पात्रहरु- गुर्जियफ र अस्पेन्स्की

न्यारेसन:

मस्कोको एउटा भट्टी पसल. त्यही भट्टी पसल जहाँ बसेर गुर्जियफले अल एण्ड एभ्रीथिंग सिरिज लेखे. गुर्जियफ नभएका भए आत्मासम्म पुग्ने सर्टकटहरु थाहा पाउने थिएन सायद संसारले. उनैका टेकनिकहरु पहिल्याएर ओशोले बुद्धत्व पाए.

गुर्जीयफको मुखमा सिगार छ. धुवाँ र अन्धकारको मिश्रणले भट्टी पसलभित्रको उज्यालो गाढा नीलो रङ्गको देखिएको छ. वरपरका मान्छेहरु यी दुईलाई नशाले लठ्ठिएर चुपचाप टोलाएको देख्न सक्छन्. तर यी दुई मनमनै कन्भर्सेसन गर्दैछन्. मनमनै कन्भर्सेसन गर्न सक्ने एउटा कोर्ष गरेर आएका हुन् भर्खरै दुई. सात आठ जना मान्छे एउटा घरमा कमसेकम एक महिना, घरमा अर्को व्यक्ति कोही छैन जस्तो गरेर बस्न सक्यो भने त्यो मान्छे मनमनै कन्भर्सेसन गर्न सक्ने हुन्छ भनेर गुर्जियफले एउटा प्रवचनमा भनेको थियो. त्यही थ्योरीमा एक्सपेरिमेन्ट गर्न गुर्जियफ, ओस्पेन्स्की लगायतका केही साधक एउटा घरमा एकान्तवासमा बस्न गएका थिए. एक्सपेरिमेन्टको अन्त्यमा घरमा गुर्जियफ र अस्पेन्स्की मात्र बाँकी रहेका थिए. बाँकीका अक्रु कुनै न कुनै नियमको चङ्गुलमा परेर निकालिएका थिए. बिग बोसमा जसरी. त्यही सक्सेस सेलिब्रेट गर्न यी दुई आज, अहिले यो बारमा बसेका छन्. अब उनीहरुले वार्तालाप गर्न ध्वनिको आवश्यकता छैन. त्यसैले यो मनमनै भएको कन्भर्सेसन हो. यही कन्भर्सेसन रेकर्ड भयो र फोर्थ वे उपनिषद् बन्यो.

कन्भर्सेसनः

गुर्जियफ : ईश्वरसम्म पुग्ने तीनवटा परम्परागत बाटाहरु थिए. वे अफ द फकिर, वे अफ द मंक एण्ड द वे अफ द योगी. यी सबै बाटाहरुमा केही न केही कमि थियो. त्यसैले मैले चौथो बाटो वा फोर्थ वेको इन्भेन्ट गरे साक्षीको साधनाले मेरो विचार यस्तो शक्तिशाली भएको छ, म चाहेको खण्डमा चार किलोमिटर टाढाको याक सोचेरै मार्न सक्छु.

अस्पेन्स्की: त्यो क्षमता मलाई दिन सक्नुहुन्छ ?

गुर्जियफ: आत्म साक्षात्कार अरु कसैलाई आफ्नो चेतना बाँड्नु हैन. त्यो चेतनासम्म पुग्ने बाटो देखाउन सकिन्छ. गुरुसँग बिताएका एक एक क्षण साधनाका क्षण हुन्.

एउटा कुरा सही गर्यो भने त्यसैको प्रतिक्रियास्वरूप बाँकी कुरा सबै आफैँ सही हुँदै जान्छ. जस्तै हाम्रो आश्रमको नाम राख्ने कामलाई हेरौँ. जस्ता मान्छे आकर्षित होऊन् आफ्नो काममा जस्तो लाग्छ, त्यस्तै किसिमको नाम छनौट गर्नु सफलताको बिउ हो. त्यसैले हामी हाम्रो मुभमेन्टलाई इन्स्टिच्युट फर हार्मोनियस डेभलपमेन्ट अफ म्यान राखौँ. अध्यात्मको नाममा फोकटको वादविवादमा वा लागुपदार्थको सेवनमा मात्र रुची राख्नेहरुलाई टाढै राख्न नामले ठूलो महत्व राख्छ.

अस्पेन्स्की: चाखलाग्दो हुनुपर्छ नाम ?

गुर्जियफ: सिर्जनशीलताबिनाको बुद्धिमत्ता नै विनाशको कारण हो. चाखलाग्दा कुरा कण्डम जस्ता हुन्. मान्छेहरु त्यसलाई प्रयोग गर्छन् र फाल्छन्.

अस्पेन्स्की: साधुको जिन्दगी कस्तो हुनुपर्छ?

गुर्जियफ: जिन्दगीलाई जिउ २००%. हरेक रोलमा च्याम्पियन. योगमा योगेश्वर, भोगमा भोगेश्वर. शिव,सारा गुणहरु कजाएर राखेका. त्रिगुणेश्वर.

अस्पेन्स्की: पैसाको बारेमा तपाईंको के धारणा छ ?

गुर्जियफ: कलियुगमा मान्छेले आफ्नो काम कतिको मन लगाएर गरेको छ भन्ने कुराको प्रमाण कतिको पैसा कमाएको छ भन्ने कुराले गर्छ. गायक हुँ भनेर भन्छ कोही तर गाएर एकपैसा कमाएको छैन भने पक्कै राम्रो गाउँदैन ऊ. पैसा कमाउ, लुटाउ. लिँदा उसको लेउ जसको श्रद्धा उसले दिएको पैसाभन्दा ठूलो हुन्छ.

अस्पेन्स्की: तपाईं एक डलर पनि लिनुहुन्छ ?

गुर्जियफ: एक, सय वा लाख उही हुन्. लक्ष्मी त लक्ष्मी हुन्. सुन्ना त साधुले चाहे जति थप्न सक्छ. एक, महत्वपूर्ण हो. एक, संकल्प हो. शून्य,चेतना. साधुले एकको लागि स्ट्रगल गर्छ. शून्य आफैँ थपिँदै जान्छ. लक्ष्मीबिना विष्णु अधुरा छन् मेरो साथी. बिनालक्ष्मीको जिरो नै विष्णु हुन्. जीन्दगीलाई प्रेमले जिएको मान्छे मृत्युलाई पनि प्रेमले अङ्गीकार गर्न सक्छ. निन्द्राबाट ठ्याक्कै बिउँझिनेबित्तिकै जो होसमा छैन त्यो साधु हैन.

सारा शब्दहरुको चक्करबाट निस्किएको तँ, फेरि यही केटाकेटीहरुलाई ललिपप शब्दहरु कै व्यापार गर्न थालिस् ?

तँ पनि मेरो लागी उही साबुनको फिँज होस् जे म आफ्नो लागि हुँ. जिन्दगीको सागरमा एकैछिन उठेको एउटा सानो लहर.

सायद उनीहरु बीच एकैछिन स्थापित भएको कनेक्सन टुट्यो, अब अस्पेन्स्कीलाई उसको दिमागभित्रै गुर्जियफ बोलेको आवाज आउँदै त थियो तर त्यो आवाजले बोकेका शब्दहरु अर्थहीन जिबरिस बन्दै जाँदै थिए……

केही दिन उसले फेरि मौन र एकान्तको साधना गर्नुपर्छ अब.