उसले सम्बन्धलाई अन्तिम ब्रेक लगाउँदै आफ्नो पर्सबाट प्रेमिकाको तस्बिर निकालेर टुक्रा टुक्रा पारेर च्यात्यो र मस्तसँग निदायो ।
ती च्यात्तिएका टुक्रा-टुक्रा तस्बिरहरू एक-एक गर्दै उसको मनको बाटो हुँदै दौडिँदै मुटुनेर पुगे ।
एउटा तस्बिरको टुक्राले उसको मुटुमाथि मुड्की बजार्दै भन्यो, “लौ च्यात निस्ठुरी ! अब कसरी च्यात्छस् हेरौँ ! म तेरो मुटु मै टाँसिएको छु !”
अर्को टुक्राले मुटु अँठ्याउँदै भन्यो- “मलाई जिउँदै मार्ने त पापी होस् !” लौ मार म तेरो मुटुको हरेक धड्कन भित्र छु।”
उसलाई नराम्रोसँग ऐँठन भयो । निद्राबाट झल्याँस्स बिउँझियो र च्यात्तिएका ती तस्बिरका एक एक टुक्राहरू समेटेर जोड्न थाल्यो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला