शीर्षक किन हिप्पी ? दुई वटा कारण छन्. एउटा, संसारको सबैभन्दा झुर किताबको नाम. अर्को, संसारका सबैभन्दा प्यारा मान्छेहरुको नाम. सानैदेखिको हिप्पी म, पाउलो कोएलोको किताब हिप्पी आउँदा काठमाडौं, गोवा, गोकर्ण, पार्वती भ्याली लगायतका हिप्पी ट्रेलहरुको ब्युटिफूल स्टोरी होला भन्ने सोचेको थिएँ, के लेखेको मास्सालेले ! किताबको नाम हिप्पी राखेर ‘सीट’ गन्थन मात्र थोपरेको. त्यो पनि न भाषा मिठो. पात रहेछ किताब. त्यति डिसअपोइन्टेड जिन्दगीमा कहिले भइन म जिन्दगीमा जति पाउलो कोएल्होको हिप्पी पढेर भएँ. बरु क्याम्पसका सीट किताब पढेर आन्सर शिटमा ‘सीट’ बान्ता गर्दा त्यति वाक्क लागेन कहिले. परीक्षा प्रणालीको ब्याण्ड अर्को पल्ट बजाउँला. अहिले पाउलो कोहेलोको हिप्पीले काम चलाउँ. एउटा राम्रै प्रकाशकले राम्रै अफर दिएका थिए त्यो ट्रान्सलेट गर्ने. लाखौँको. पैसाको लागि जे लेख्दिने म, त्यो किताबमा सु गर्न पनि मन लागेन. सरस्वती माफ गर. मेरो भाषा यस्तै हो. मन परे चाट्दिने, मन नपरे ब्याण्ड बजाइदिने.

अब कोएल्होको ब्याण्ड बजाउन छाडेर मैले चिनेका र माया गरेका हिप्पीका कथा भन्छु. फ्री लभ त नारा नै हो उनीहरुको. हिप्पी अर्थात् प्रेम. करुणा. प्रकृति. यात्रा.

बीस दिने पोखरा बसाइमा मायाले मलाई पगालेका हिप्पी. केही नेपाली केही विदेशी ! केही काला केही गोरा तर मन सबैको कन्चन. प्योर हिमालयन स्प्रिङ वाटर जस्तो. बोतलमा हालेको हैन. कलकल बग्ने. तनका कुरा प्राइभेटमा गरौंला 😉

म एउटा फिल्म लेख्दै थिएँ. नाम र कन्सेप्ट यहाँ भन्दिन अहिले. लास्ट युनिक छ. कसैले उडाइदेला. फेसबुक स्ट्याटस त क्रेडिट नै नदिई उडाइदिनेहरुको के भर ! रोम्यान्टिक सिन लेख्न थोरै प्रेरणा चाहिएको थियो. एउटी गोरी अप्सरालाई लाइन मार्दै थिएँ त्यसैले. अप्सरा पनि मिठो लाइन दिँदैथिई. स्क्रिप्टमा राम्रै दौडदै थियो रोम्यान्टिक सिन.

दिउँसो अप्सरा र म नौका बिहार गर्न जानेवाला थियौँ. म एउटा क्याफेमा पर्खिएर बसेँ. ब्रोहरुसँग गफ हान्दै. साथमा ल्यापटपमा अक्षर हान्दै. अप्सराले ढिलो गरी. अर्की अप्सरा खै कहाँबाट आई. काली अप्सरा. चालिस पुगेकी हुनुपर्छ उमेरमा तर क्या स्टाइल क्या एटिट्युड. हामी आगो ताप्दै थियौं. ऊ आई. ठ्याक्कै के भनी मैले बिर्सिएँ र उत्तरमा त्यसको मैले के भनेँ त्यो पनि बिर्सिएँ. न हामीले एक अर्काको नाम नै सोध्यौँ. एकैछिनमा मन मिली गयो. हामी वर्षौं पुराना साथी जसरी हाहाहा गर्न थाल्यौँ. के गर्छस् ? उसले सोधी. कुण्डलिनी ध्यान सिकाउँछु मैले भनेँ.

”कम बेबी आइ विल डु यौर कुण्डलीनी.. भन्छस् होला है केटीहरुलाई ?” उसले जिस्काई. मैले भनें, ”बेटर देन द्याट…., बेबी,वाना सी माइ थर्ड आइ ?” भनेर भन्छु… हाहाहा…

मैले ल्यापटप थन्क्याउँदा उसले निराश स्वरमा सोधी, “जान लागेको …?”

