोगगर्न लगाईयो उनलाई । प्रत्यक पटक काउन्टरमापुग्दा ईस्टकोटको खल्तिदुव्लाउदै जान्थ्यो । सबै सेवाउपभोग गरेपछि ईस्टकोटको दायाँ र बायाँदुवै खल्तिका हाडखोर पाणपखेरु केहीबांकी रहेनन् । रित्तिएको खल्ति छाम्दैउनले अस्पतालको विशालभवनमा एकपटक नजर दौडाए र सोचे “यस्तैखल्तिहरु रित्याए पछि त होलानि यस्तो चकचकीभएको । ”उनले बल्लबुझे राम्रा अस्पतालको प्रवेशद्वारमाप्रदानगरिने अदबको सलामको अर्थ ।
पोखरा ७मासबार, कास्की
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।