‘पिता र पुत्र’ (फादर्स एण्ड सन्स) इभान तुर्गेनेभ (९ नोभेम्बर १८१८ – ३ सेप्टेम्बर १८८३) द्वारा लिखित विश्व साहित्यको एउटा कोसेढुङ्गा हो । यो यस्तो कालजयी कृति हो, जसले आफ्नो समयभन्दा अगाडि सोच राख्छ र आज पनि उत्तिकै प्रासङ्गिक छ । तुर्गेनेभको जन्म रूसको ओर्योलमा एक सम्पन्न परिवारमा भएको थियो । उनकी आमा एक जमिन्दार थिइन्, त्यसकारणले बालककालमा नै उनले भूदास प्रथाका क्रूरतालाई महसुस गर्न पाएका थिए, जसले पछि उनको लेखनलाई गहिराईपूर्वक प्रभावित गर्यो ।

तुर्गेनेभ १६ वर्षको हुँदा उनका पिताको मृत्यु भएको थियो । उनी आफ्नी आमाको भयबाट नै हुर्किए । त्यसैले उनी प्रायः एक्लै समय बिताउँथे । यद्यपि उनको स्कूली शिक्षा भने राम्रोसँग पूरा भयो। उनले एक वर्ष मस्को विश्वविद्यालयमा अध्ययन गरे र त्यसपछि सेन्ट पिटर्सबर्ग विश्विवद्यालयमा सन् १८३४ देखि १८३७ सम्म पढे । त्यसपछि उनले बर्लिन विश्वविद्यालयमा दर्शनशास्त्र र साहित्य अध्ययन गरे । पश्चिमी युरोपमा बिताएको समयले उनलाई पश्चिमवादी बनाइदियो । उनको मान्यता अनुसार रूसको विकास पश्चिमी युरोपको वैज्ञानिक र उदारवादी विचारलाई अपनाएर मात्र सम्भव छ भन्ने थियो ।

तुर्गेनेभको मुख्य ध्यान उच्च साहित्य, रूसी साहित्य र दर्शनमा केन्द्रित थियो । उनलाई महान लेखकहरूमध्ये एक मानिन्छ । उनी उपन्यासकार, लघु कथाकार हुनुका साथै एक उच्च श्रेणीका नाटककार पनि थिए । उनको प्रथम प्रकाशित पुस्तक ‘ए स्पोर्ट्समेन स्केचेस’ थियो, जुन सन् १८५२ मा प्रकाशित भएको थियो । रूसी यथार्थवादको श्रेणीमा यो पुस्तकलाई धेरै महत्त्वपूर्ण मानिन्छ । यो पुस्तकमा उनले भूदास किसानहरूको मानवीयता र क्रूरतालाई चित्रण गरे । यो रचना यति प्रभावशाली थियो कि यसले रूसमा भूदास प्रथा अन्त्य गर्नमा योगदान दियो । जार अलेक्जेण्डर द्वितीयसमेत यसको प्रशंसक थिए भनिन्छ ।

तुर्गेनेभले रूसी समाजको उत्कृष्ट यथार्थ र विस्तृत चित्रण दिए । उनका रचनाहरूमा प्रकृतिको सुन्दर र भावपूर्ण वर्णन पाइन्छ । उनका पात्र शिक्षित र आदर्शवादी हुन्छन्, जसले समाजमा आफ्नो स्थान बनाउन सक्दैनन् । तुर्गेनेभको सबभन्दा ठूलो विशेषता भनेको आफ्नो समयको उदीयमान समाजिक र राजनीतिक विचारलाई पहिचान गरेर तिनीहरूलाई साहित्यको विषय बनाउनु हो । ‘पिता र पुत्र’ मा उनले शून्यवादको अवधारणालाई प्रसिद्धि प्रदान गरेका छन् ।

