पाभेल पेत्रोभिच धेरै बेरसम्म त्यहाँ उपस्थित रहन सकेनन्‌ जहाँ उनका भाइ पटवारीसित कुराकानी गर्दै थिए । अग्लो र दुब्लो पटवारीको स्वर क्षयग्रस्त व्यक्तिको जस्तै मधुर थियो भने उसका आँखामा धुर्तताको झलक थियो । निकोलाइ पेत्रोभिचका सबै टीकाटिप्पणीहरूको उत्तरमा ऊ एउटै कुरा दोहोर्याइरहेको थियो : “ठीक मर्जी भो, हजूर ! पक्कै हो, हजूर !” सबै किसानहरूलाई ऊ जँड्याहा र चोर साबित गर्ने प्रयास गर्दै थियो । हालसालै नयाँ ढाँचामा ढालिएको कृषिफार्म तेल नहालिएको पाङ्ग्राझै चुइँचईँ गर्दैथियो र घरैमा बनाइएको काँचो काठको मेचकुर्सीझैँ चरचर फुट्दैथियो । निकोलाइ पेत्रोमिच हरेस त भएका थिएनन्‌ तर बेलाबेलामा लामो सुस्केरा हाल्दथे र सोचमग्न हुन्थे । पैसाबेगर काम चल्ने छाँट छैन भन्ने उनी अनुभव गर्दै थिए तर पैसो भने झण्डै सबका सब बेमाख भइसकेको थियो । आर्कादीले साँचो कुरा नै भनेको थियो : पाभेल पेत्रोमिचले कैयौँपल्ट आफ्ना भाइलाई मदत पुर्याएका थिए । भाइले भएर कसरी समस्या हल गर्ने होला भनी मगज खियाइरहेको देख्दा पाभेल पत्रोमिच बिस्तारै झ्यालनेर उभिन पुग्थे र गोजीमा हात घुसारेर गुनगुनाउँथे : “mais je puis donner de i’argent”. म तिमीलाई केही पैसा दिन सक्छु) अनि उनको हातमा केही पैसा थमाइ पनि दिन्थे । परन्तु त्यस दिनचाहिं स्वयं उनीसित केही पनि थिएन र त्यहाँबाट सुटुक्क हिंड्नु नै उनले श्रेयस्कर ठाने । कारोबारको झन्झटले उनमा विषाद उत्पन्न गर्दथ्यो । यसबाहेक उनलाई बारम्बार के भान पर्न थालेको थियो भने आफ्नो सम्पूर्ण उत्साह र लगनशीलता कायम हुँदाहुँदै पनि निकोलाइ पेत्रोमिच त्यसरी काम गरिरहेका छैनन् जसरी गर्नु आवश्यक छ, यद्यपि उनको खास गल्ती कुन कुरामा निहित छ भन्ने चाहिं स्वयं पनि औंल्याउन सक्ने स्थितिमा थिएनन्‌ । ‘मेरा भाइ उति व्यवहारकुशल छैनन्‌ ।’ -उनी मनमनै तर्कना गर्दथे । -‘उनलाई निकै ठगिन्छ ।’ निकोलाइ पेत्रोमिचचाहिँ यसको उल्टो पाभेल पेत्रोभिचको व्यवहारपटुताको बडो कदर गर्दथे र सधैं उनीसित सल्लाह माग्दथे । “म नरम मिजास र कमजोर अठोटको मान्छे हुँ । मेरो सम्पूर्ण जीवन यस अनकन्टार इलाकामा बितेको छ ।” उनी भन्दथे “तपाईंले भने मान्छेहरूको संगतमा जीवन बिताइसक्नुभएको छ र उनीहरूलाई राम्रोसित चिन्नु पनि हुन्छ । तपाईंको दृष्टि बाजको जतिकै चनाखो छ ।” पाभेल पेत्रोमिच यस्ता शब्दहरूको उत्तर दिनुको सट्टा खाली अर्कोतिर मुख फर्काउँथे र आफ्नो भाइको विश्वास भङ्ग गर्ने कुनै चेष्टा गर्दैनथे ।

