“हजुरजस्तो दानी मान्छे त कहाँ पाउने ?” अनुहार अति उज्यालो बनाएर पहिलोले उसको तारिफ गर्यो ।
ऊ मौन ।
दोस्रो बोल्यो, “यो देशमा हजुरजस्तो असल मान्छे पाउन असम्भव छ, हजुर त हजुर हो !”
९ जनाले तारिफ गरे । ऊ मौन । मुस्कान पनि महँगो ! केही नबोली बिदा भयो ।
आधा घण्टापछि, “मोबाइल छोडेर गएछु !”
ऊ आयो । मोबाइल छोडेर गएकै हो । लिएर गयो ।
“हैट ! यसको त भर छैन । कतै जानी जानी छोडेर गएको त होइन नि ?” पहिलोले शङ्का गर्यो ।
“जे पनि हुनसक्छ !” दोस्रो बल्यो ।
“हामी पनि हामी, प्रत्यक्षमा देवत्वकरण, मान्छे नभए राक्षसीकरण !” तेस्रोको अनुमान ।
ऊ घर आयो । रेकर्ड सुन्यो ।
“चिनियो ।” यत्ति भन्यो ।
त्यसपछि ऊ कहिल्यै पनि सार्वजनिक समारोहमा देखिएन ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 