तुर्गेनेभ लियो टोस्सटोय र फ्योदोर दोस्तोयेभ्स्कीका समकालीन थिए तर विचारमा उनीहरूको बीचमा मतभेद र प्रतिस्पर्धा थियो । टोल्सटोय र दोस्तोयेभ्स्कीको तुलनामा तुर्गेनेभको लेखन बढी पश्चिमी ढङ्गको र नियन्त्रित थियो । उनले आफ्नो जीवनको अधिकांश समय रूसबाहिर, विशेषगरी फ्रान्स र जर्मनीमा बिताए । उनको मृत्यु पेरिसको नजिकै भयो तर उनको अन्तिको संस्कारको लागि पार्थिव शरीर रूसमा ल्याइयो, जहाँ हजारौं मानिसहरूले उनलाई श्रद्धाञ्जली दिए ।

इभान तुर्गेनेभ रूसी साहित्यको स्वर्णयुगका एक केन्द्रीय लेखक थिए । उनले केवल सुन्दर साहित्यको मात्र रचना गरेनन्, बरु आफ्नो लेखनको माध्यमबाट रूसी समाज र राजनीतिलाई सक्रियतापूर्वक आकार दिए । उनलाई आधुनिक उपन्यासको विकासमा एक महत्त्वपूर्ण योगदानकर्ता मानिन्छ ।

उनको उपन्यास पिता र पुत्र (फादर्स एण्ड सन्स) लाई १९औं शताब्दीको महानतम् साहित्यिक उपलब्धीहरूमध्ये एक मानिन्छ । यो उपन्यास सन् १८६२ मा प्रकाशित भएको थियो । यसले अलग-अलग विचार, विचारधारा र विश्वास भएका दुई अलग-अलग पुस्ताको बारेमा बताउँदछ । उपन्यासका पिता र पुत्रले सम्पूर्ण रूसको प्रतिनिधित्व गर्दछन् । त्यसबेला रूस धेरै आन्तरिक, पारम्परिक, सांस्कृतिक र राजनीतिक सङ्घर्षसँग जुधिरहेको थियो र यसमा अचानक परिवर्तनको आवश्यकता थियो । यस्तो बेलामा तुर्गेनेभले यो उपन्यास लेखेका थिए ।

यो उपन्यासलाई यथार्थवादको पराकाष्ठा मानिन्छ । तुर्गेनेभले समकालीन सामाजिक-राजनीतिक सङ्घर्षलाई साहित्यको विषय बनाए । यसले स्वच्छन्दतावादको प्रतिक्रिया र एक नयाँ वैज्ञानिक दृष्टिकोणको उदयलाई दर्शाउँछ । यो उपन्यासमा विचारधारा, दर्शन र संसारलाई हेर्ने दृष्टिकोणको सङ्घर्षलाई देखाइएको छ । यहाँ पिताले सन् १८४० को दशकको उदार अभिजात वर्गको प्रतिनिधित्व गर्दछन् । तिनीहरू स्वच्छन्दतावादी, कलावादी सुधारमा विश्वास राख्छन् । अर्कोतिर, पुत्र सन् १८६० को दशकको तर्क, वैज्ञानिक प्रमाण र व्यावहारिक उपयोगितामा विश्वास राख्छन् । उनीहरू पुराना मूल्य, परम्परा र स्थापनालाई अस्वीकार गर्छन् । तुर्गेनेभ स्वयं यो सङ्घर्षको बीचमा उभिएका छन् । उनी पिताहरूको इमान्दारिता र संस्कृतिलाई बुझ्छन् तर पुत्रहरूको ऊर्जा र जुझारुपनबाट प्रभावित छन् ।

उपन्यासका पात्र विचारका प्रतीक मात्र छैनन्, उनीहरू जटिल, मानवीय र स्मरणीय छन् । तुर्गेनेभको वर्णन अत्यन्तै जीवन्त र यथार्थपूर्ण छ । पात्रहरूको संवाद, ग्रामीण रूसको दृश्य र सामाजिक अन्तर्क्रिया बिल्कुल वास्तविक लाग्छन् । लेखकले सम्पूर्ण उपन्यासमा सूक्ष्म व्यङ्ग्यको उपयोग गर्दछन् । यसमा पात्रहरूको मनोदशा अनुरूप प्रकृतिको वर्णन गरिएको छ ।