निकालाइ पेत्रोमिचलाई अध्यनकक्षमा नै छाडेर उनी त्यस दलानमा पुगे जसले घरको अग्रभागलाई पृष्ठभागबाट अलग्याएको थियो । अनि एउटा होचो दैलोनेर पुगेपछि विचारमग्न भएर एकाएक उनी अडिए र आफनो जुँगा मुसारेर दैलोमा खटखट गरे ।

“त्यहाँ को हँ ? भित्र आउनोस्‌ !” -फेनेच्काको स्वर सुनियो ।

“म हुँ !” -दैलो खोल्दै पाभेल पत्रोभिचले भने ।

आफ्नो बच्चालाई काखमा लिएर बसिरहेकी फेनेच्का कुर्सीबाट जुरुक्क उठी र बच्चा नोकर्नीको हातमा थमाएर झटपट आफ्नो टाउकोको पछ्यौरा मिलाई | नोकर्नीले बच्चालाई त्यतिञ्जेलसम्ममा कोठाबाट बाहिर लगिसकेकी थिई ।

“मैले बाधा पुर्याएको भए माफ गर्नुहोस्‌ !” -उसतर्फ दृष्टि नै नदिएर पाभेल पेत्रोभिचले भन्न शुरू गरे । -“तपाईंसित म एउटै मात्र अनुरोध गर्न चाहन्छु -सके आज कसैलाई शहरतिर पठाइँदैछ होला _ कृपया मेरो निम्ति हरियो चिया पनि मगाउनुहोला !”

“हुन्छ, हजूर !” -फेनेच्काले उत्तर दिई | -“कति मगाउने आज्ञा हुन्छ ?”

“मलाई लाग्छ, आधा पाउण्ड भए पुग्छ होला ।” -पाभेल पेत्रोभिचले भने र यताउति नजर दौडाउँदै फेनेच्काको अनुहारमा पनि पुलुक्क हेरे उनले थपे । –

“लाग्छ, यहाँ तपाईंकहाँ केही फेरबदल भएको छ ।” फेनेच्काले नबुझेको देखेर उनले फेरि भने | -“यी पर्दाहरू……”

“हो, हजूर ! यी पर्दाहरू ! निकोलाइ पेत्रोमिचले मलाई दिस्या हो । तर ती त धेरै दिनदेखि नै टाँगिएका छन्‌ ।”

“हुँ! म पनि त तपाईंको कोठामा नआएको धेरै दिन भयो नि ! अहिले यहाँ ज्यादै राम्रो भइसकेछ |”

“यो सब निकोलाइ पेत्रोमिचको कृपा हो । ” फेनेच्काले खासखुस गर्दै भनी ।
“पहिले बङ्गालमा भन्दा तपार्इको लागि यहाँ सुविधा छ हैन त ? ” पाभेल पेत्रोभिचले विनम्रतासाथ किन्तु अलिकति पनि नमुस्कुराएर सोधे ।

“हो, हजूर !”

“तपाईंको कोठामा त्यहाँ अब को बस्छ ?”
“धोबिनीहरू ।”

“ए ।”

पाभेल पेत्रोमिच चुप लागे । “अब जाने होलान्‌ ।” -फेनेच्काले सोची तर उनी गएनन्‌ । फेनेच्का उनको सामुन्ने नै अचल भएर उभिइरहेकी थिई र बिस्तारै आफ्ना औंला माड्दैथिई ।

“सानो नानीलाई तपाईंले किन बाहिर लैजान अह्राउनुभएको ?” अन्त्यमा पाभेल पेत्रोभमिचले भने । -“म केटोकेटीहरूलाई मन पराउँछु । मलाई आफ्नो बच्चा देखाउनोस्‌ न !”

सङ्कोचले र हर्षले गर्दा फेनेच्काका गाला एकदमै राता भए । उसलाई पाभेल पेत्रोभिचको धक लाग्दथ्यो : उनी प्रायः कहिल्यै पनि उससित बोल्दैनथे ।

“दुन्याशा !” -उसले बोलाई । -“मीत्यालाई यहाँ ल्याउनोस्‌ त ! (फेनेच्का घरमा सबैलाई ‘तपाईं’ भनेर सम्बोधन गर्दथी) । अँ, एकछिन पर्खनोस्‌ ! उसलाई लुगा लगाइदिनुपर्ला !”

फेनेच्का दैलोतिर लम्किई ।

“त्यसै पनि हुन्छ ।” – पाभेल पेत्रोमिचले भने ।

“एक्कै छिन !” – फेनेच्काले जवाफ दिई र सटासट बाहिर निस्किई ।

पाभेल पत्रोमिच कोठामा एक्लै रहे र बडो ध्यानपूर्वक चारैतिर हेर्न लागे । सानो र होचो त्यो कोठा ज्यादै सफासुग्घर र चिटिक्क परेको थियो । त्यहाँ हालसालै रङ्गरोगन गरिएको भुइँको फल्याक, दमना र मेलिसा फूलहरूको बास्ना फैलिएको थियो । वीणाझैँ देखिने पीठवाला कुर्सीहरू भित्तामा लहरै राखिएका थिए । स्वर्गीय जर्नेलले सैनिक अभियानको समयमा ती कुर्सीहरू पोल्याण्डमा किनेका थिए । एक कुनामा पलङ खडा थियो जसमाथि चँदुवा टाँगिएको थियो । पलङको बगलमै गोलो बिर्को भएको सन्दुस थियो । त्यसको सामुन्नेको कुनामा सन्त निकोलाइ चमत्कारीको ठूलो र कालो प्रतिमाको अगाडि एउटा बत्ती बलिरहेको थियो । सन्तको छातीनेर एउटा स्फटिकको सानो डल्लो झुण्डिरहेको थियो जुन रातो फित्ताद्वारा प्रभामण्डलमा टाँगिएको थियो । झ्यालका ठेलाहरूमा विगत वर्षको मुरब्बा भरिएका सिसीहरू राखिएका थिए जसबाट हरियो प्रकाश वारपार भइरहेको थियो । सिसीका मुखहरू कागजका बिर्कोले बन्द गरिएका थिए जसमा स्वयं फेनेच्काले ठूल्ठूला अक्षरमा लेखेकी थिई : ‘गूसबेरी’ । निकोलाइ पेत्रोभिचलाई यो मुरब्बा विशेष मन पर्दथ्यो । छतमा बाँधिएको लामो डोरीमा एउटा पिजरा झुण्डिएको- थियो जसमा सानो पुच्छर हुने टिकटिके चरा निरन्तर फुर्रफुर्र उडेर लगातार चिर्बिरचिर्बिर गरिहेको थियो । यसले गर्दा पिंजरा पनि नअडिर्इकन हल्लिरहेको र झुलिरहेको थियो र त्यसबाट भाँगोका गेडाहरू पटपट आवाज निकालेर भुइँमा झरिरहेका थिए | झ्यालहरूका बीचको भित्तामा एउटा होचो दराजमाथि कुनै डुलुवा फोटोग्राफरले खिचेका ज्यादै भद्दा खालका फोटोहरू टाँगिएका थिए जसमा विभिन्न मुद्रामा निकोलाइ पेत्रोमिच अङ्कित थिए । तिनैको बगलमा स्वयं फेनेच्काको फोटो पनि टाँगिएको थियो जुन एकदमै गएगुर्जेको थियो -एउटा कालो फ्रेमभित्र कुनै नेत्रहीन मुहार अस्वामाविक रूपमा मुस्कूराइरहेको देखिन्थ्यो । बस्‌, यसबाहेक त्यसमा अरू केही पनि खुट्याउन रूकिदैनथ्यो । फेनेच्काको फोटोभन्दा माथि डुर्का लगाइराखेका येर्गोलोमको तस्वीर थियो । आँखीभौं खुम्च्याएर जर्नेल दूरवर्ती ककेशियाली पर्वत श्रृंखलातर्फ घुरेर हेर्दै थिए भने जुत्ताको छाँट परेको आल्यीन गोप्ने रेशमी बट्टा उनको निधारनेरै झुण्डिरहेको थियो ।