मैले स्लट स्माइल हान्दै भनेँ, “हैन…अब पुरा ध्यान तँलाई दिन यो बन्द गरेको… ;)”

“लकी अली मेरो तोप तान्ने साथी थियो….यस्तो काम र कम्पोज्ड मान्छे.. मानौं ज्वालामुखी विष्फोट हुँदैछ अहिले र हामी सबै भाग्दै छौँ. लकी अली भए सानो मधुरो मिठो सुरिलो स्वरमा भन्थ्यो, “चिल ब्रो इट इज जस्ट अ भोल्क्यानो… अनी उठ्दै उठ्दैन थियो..”

लकी अली नै सुन्दै लेख्दैछु म अहिले.

“टाढा छ सोचेको कुरा त आफैंसँग रहेछ सधैं..बेकारमा यताउता भटकीएर हिंडे जिन्दगीमा…. अन्जानी राहों में…”

हिजै लेखेर सक्नुपर्ने अहिले लेख्दैछु.

तपाईंले शायद यो मैले लेखेको पन्ध्र मिनेट भित्र पढ्न पाउनुहुन्छ.

फकिङ् फ्रेस !!

”पन्चासे जान्छस् मसँग…,?”
“को को जान लागेका…?”
“म र एउटा केटा..”
’”ह्या तेरो बोइफ्रेन्ड होला..तिमीहरु चाटाचाट गरेर बसेको हेर्न के जानु म…”
“बोइफ्रेन्ड भएको भए तँलाई आइज भन्थें ?”
“ल हुन्छ उसोभए दुई घण्टामा यहीं भेटौँ..अनी जाऊँ”
“हुन्छ…”

गोरी अप्सरा आई. मास्साले ! आज नआइदेको भए हुँदैन थियो … !

तपाईं भए के चुज गर्नुहुन्थ्यो ?

मैले गोरी अप्सरासँगको नौका बिहार चुज गरेँ.

काली अप्सरा फेरि कहिले भेटिइन.

उसका बारेमा धेरै कुरा त थाहा भएन तर क्याफेमा आउने प्रायः सबैले भने, “घमण्डी केटी. साउथ इन्डियन हिप्पी हो. कसैसँग बोल्दिन. तँसँग किन बोली खै….?”

नाम ?

राज !

के राज ? कस्तो राज ? थाहा छैन. केटीको नाम राज मैले पहिला कहिले सुनेको थिइनँ.

त्यही काली केटीसँग म कुरा गरिरहँदा अलि पर एकजना फिरंगी बाजे ल्यापटपमा टुकुरटुकुर टाइप हान्दै थिए.

राजले भनी, ”यो बुढो हिप्पी ट्रेलहरुमा फेमस बुढो हो. बीस वर्षअघि मैले गोकर्णमा भेट्दा पनि बुढो यस्तै थियो.”

स्लिमी नामको स्विस हिप्पी बुढो. पचहत्तर वर्षको तर ढाड सिधा, आँखा चर्का, दाँत तिखा..के खाँदो हो मास्साले !

पछि मैले बुढो र म एक्लै हुँदा उसको अन्तर्वार्ता लिएँ. न्युट्रिसन विज्ञ रहेछ बुढो. खानपान मिलायो भने डेढ सय वर्ष आनन्दले निरोगी भएर बाँच्न सकिने दाबी उसको. उसका अनुभव समेटेर उसले आफैँ टाइप हानेर बनाएको किताब रहेछन्, दुई वटा. मैले ती किनेँ. भलै मलाई डेढ सय वर्ष बाँच्नुमा कुनै रुचि छैन !

हिप्पीहरुका यस्ता धेरै कुरा फेरि अर्कोपल्टलाई.

अब एउटा मिठो को-इन्सिडेन्सको कुरा, गोरी अप्सरा र उसको हिप्पी टोली केही दिनलाई यहीँ थिए. हिजो रातिको बसमा पोखरा फर्किए. जानुअघि हामी लन्चका लागि भेट्यौं. भगवान् कृष्णले चढ्ने भए ठ्याक्कै यही चढ्थे भन्ने जस्तो आफ्नो ब्लोन्ड कपाल उडाउँदै मेरो ढाडमा आफ्नो हात राखेर ऊ बसी. हामी सनसेट लखट्दै गुड्यौँ सडकको छातीमा. र, लुसिफ़र लेख्न ढिलो भयो. हिजै लेखेर सक्नुपर्ने कुरा म आज दिउँसो लेख्दैछु.
धेरै माया !

लभ यु गाइज

थ्यांक यु फर रिडिङ…

हिप्पीहरुका कथा सकिएको छैन तर मलाई आज फेरि अर्को सूर्यास्त लखेट्न जानु छ…
सी यु