यो उपन्यास प्रकाशित हुँदा एउटा आँधी नै आएको थियो । रूढीवादीहरूले यसलाई युवा पुस्तामा विद्रोहको भावना बढाउने कृति माने । युवा पुस्ताले यसलाई धेरै रूचाए । यो विवाद नै उपन्यासको सफलता र महत्त्वको प्रमाण थियो । लेखकले यसमा सामाजिक घटनाक्रमलाई मात्र पक्रिएका छैनन्, बरु त्यसलाई यति शक्तिशाली बनाएका छन् कि त्यसले समाजलाई नै पूर्ण रूपमा प्रभावित गरिदियो ।

‘पिता र पुत्र’ एउटा यस्तो उपन्यास हो, जसले विचारधारा र मानवताको बीचको दूरीलाई मेटाउने प्रयास गर्छ । यसको स्थायी महानता कुन तथ्यमा निहित छ भने यसले कुनै एउटा पक्षलाई सही वा गलत सावित गर्ने प्रयास गर्दैन, बरु यसले मानवीय स्थितिको जटिलतालाई दर्शाउँछ । यसले विचारले मानिसलाई अलग गर्न सक्छ तर अन्ततः प्रेम, नोक्सान र मृत्यु जस्ता मौलिक मानवीय अनुभूतिहरू सबै विचारधाराभन्दा माथि छन् भन्ने देखाउँछ । तुर्गेनेभले दार्शनिको रूपमा भन्दा पनि मानवतावादीको रूपमा यो उपन्यास लेखेका छन् । यही कारणले गर्दा यो अहिलेसम्म पनि प्रासङ्गिक र मार्मिक छ ।

यो उपन्यासले समाजका दुई पुस्तकहरूको बीचमा गहिरो सङ्घर्ष र वैचारिक विरोधलाई चित्रित गर्छ । यसमा राजनीतिक एवम् सामाजिक विमर्शहरूको बीचमा प्रेम कथा पनि चल्छ । यसले वैचारिक सङ्घर्षका साथसाथै जीवनका जटिलताहरूलाई पनि उजागर गरेको छ । यसलाई राजनीतिक र भावनात्मक जटिलताहरूको रूपरेखा मानिन्छ । यसमा पुरानो र नयाँ पुस्ताको बीचमा गहिरो मनोवैज्ञानिक र सामाजिक टकराव सँगसँगै परिवर्तनको अनिवार्यता पनि उजागर भएको छ । यो उपन्यास सामाजिक र दार्शनिक विमर्शहरूको समृद्ध स्रोत हो, जसमा प्रसिद्ध पात्रहरूको माध्यमबाट जीवनको गहन अन्दृष्टि पाइन्छ ।

उपन्यासको सम्पूर्ण कथा सङ्क्षिप्तमा

उपन्यासको कथाको शुरुवात सन् १८५९ बाट हुन्छ । अर्कडी किरसानोभ नामको एक युवकले भर्खरै पिटर्सबर्ग विश्वविद्यालयबाट स्नातक गरेको छ र आफ्नो एक असल मित्रसँगै आफ्ना पिताको सम्पत्तिमा फर्किएर आएको छ । अर्कडीको पिता निकोलाई किरसानोभले दुवै युवकहरूलाई खुशीपूर्वक स्वागत गर्छन् तर बाजारोभ एक शून्यवादी थियो; जसानुसार ऊ कुनै पनि पूर्वनिर्मित विचारधारा, रीतिरिवाज वा परम्परामा विश्वास गर्दैनथ्यो । उसको शून्यवादी विचार नै निकोलाईको भाई पाभेलसँग उसको सङ्घर्षको कारण बन्छ । पाभेल एक विशिष्ट परम्परावादी अभिजात विचारधारासँग सम्बन्ध राख्छ ।