पाँच मिनेट जति बित्यो । बगलकै कोठामा सरसराहट र खासखुस सुनिदैथियो | पामेल पेत्रोनिचले दराजबाट एउटा मैलो किताब झिके | त्यो मासाल्स्की लिखित “स्त्रेल्त्सी” उपन्यासको एक खण्ड थियो । उनी त्यसका पाना पल्टाउन लागे यतिकैमा दैलो खुल्यो र मीत्यालाई हातमा लिएकी फेनेच्का कोठाभित्र पसी | उसले बच्चालाई कठालोमा जरीको बेलबुट्टा बनाइएको रातो कमिज पहिराइदिएकी थिई | बच्चाको कपाल कोरिएको थियो भने मुख पनि सफा पारिएको थियो |. उ लामोलामो सास फेर्दै थियो, आफ्नो सम्पूर्ण जीउ र स-साना हातहरू जोडले हल्लाउँदै थियो, जस्तो कि सबै स्वस्थ बच्चाहरू गर्दछन्‌ । परन्तु रङ्गीन कमिजले सम्भवत: उसलाई प्रभावित गरेको थियो : उसको सम्पूर्ण कोमल शरीरमा आनन्दको झलक पाइन्थ्यो । फेनेच्काले आफ्नो कपाल पनि मिलाइसकेकी थिर्इ र राम्रो खालको पछ्यौरा पनि फेरेकी थिई, यद्यपि पहिलेकै पछ्यौरा पनि सुहाएकै थियो | हुन पनि हृष्टपुष्ट शिशुलाई हातमा लिएकी नवयौवना र सुन्दरी आमाभन्दा ज्यादा मनमोहक कुरा यस संसारमा अरू के छ र ?

“अरे, पह्लमान !” – पाभेल पत्रोमिचले स्नेहपूर्वक भने र चोरऔंलाको लामो नङको टुप्पोले मीत्याको खोपिल्टो परेको च्यूँडोमा काउकुती लगाए । बचचा मैनाचरीतर्फ ताकेर हेर्न लाग्यो र मुसुक्क हाँस्यो ।

“यी ठूलोबुबा होइसिन्छ ।” -बच्चातर्फ आफ्नो टाउको अलिकति निशुराएर उसलाई विस्तारै झट्कार्दै फेनेच्काले भनी । त्यसै डत दुन्याशाले झ्यालको तख्तामा चुनदामको सिक्का राखेर त्यसमाथि धूपबत्ती बालेर थपक्क राखिदिई |

“कति महिनाको भो, यो ? -पामेल पेत्रोमिचले सोधे ।
“छ महिना ! एघार तारिखदेखि सातौँ महिना लाग्नेछ ।”
“आठौँ होइन र, फेदोस्या निकोलायोभ्ना ?” अलि धक मान्दै दुन्याशाले टिप्पणी गरी ।
ख्होइन , सातौ नै हो !”

बच्चा फेरि मुस्कुरायो, सन्दूसतर्फ एकटक लगाएर हेर्न लाग्यो र एक्कासि आफ्ना पाँचै औंलाले आमाचाहिंको नाक र ओठ समाउन पुग्यो ।

“चकचके !” -उसका औंलाहरूबाट आफ्नो मुख हटाउने चेष्टा नै नगरेर फेनेच्काले भनी ।

“भाइकै गोता जाँदोरहेछ यो त ।” -पाभेल पेत्रोभिचले भने ।

“उनको गोता नलागे कसको लागोस्‌ त ?” -फेनेच्काले विचार गरी ।

“अँ ।” -आफूसँग आफैँले कुरा गरिरहेझैँ पाभेल पेत्रोभिच अगाडि भन्दै गए ।

-“रत्तिभर पनि फरक छैन ।”

उनले खूब गौड गरेर झण्डै शोकाकूल नजरले फेनेच्कातर्फ हेरे ।

“यी, ठूल्बुबा ! -उसले कानेसाउतीको स्वरमा दोहोर्याई ।

“ओहो ! पाभेल दाजु ! तपाईं त यहाँ पो !” -एकाएक_निकोलाइ पेत्रोमिचको स्वर सुनियो।

पाभेल पेत्रोभिच आँखीभौं खुम्च्याएर झटपट फनक्क मोडिए । परन्तु उनका भाइ अति हर्षोल्लास एवं अति गदगद भावले उनीतर्फ हेरिरहेका थिए र उनी पनि उत्तरमा नमुस्कुराई रहनै सकेनन्‌ |

