भुराहरुको सङ्गतको फाइदा छ. जो बग्छ, त्यो नदी हो. जो जम्छ त्यो लाश. तीर्थस्थलहरु सबै नदी वा कुनै पानीको किनारमै हुन्छन्. चाहे जुनै धर्ममा होस्. एउटा प्रज्ञावान् सभ्यताले लाइफ स्किल छाडेर गएको हो, लेगेसीमा हामीहरुलाई. बग्नु नै तीर्थ हो. जिन्दगीमा जो बग्छ, उसको जिन्दगी नै तीर्थस्थल हो. जो जम्छ ऊ जिउँदो लास. भुराहरु त बाढी उर्लेका नदी हुन्. मेरा अधिकांश साथीहरु भुराभुरी छन् त्यसैले. मेरो उमेरका मान्छे त जमिसके- आफ्नै बानीहरु र कमजोरीहरुको दास बनेर.

दासहरुको के सङ्गत गर्नु? दासहरु लोभ र डर मात्र जान्दछन्. बुकाओस्कीको एउटा कविता छ, पच्चीस कटेपछि मान्छेको सोल डेड हुन्छ. आत्मा मरेका मान्छे हुन्, प्रायः सबै पच्चीस कटेका भोसडीकेहरु. पच्चीस कटेको मान्छे मान्छे कम,आफ्नै बानी र कमजोरी अनि डरको दास बढी हो. यन्त्र हो.

सूर्य खाने मान्छे अब जिन्दगीभर सूर्य खान्छ. त्यस्तो गुलामीलाई ऊ आफ्नो ब्रान्ड कन्ससनेस भन्छ. कुनै भुराले छाडेर गएको क्याप्टेन नामको एक बट्टा चुरोट छ, मेरो अगाडि. त्यही टेबुलमा जहाँ ल्यापटप राखेर म यो लेख्दैछु टेबुलमा. भुराहरुको सङ्गत गरेकैले मैले अनेक जान्न बुझ्न पाएको छु. नत्र मलाई क्याप्टेन चुरोट पाउँछ भन्ने थाहा हुने थिएन. मेरा उमेरका साथीहरु एक ब्राण्डमा आदि भइसके. भुराहरु बिंडी नि फुक्दिन्छन्. म पनि डिट्टो !

“हम हैं राही प्यार के, हम से कुछ ना बोलिए… जो भी प्यार से मिला, हम उसी के हो लिए…” प्रेमको बाटो हिंडेको एउटा फकिर, हृदयमा प्रेम लिएर जो आउँछ, जे आउँछ, उसैको. खुटुटु. म सूर्य मात्र खान्छु भन्नेहरुको सङ्गतमा जिन्दगी बितेको भए मेरो, क्याप्टेन प्रजातिको चुरोटप्रति म अनभिज्ञ नै रहने थिएँ. त्यस्तो खाने हैन चुरोट म खान त. धुवाँ नै गनाउने! हातमा च्याप्न मात्र रमाइलो लाग्ने. कि जाडो छ भने एसो एक दुई पफ मात्र हान्दिने. धेरै खाए पहाड चढ्दा स्वाँ स्वाँ हुन्छ. मलाई वर्षमा एकपल्ट अन्नपूर्ण र एकपल्ट गोसाइँकुण्ड हान्नै पर्ने कमसेकम. फोक्सो स्वस्थ रहोस् !

[bs-quote quote=”दासहरुको के सङ्गत गर्नु? दासहरु लोभ र डर मात्र जान्दछन्. बुकाओस्कीको एउटा कविता छ, पच्चीस कटेपछि मान्छेको सोल डेड हुन्छ. आत्मा मरेका मान्छे हुन्, प्रायः सबै पच्चीस कटेका भोसडीकेहरु.” style=”style-2″ align=”right” color=”#81d742″ author_name=”अनुपम पाेखरेल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/09/anupam.jpg”][/bs-quote]

टेबुल छतमा छ. आत्मा मालिस गर्दिने नोभेम्बरको सुगन्धित घाम छ. नेपालकै खै कुन पहाडमा हुर्काइएको अर्ग्यानिक कफी छ एकपट. अरेबिक रोष्ट. आफैँले ग्राइन्डरमा पिनेको अघि भर्खर. आजभोलि यो कफी मन परिरहेको छ. यो भन्दा कडा भेटिए बल्ल यसलाई डिच हान्ने हो ! कफी जति कडा, जति तीतो उति मीठो !

एक कप गतिलो कफी पिउन पायो भने आधा घण्टा अपुन इच् भगवान है वाला फिलिंङ् आउँछ. बिहान जुरुक्क उठ्नेबित्तिकै मलाई त्यो फिलिङ चाहिन्छ.

म नै भगवान् हुँ टाइपको कन्फिडेन्स नभए के बाँच्नु जिन्दगी ! कुनै भगवानले एक दिन मेरो जिन्दगी सही बनाइदिनेछ भन्ने भ्रम र मूर्खतामा के बाँच्नु ? त्यसैले बिहान एउटा दाम्मी कफी खानू र आफ्नो भगवान आफैं बन्नू. सकेसम्म महँगो. बरु दालभात सस्तो खानू.