शून्यवाद एक युवा आन्दोलन, एउटा दार्शनिक प्रवृत्ति र एउटा क्रान्तिकारी आवेग थियो । यो प्राकृतिक विज्ञानको मूल्याङ्कन थियो । यो एक विशिष्ट फेसन शैली वा सौन्दर्यशास्त्र, आलोचना र नैतिकताप्रति एक नयाँ दृष्टिकोण थियो । यो अध्ययन गरिएको भौतिकवाद र सामाजिक व्यवस्थालाई नष्ट गर्ने इच्छाको बीचमा अन्तर्विरोध थियो । यो जारवादी सुधार र दमनको स्थितिप्रति विशेष रूपले रूसी प्रतिक्रिया पनि थियो । यो आफ्नो मूल्यप्रणाली, अभ्यास र निष्कर्षहरूको व्यापक प्रकृतिको कारणले मूल रूपमा जति सक्षम हुन सक्थ्यो, त्योभन्दा धेरै बढी भएको छ । शून्यवादको प्रभावलाई अराजकतावादको इतिहास, आतङ्कवादको गठन र आधुनिक अभ्यास तथा विघटनदेखि लिएर अस्तित्ववादसम्मका दार्शनिक विचारहरूको माध्यमबाट हेर्न सकिन्छ ।

निकोलाई शुरूमा आफ्नो छोरालाई घरमा पाएर खुशी भयो तर विस्तारै उसले असहज महसुस गर्नलाग्यो । आफ्नो छोराप्रति उसको सम्बन्धमा एक निश्चित आश्चर्य विकसित हुन्छ । किनभने बाजारोभबाट धेरै प्रभावित अर्कडीको कट्टरपन्थी विचारले निकोलाईका आफ्ना विश्वासहरूलाई दैनिक महसुस गराउँदछन् । निकोलाईले आफ्नो छोरालाई स्कूल जाने जस्ता काम गरी जति सम्भव हुन्छ त्यति सक्रिय राख्ने कोशिस गरे, ताकि दुवै एक-अर्कोसँग निकट रहन सकून् । तर निकोलाई यसमा असफल भयो । यसलाई अझ जटिल बनाउनको लागि उसले आफूसँग रहनको लागि एक नोकर फेनेच्कालाई आफ्नो घरमा ल्यायो र उसको पहिलेदेखि नै मित्या नामको एउटा छोरो छ । यद्यपि अर्कडी सम्बन्धमा दुःखित छैन, यसको विपरीत ऊ खुला रूपमा आफ्नो भाइसँग सङ्घर्षको उत्सव मनाउँछ ।

दुई युवक केही हप्ताको लागि मेरिनोमा बस्छन्, त्यसपछि छिमेकी प्रान्तमा अर्कडीको एउटा नातेदारसँग भेट गर्ने निर्णय गर्दछन् । त्यहाँ उनीहरू स्थानीय जेन्ट्रीको निरीक्षण गर्दछन् र मेडम अन्ना सर्गेभना ओडिन्ट्सोभासँग भेट गर्दछन् । उनी धनी र स्वतन्त्र साधनहरूकी एक सुन्दर महिला हुन्, उनी आफ्ना वरिपरिका प्रान्तीय समाजका भद्र वा नीरस प्रकारले र आकर्षक रूपले अलग आकृति बनाउँछिन् । उनी आफ्नी बहिनी कात्यासँगै बस्छिन् । दुवै युवक उनीप्रति आकर्षित छन् । र, ती महिला बजारोभको विलक्षण तरीकाबाट चकित भएर तिनीहरूलाई आफ्नो सम्पत्ति भएको ठाउँ निकोलस्कोयमा केही दिन बिताउनको लागि आमन्त्रित गर्छिन् । जबकि बाजारोभ पहिले त अन्नाको लागि केही पनि महसुस गर्दैन, अर्कडी उनको प्रेममा पागल हुन्छ ।