“तिम्रो बच्चो त ज्यादै राम्रो रहेछ ।” -उनले भने र घर्डीतर्फ दृष्टि दिए । –

“चिया मगाउनुपरेको: हुँदा यहाँ पसेको हुँ ।”

अनि बेवास्ताको भाव झल्काउँदै पाभेल पेत्रोमिच तत्कालै कोठाबाट बाहिर लम्किए । ( )

“आफैँ आएका हुन्‌ कि ?” -फेनेच्कासित निकोलाइ पेत्रोभिचले सोधनी गरे ।

“आफैँ हो, हजूर ! दैलो खटखटाएर भित्र सवारी भइहाल्यो ।”

“अँ, आर्कादी त फेरि तिम्रो कोठामा आएन ?”

-आइस्याथेन ! फेरि मैले पहिलेकै कटेरोमा सर्नु बेस होवैन र, निकोलाइ पेत्रोभिच ?”

“किन नि ?”

“मलाई लाग्छ, शुरूमा यो नै बेस हुनेछ ।”

“अँ-हँ !” -केही भकभकाउँदै निकोलाइ पेत्रोमिचले भने र निधार सुम्सुम्याए ।

“प्रहिलेबाटै गर्नुपर्दथ्यो – -अनि एकाएक रमाउँदै र बच्चाको नजिक पुगेर उसको गालामा म्वाइँ खाँदै उनले भने । -“नमस्ते, फुच्चे !” त्यसपछि उनले अलिकति झुकेर फेनेच्काको हातमा ओठले स्पर्श गरे । उसको हात मीत्याको रातो कमिजको पृष्ठभूमिमा दूधझैं सेतो देखिन्थ्यो ।

“निकोलाइ पेत्रोभिच ! के हो यस्तो ?” आफ्ना आँखा भुइँतिर झार्दै र फेरि बिस्तीरै माथि उचाल्दै ऊ गुनगुनार्इ । त्यतिखेर उसको मुखमणडल ज्यादै खुलेको थियो जतिखेर ऊ मनमोहक ढङ्गले तर केही सुद्धिबुद्धि हराएको पाराले मुसुक्क मुस्कुराएकी थिई ।

फेनेच्कासित निकोलाइ पेत्रोभिचको चिनापर्ची यस प्रकारले भएको थियो । एकपटक तीन वर्ष जति पहिले कुनै दूरवर्ती इलाकाको नगरीय अतिथिगृहमा उनले बास बस्नुपरेको थियो । आफ्नो लागि छुट्याइएको कोठाको पलङको सिरकतन्नाको सुकिलोपना देखेर उनी मुग्ध हुन पुगे । ‘यहाँ जर्मन महिला त होइन कतै ?’ -उनले मनमनै सोचे तर मालिक्नी थिई : वर्ष पचासेककी महिला । उसको पहिरन सुकिलो थियो भने हिसी परेको मुहारमा बुद्धिमानी झल्कन्थ्यो र बोलीवचन पनि गम्भीर थियो । चियापानको बेला निकोलाइ पेत्रोमिचले उससित कुराकानी गरे । उनलाई ऊ असाध्य: मन परी उनी त्यतिखेर भर्खर मात्र आफ्नो नयाँ घरमा सरेका थिए । आफूकहाँ भुदासहरूलार्इ राख्न नचाहेर उनी वेतनभोगी कामदारहरूको खोजी गर्दैथिए । अर्कोतिर अतिथिगृहकी मालिक्नीचाहि शहरमा आगन्तुकहरूको संख्या निकै कम भएकोले दुर्दिन लागेको गुनासो गरिरहेकी थिई । निकोलाइ पेत्रोमिचले उसको सामु आफ्नो घरमा भण्डार्नीको रूपमा काम गर्ने प्रस्ताव राखे | उसले स्वीकार गरी । एक मात्र छोरी फेनेच्कालाई आफ्नी पत्नीको जिम्मामा छाडेर धेरै पहिले नै उसका पति मास छर्न गइसकेका थिए | करिब दुई हप्तापछि आरीना साभिश्ना (नयाँ भण्डार्नीको नाम यस्तै थियो) छोरीको साथमा मार्यिनो आई र कटेरोमा बस्न थाली । निकोलाइ पेत्रोभिचको चयन उपयुक्त सिद्ध भयो । आरीनाले घरमाराम्रो प्रबन्ध मिलाई | फेनेच्का त्यतिखेर भर्खरै सत्र वर्ष पुगेकी थिई । ऊ विरलै देखापर्दथी र कसैले पनि कहिल्यै उसको चर्चा गर्दैनथ्यो । ऊ शान्त भएर एकान्तमा बस्दथी र आइतबारका दिनहरूमा मात्र निकोलाइ पेत्रोभिच गाउँको गिर्जाघरमा, कतै एकान्त कुनामा, उसको गोरो मुहारको सुकोमल आकृति देख्न पाउँथे । यस प्रकार एक वर्षभन्दा बढी समय बित्यो ।