ल्यापटप स्क्रिनमा संसारकै प्यारो एउटा अनुहारको रिफ्लेक्सन देखिएको छ अहिले. मेरो आफ्नै अनुहार. हिजो राति साथीहरु कतै जाउँ भनेर कर गर्दै थिए. अनि मैले धेरैअघि एउटा जुनेली रातमा एउटी सुन्दरी केटीसँग न्यानो अँगालोमा बाँधिएर गरेको एउटा मिनिङफुल डिस्कसन सम्झेँ.

देयर इज नो ‘मोर’ टु लाइफ ! अर्थात्, जे जति छँदैछ जिन्दगीमा, त्योभन्दा बढी कहीँ केही छैन. यो मेरो आफ्नै मौलिक फिलोसोफी हो. यही कुरालाई भन्न त थुप्रै धर्म, ग्रन्थ, गुरुहरुले आ-आफ्नो भाषामा व्याख्या गरेका छन्. सरल शब्दमा भन्दा लिभिङ् इन द मोमेन्ट अर्थात् वर्तमानमा जिउनु.

कतै जाउँ-जाउँ किन लाग्छ सधैं मान्छेलाई? जहाँ छ ऊ त्यहाँ केही मिसिङ् छ भनेर जान्छ. समुद्रको देशको मान्छे हिमाल खोज्न हिंड्छ र भाइस भर्सा. तर के समुद्रमा हिमाल छैन र ? अथवा हिमालमा समुद्र ? तपाईंले तपाईंको सानो औंलाको टुप्पोले देखाउन सक्ने सानो ठाउँमा ब्रह्माण्डमा भएको सबथोक छ. देख्न नसक्नु त्यो तपाईंको कमजोरी हो. त्यही देख्न सक्नुहुन्न र त जिन्दगी तपाईंको भौंतारिएर बित्छ.

यो केटा गतिलो निस्केला कि भन्ने चक्करमा केटीमान्छेहरु जिन्दगीमा एकपछि अर्को पटमूर्खको रिह्याभ बनेर बिताइदिन्छन्. तुरीको खुसीको चक्करमा केटा मान्छे पनि त एकपछि अर्को चक्करमा जिन्दगी बिताइदिन्छ. जे फेरिन्छ, त्यो सत्य हैन. जे फेरिन्छ त्यो भ्रम हो. फेरिने कुराको गहिराईमा त्यो तत्त्व हुन्छ, जो सधैँ शाश्वत हुन्छ. त्यो शाश्वात तत्त्व सबथोकमा एकै हो. त्यसैले तपाईं हिमाल जानुहोस् वा पहाड, तत्त्व जान्नु भएको छ भने एकै हुन्. यो केटी होस् वा त्यो केटी, यो मौसम होस् वा त्यो मौसम, यो सम्बन्ध होस् वा त्यो सम्बन्ध, यो दिन होस् वा त्यो दिन, तत्त्व जान्नुभएको छ भने एकै हुन्.

यो यस्तो हो कुरो, पानी के हो भनेर बुझ्नुभएको छ भने बरफ, बादल र बाफ एकै हुन्. अब कन्युजन हुनसक्छ, बगिरहने वा जम्ने त उसो भए ? सूर्य र क्याप्टेन एकै हुन् भने सधैँ सूर्य किन नखाने? कन्फुजागए ना ! यही हो स्पिरिचुअल अप्रोच. उपनिषदहरुले भन्ने जस्तो- वादे वादे जायते तत्त्व बोध. पक्ष र विपक्ष दुवै साइडबाट जोरदार बहस गर्दिने र नतिजा अडियन्सलाई छाडिदिने.
यहाँ जे जति छ र त्यहाँ जे जति छ, उही र एकै हुन् भनेर नजान्ने मूढहरुको रन्डीरोना हो संसार. एकथरि लम्फुहरु छन् जो घुम्नुलाई नै जिन्दगीको उद्देश्य ठानेर बसेका छन्. धेरै घुम्न पाऊँ भनेर नमाग्नु. बरु जहाँ घुमे नि उही हो भन्ने बुझेर एक ठाउँ शान्त भएर बस्न सकौँ भनेर माग्नू.

त्यसरी कल्टिभेट भएको शान्तिले दिएको दृष्टिले दुवै संसारलाई कसरी गाँस्ने भनेर सिकाइदिन्छ. यहाँ दुई वटा संसार छन्. हेर्दा ती विरोधाभाषी देखिन्छन् तर ती दुवै संसार सर्कलका आधा-आधा मात्र हुन्. मासु खाउन्जेल मांसाहारी बन्नु, नखाँदा शाकाहारी बन्नु. ब्रुस लीले भन्नेजस्तो. बी लाइक वाटर माइ फ्रेन्ड !

यहाँ र अहिले जिन्दगीमा जे जति प्राप्त छ, त्यो भन्दा बढी कहीँ छैन. तपाईं अहिले जति दुःखी वा सुखी हुनुहुन्छ, राजा वा सेलेब्रेटी वा तपाईंले सफल ठान्ने, आइडल मान्ने जो कोही मान्छेसरह बन्नुभयो भने पनि उति नै दुःखी वा सुखी हुनुहुनेछ. यो केटीसँग लभ गर्नुहोस् वा त्यो केटीसँग, एकै हुन्. तपाईंको वर्तमानको सुखको मात्रामा तपाईंको मनस्थितिले फरक पार्ने हो न कि परिस्थितिले.

इन्कलाब जिन्दाबाद
र हरि ओम तत् सत् एकै हुन् दुवै…
जे मनपर्छ तपाईंलाई,
मेरो तर्फबाट त्यही छ…
खुसी रहनुहोस् !!