निकोल्सकोयमा उनीहरूले अन्ना सर्गेभनाकी बहिनी कात्यालाई पनि भेट्छन् । यद्यपि उनीहरू केवल थोरै अवधिको लागि मात्र त्यहाँ रहन्छन्, दुवै महत्त्वपूर्ण परिवर्तनबाट गुज्रिन्छन् : एक-अर्कोसँग उनीहरूको सम्बन्ध विशेष रूपले परिवर्तन हुन्छ । किनभने अर्कडीले स्वयंलाई खोज्न शुरू गरिदिएको छ र ऊ बाजारोभको अनुयायीको स्थितिबाट टाढा भएको छ ।

बाजारोभ विशेषगरी प्रेममा पर्ने कुराबाट हैरान हुन्छ किनकि यो कुरा उसको शून्यवादी विश्वासको विरूद्ध हुन्छ । अन्ततः अडिन्ट्सोभाको आकर्षणको सतर्क भावबाट प्रेरित भएर उसले उनीसँग प्रेम गर्ने घोषणा गर्‍यो । अन्नाले उसको घोषणामाथि खुलेर प्रतिक्रिया दिइनन्, यद्यपि उनी पनि बाजारोभप्रति गहिराइपूर्वक आकर्षित हुन्छिन् । तर अन्नाका बाजारोभप्रति केही भावनाहरू छन्, उनीहरू प्रेममा समान छैनन् र अन्ना उसको लागि स्वयंलाई खोल्न सक्दिनन्, किनकि उनले उससँग राम्रो भविष्यको सम्भावना देख्दिनन् । आफ्नो प्रेमको घोषणापछि र एक समान घोषणा गर्नमा उसको असफलतापछि बाजारोभ आफ्ना आमाबाबुको घर जान्छ र अर्कडीले पनि ऊसँगै जाने निर्णय गर्दछ।

बाजारोभको घरमा उसका आमाबाबुले उत्साहपूर्वक उनीहरूको स्वागत गर्दछन् । र, उनीहरूका छोराले पालनपोषण गर्ने आमाबाबु दुवैको परम्परावादी रीतिरिवाज, उदासीन आदर्शवादी वर्णन र सरल मूल्य तथा गुणलाई उसको तीव्र रूप लोप हुने संसारसँग चित्रित गर्दछन् । उनीहरूले बाजारोभको प्रेम प्रस्तावलाई पनि अस्वीकार गरेकोले बाजारोभ भ्रमित र तनावग्रस्त थियो।

बाजारोभको सधैं बाहिरी मान्छेसँग प्रदर्शित हुने सामाजिक कुटिलता अझै पनि बिल्कुल स्पष्ट छ, किनभने ऊ आफ्नो परिवाको माहौलमा फर्किएको छ । आफ्नो बाबुलाई रोक्दै ऊ अर्कडीसँग कुरा गर्दछ, त्यसपछि ऊ आफ्नो आमाबाबुको निकट भएर पनि अचानक र अझै पनि ध्यानको शक्तिशाली केन्द्र सावित हुन्छ । बाजारोभको पितालाई उसको छोराको भविष्य उज्ज्वल छ भनेर आश्वासन दिएर खुशी बनाउने अर्कडीले अब आफ्नो मित्रलाई उसको क्रूरताको लागि गाली गर्दछ ।

बाजारोभसँग लडाइँको बारेमा मजाक गरेपछि उसले अर्कडीलाई कुटपिट गर्न लाग्दछ । यसले एकपटक फेरि अर्कडी र बाजारोभको सम्बन्धभित्रको दूरी र परिवर्तनलाई दर्शाउँदछ । किनभने अर्कडी बाजारोभका आदर्शहरूको विरूद्धमा धेरै उदण्ड हुन्छ । एक सङ्क्षिप्त प्रवासपछि आमाबाबुको निराशाको लागि उनीहरूले मेडम ओडिन्ट्सोभालाई हेर्ने मार्गमा रोकिंदै तीन दिनपछि मेरिनो फर्किने निर्णय गर्दछन् । उनीहरू तुरून्तै निस्किन्छन् र अर्कडीको घर फर्किन्छन् ।