एकदिन बिहान आरीना उनको अध्ययनकक्षमा आई र आफ्नो बानीबेहोराअनुसार झुकेर अभिवादन गर्दै आतशखानाबाट उडेको झिल्को छोरीको आँखामा परेको हुँदा छोरीलाई उनी कुनै प्रकारले मद्दत गर्न सक्छन्‌ कि भनेर सोधी । सबै घरगृहस्थीझै निकोलाइ पेत्रोभिच पनि थोरबहुत ओखतीमूलो गर्दथे र होमियोप्याथीका औषधीहरूको सानो दराजसमेत उनले मगाएर राखेका थिए । तुरून्तै रोगिनीलार्इ ल्याउन भनी उनले आरीनालाई अह्राए । मालिकबाट बोलावट भएको छ भन्ने थाहा पाउनासाथै फेनेच्का ज्यादै डराई तर आमाको पछि लागेर गई । निकालाइ पेत्रोभिचले उसलाई झूयालनेरै डोर्याएर लगे र उसको टाउको आफ्ना दुवै हातले समाए । उसको सुनिएको र रातै भएको आँखो ध्यानपूर्वक निररीक्षण गरेपछि उनले एक सलाका तयार पारे र आफ्नो रूमाल च्यातेर टुक्राटुक्रा पार्दै कसरी त्यसको उपयोग गर्नुपर्छ भन्ने पनि बताए | उनको भनाइ सुनिसकेपछि फेनेच्काले कोठाबाट बाहिर निस्कने तरखर गरी । “मालिकको हातमा त चुम्‌, ए मुर्ख ।” आरीनाले उसलार्इ अह्रर्इ । निकोललाइ पेत्रोभिचले उसतर्फ आफ्नो हात पसारेनन्‌, बरू अकमक्क परेर उनले स्वयं नै उसको निहुराइएको शिरमा सिउँधोनेरै चुम्बन लिए । फेनेच्काको आँखो छिटै नै बिसेक भइहाल्यो तर उसले निकोलाइ पेत्रोभिचमा जुन प्रभाव पारेकी थिर्इ त्यो त्योचाही छिटो मेटिने खालको थिएन । उसको त्यो स्वच्छ, सुकोमल र भएमिश्रीत ठाडोमुहार उनी कसै गरी बिर्सन सकिरहेका थिएनन्‌ । आफ्ना हत्केलामा उनी मुलायम केशराशीको स्पर्श अनुभव गर्दथे भने उसका ती निश्छल एवं अलिकता खुलेका ओठको झझल्को बारम्बार भइरहन्थ्यो । अधखुला ओठभित्र उसका दाँतहरू चाहिँ सुर्यको किरण परेर शीत चम्किएझै टल्किरहेका मोतीजस्ता प्रतीत हुन्थे । ‘गिर्जाघरमा बडो ध्यानपूर्वक उसलाई निहार्न शुरू गरे र उससित कुराकानी गर्ने समेत प्रयास गरे । शुरूशुरूमा त उ लाजले भुतुक्क हुन्थी । एकपटक साँझ पर्न लाग्दा उनलाई उवाको खेतमा बटुवाहरूले हिंडेर बनाएको साँगुरो एक गोरेटोमा आइरहेको देखेर उनको आँखाअगाडि पर्न नपरोस्‌ भन्ने उद्देश्यले ऊ उवाका बोटहरूको माझमा उम्रिरहेका अल्लो र सिरूका, अग्ला झ्याङहरूभित्र लुक्न पुगी । उवाका : सुनौला बालाहरूको छिद्रबाट उसको टाउको उनले देखिहाले । उ त्यहाँबाटै कुनै बनैया जन्तुझै उनलाई ताकेर ढुलुटुलु हेरिरहेकी थिई |

