
ए…….तेरी आमा परसरेकी छे नछोइ चिया लिएर आइज, हजुरआमा नातिनी कृतिकासँग कराउँदै थिइन् ।
कृतिकाः हजुरआमा परसर्नुु भनेको के हो ?
हजुरआमा ः ठूली भएपछि आफैँ थाहा पाउँछेस् ।
कृतिका ः भन्नोस्न हजुरआमा, आमा किन छुट्टै बस्नु पर्ने ?
हजुरआमा ः तेरी आमालाई गएर सोध्लिस् ।
कृतिका ः आमा,हजुर किन परसर्नु भाको ?
आमा ः भोलिपर्सि तँ अझै ठूली भएछी भनुँला।
कृतिकाले कसैबाट पनि जवाफ नपाए पछि एकोहोरो रुनथालिन आफ्नी आमासँग पुनः उही प्रश्न दोहोऱ्याउन थाली तर आमाले झिँजो मान्दै छोरीलाई हप्काउँदै भनिन् नकरा आफूलाई ज्यान कमजोर भएर रिँगटा लागिराछ चुपलाग ।

अलका मल्ल
काठमाडौँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ जेष्ठ २०८३, बिहीबार 