अर्कडी केही दिन मात्र बस्दछ र पुनः कुनै कामको लागि निकोल्सकोय जाने बहाना बनाउँदछ । एक पटक त्यहाँ उसलाई के थाहा हुन्छ भने ऊ ओडिन्ट्सोभालाई प्रेम गर्दैन, बरू उसकी बहिनी कात्यासँग प्रेममा छ । बाजारोभ केही वैज्ञानिक शोध गर्नको लागि मेरिनोमा नै रहन्छ । त्यहाँ उसको र पाभेलको बीचमा तनाव बढ्दछ ।

एकदिन पाभेलको सामु बाजारोभले फेनेच्कालाई चुम्बन गर्दछ र उसको कार्यमा पाभेल क्रोधित हुन्छ । पाभेलले बाजारोभलाई लडाइँको लागि चुनौति दिन्छ । लडाइँमा पाभेलको जाँघमा घाउँ हुन्छ । र, बाजारोभले मेरिनो छोड्छ । अन्तिम पटक लडाइँको बारेमा बताउनको लागि आफ्नो साथीलाई भेट्न जान्छ । ऊ लगभग एक घण्टाको लागि मेडम ओडिन्ट्सोभाकोमा रोकिन्छ, त्यसपछि आफ्ना आमाबाबुको घरमा जान्छ ।
यही बीचमा अर्कडी र कात्याको बीचमा प्रेम हुन्छ र उनीहरूले इन्गेजमेन्ट गर्दछन् । अन्ना आफ्नी बहिनीसँग विवाह गर्ने अर्कडीको अनुरोधलाई स्वीकार्नमा सङ्कोच मानिरहेकी छिन्, तर बाजारोभले उनलाई विवाहको अनुमति दिनको लागि मनाउँदछ ।

घर फर्किएको बेलामा बाजारोभ धेरै बदलिन्छ । आफ्ना प्रयोगहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा ऊ आफ्ना पितालाई एउटा स्थानीय डाक्टर बन्नमा मद्दतको लागि मोडिन्छ । बाजारोभले घरमा आफ्नो दिमाग आफ्नो काममा लगाउन सक्दैन र शब परीक्षण गरेको बेलामा उचित सावधानी अपनाउनमा असफल हुन्छ । उसले एकदिन गल्तीपूर्वक आफ्नै शरीरको अङ्ग काट्दछ र रक्त विषाक्ताको कारणले ऊ बिरामी हुन्छ । आफ्नो मृत्युशैय्यामा ऊ मेडम ओडिन्ट्सोभालाई बोलाउँछ । भोलिपल्ट बिरामीको कारणले उसको मृत्यु हुन्छ ।

अर्कडीले कात्यासँग विवाह गर्दछ र आफ्नो पिताको सम्पत्तिको व्यवस्थापन आफ्नो हातमा लिन्छ । उनको पिताले फेनेच्कासँग विवाह गर्छन् र अर्कडीलाई घरमा पाएर खुशी हुन्छन् । पावेलले देश छोड्छ र आफ्नो बाँकी जीवन ड्रेसडेन, जर्मनीमा बिताउँदछ । यसरी उपन्यासको अन्त हुन्छ ।

सन्दर्भ स्रोतहरू
1. https://www.gw2ru.com/arts/3956-turgenev-fathers-sons-short-summary
2. https://www.supersummary.com/fathers-and-sons/summary/
3. https://www.litcharts.com/lit/fathers-and-sons/summary
4. https://www.cliffsnotes.com/literature/f/fathers-and-sons/book-summary
5. https://www.learncbse.in/father-to-son-summary/
6. https://mirtitles.org/page/6/?archives-list=1
7. https://channelmountain.com/360/
8. https://archive.org/download/fatherssons00turg/fatherssons00turg.pdf
9. Study and Research of various websites, blogs, online portals, youtube channels, etc.