“नमस्ते, फेनेच्का ! डराउनुपर्दैन । म टोकिहाल्दैन क्या !” -उनले सुमधुर स्वरमा भने ।

“नमस्ते !” -आफ्नो आश्रयस्थलबाट ननिस्कीकनै उसले दबेको स्वरमा उत्तर दिई ।

शनैःशनैः उनीसित उ अभ्यस्त हुँदै गई, यद्यपि उनको उपस्थितिमा अझै पनि उसलाई धक लाग्दथ्यो । एक्कासि हैजा लागेर उसक्री आमाले कहिल्यै नफर्कने बाटो तताई । फेनेच्काले कहाँ जाने अब ? सुव्यवस्था, विवेकबुद्धि र गम्भीरता उसले आफ्नी आमाबाट उत्तराधिकारको रूपमा प्राप्त गरेकी थिई । ऊ ज्यादै कलिली र ज्यादै एक्ली थिई । निकोलाइ पेत्रोभिच पनि अति दयालु र अति विनम्र थिए .. त्यसपछि जे भयो त्यसको बयान गर्नुपरोइन –

“के दाजु तिमीलाई भेट्न नै यहाँ पसेका थिए त ?” – निकोलाइ पेत्रोभिचले उससित प्रश्न गरे । -“ढोका ढकढक्याए र भित्र पसे ?”

“हो, हजूर !”

“अँ, यो राम्रो हो । ल्याफ, म पनि मीत्यालाई खेलाउँछु !”

अनि निकोलाइ पेत्रोभिचले उसलाई उफार्न शुरू गरे-झण्डै छतसम्म नै उफारिरहेका थिए | बच्चा त खुशी भएर खितखित हाँस्दै थियो तर आमाचाहिँ भने ब्याकुल हुन पुगेकी थिई | हरेकपल्ट जब बच्चा मास्तिर फयाँकिन्थ्यो, उसका नाङ्गा गोडाहरू समात्न भनेर ऊ हातमाथि पसार्दथी ।

पाभेल पेत्रोमिच पनि आफनो शानदार अध्ययनकक्षमा फर्के । कोठाका भित्ताहरूमा मनमोहक रङ्गीन कागज टाँसिएका थिए । गाढा हरियो रङ्गको मखमलका गद्दा हालिएका ओखरको काठका मेच-कुर्चीद्वारा कोठा सजाइएको थियो । कालो बराँठको काठबाट बनेको एक RESNAISSANCE पुनर्जागरण युगको शैलीमा निर्मित) पुस्तकघर पनि थियो । एउटा भव्य लेखपढ गर्ने टेबलमाथि काँसका मूर्तिहरू सजाइएका थिए र आतशखाना पनि थियो – उनी एउटा सोफामा थचक्क बसे, टाउकोमुनि हात घुसारेर पल्टिए र निश्चल भइहाले । झण्डै निराश दृष्टि लगाएर उनी छततर्फ ताकिरहेका थिए । भित्ताबाट समेत आफ्नो अनुहारको भाव लुकाउने उद्देश्यले हो वा अरू नै कुनै कारणले हो, उनी जुरूक्क उभिए र झ्यालमा बाक्लो पर्दा झारेर फेरि सोफामै गुडुल्किए ।