
फोनको घन्टी बज्छ, टङ ङ ङ ङ…टङ ङ ङ ङ …।
अपरिचित नम्बर भए पनि मैले खाना खाँदा खाँदै रोकेर उठाएँ ।
उताबाटः “हेल्लो”
मः “हजुर”
अपरिचितः “तपाईँ गायत्री मिस हो ?”
मः “हो हजुर !”
म डेभिलको बाबा । तपाईँ निकै खराब हुनुहुँदो रहेछ । हाम्रो डेभिलले भनेको । तपाइ को हो ? अर्कालाई होमक गर भन्ने ? हेर्नुुुस्, म सामाजिक अभियन्ता । तपाईँ बच्चालाई चर्टचर दिने ?”
उसका ती तिखा तीर मेरो कानबाट सिधै मुटुमा पुगेर छियाछिया परिरहेका थिए । म शरशैय्याको भीष्मपितामह बनेँ ।
फेरि पड्कन सुरु भयो, “बच्चा कति संवेदनशील हुन्छन् थाहा छ ? म पत्रकार लिएर आउँछु । तपाईँको प्रिन्सिपललाई भनेर पख्नुस् न । के मिस थाहा छ ? तपाईँको तलब कसले दिन्छ ? हामी हो तपाईँको तलब दिने । तपाईँ अलि होस्

श्रीकृष्ण शर्मा
गर्नुस् । नत्र …”
मैले बिच बिचमा हजुर मात्र भनेँ । अरू केही भन्न पनि आएन । डरले मुटु बाहिर आउला जस्तो भएको थियो । म एउटा चर्चित बोडिङ स्कुलकी शिक्षिका । पढाउन थालेको सात वर्ष भएछ । यसरी फोन आएको पनि थाहा थिएन । तर, आज मलाई घना जङ्गलमा चारतिरबाट बाघले घेर्दाभन्दा बढी डर लागिरहेको थियो ।
मेरो शरीर काँपिरहेको थियो । मुटुमात्र ढुकढुक गरेर रेलको इन्जिनभन्दा हल्लिरहको याद छ । एकछिन त मोबाइल छुन पनि डर लाग्यो । आँखाबाट तातो पानी बगिरहेको रहेछ । अनि लाग्यो नेपालमा बरु मुलाको भाउ छ, शिक्षकको के गन्ती ।
यस्तैमा फेरि मोबाइलमा घन्टी बज्यो । म बहत्तरको भूकम्पले धराशायी भएको धराहराझैँ भएँ । धन्य भगवान् ! एक्स्क्युज मी यु ह्याभ अ टेक्स्ट म्यासेज भनेपछि बल्ल ढुक्क भएँ ।
गह्रुँगा आँखा किचनतिर दौडिहाले । टेबलमा आधा मुछेको भात रहेछ । बेसिनमा खन्याइदिएँ । सस्तो नुन र रिसमा कानुनको खासै वास्ता हुँदैन । यत्तिकैमा स्वाँ वाँ वाँ वाँ … गर्यो । भूकम्प गयो कि भनेर दौडँदै बाहिर गएँ । चारैतिर नजर लाएँ । कतै मान्छे निस्केनन् । यथावत् रूपमा सबै चलिरहेको पाएँ ।
भित्र आउन लाग्दै थिएँ । घरपट्टि आमाले, “गायत्री ! ए गायत्री !!” भनेको सुन्दा फेरि दौडन पुगेछु । ढोकामा बेस्सरी ठोक्किएँ ।
फरक केही छैन अचेल फोनको घन्टी आउँदा लामो सास तानेर विन्दुवासिनीलाई सम्झेपछि बल्ल छुन मन लाग्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









