“जे होस्‌, आखिर तँ स्नातक बनेर घर फर्किस्‌ !” -कहिले आर्कादीको काँधमा त कहिले उसका घुँडामा थपथपाउँदै निकोलाइ पेत्रोभिच भन्दैथिए ।

“ठूल्बाको हाल कस्तो छ ? आरामै होइसिन्छ कि ?” -आर्कादीले प्रश्न गर्यो । उसको मनमा एकदमै स्वच्छ, झण्डै बालसुलभ हर्षको लहर चलिरहेको भए तापनि कुराकानीलाई उद्देगपूर्ण मनोभावनाबाट सामान्य दिशातर्फ मोड्न उत्सुक थियो ।

“आनन्दै छन्‌ ! तेरो स्वागत गर्न उनी पनि मसँगै आउन चाहन्थे तर कुनै कारणवश उनले आफ्नो विचार पढेरे ।”

“हजूरले निकै बेर मेरो प्रतीक्षा गरिबक्सनुपर्यो कि ?” -आर्कादीले सोध्यो ।

“अँ, झण्डै पाँच घण्टा जति ! ”

“हजूरको अनकम्पा हो, बुबा !”

आर्कादी एकाएक आफ्नो पितातर्फ फर्कियो र उनको गाला जोडले चुम्न लाग्यो । निकोलाइ पेत्रोभिच मुसुक्क हाँसे ।

“तेरो निम्ति मैले यति राम्रो घोडा तयार पारेको छु !” -उनले भन्न शरू गरे | “तँ आफैँ देख्नेछस्‌ ! तेरो कोठामा पनि नयाँ भित्तेकागज टाँसिएको छ ।”

“बाजारोभको निम्ति पनि दह एउट कोठा चाहिएला नि ?”

“उसले पनि कोठा पाउनेछ ।”

“बाबुज्यू ! कृपया उसलाई स्नेह गरिबक्सियोस्‌ ! उसको मित्रतालाई म कति मूल्यवान्‌ सम्झन्छु भन्ने कुरा त हजूरलाई शब्दद्वारा बताउनै सक्तिनँ ।

“के हालसालै उससित तेरो भेटघाट भएको हो ?”

“हो, हालसालै !”

“अनि त बितेको हिउँदमा मैले उसलाई तँकहाँ नदेखेको रहेछु | के गर्छ ऊ?”

“प्रकृतिविज्ञान नै उसको मुख्य विषय हो । तर उ सब कुरामा पोख्त छ । आघौँसम्ममा त उसले डाक्टरको उपाधि टप्काउने मनसाय राखेको छ।”

“ए ! बुझें । त्यसो भए ऊ चिकित्साविज्ञान विभागमा पढ्दोरहेछ ।” -निकोलाइ पेत्रोमिच टिप्पणी गरेर चूप लागे, अनि तत्कालै हात पसारेर अगिल्तिर देखाउँदै बोले । -“प्योत्र ! के ती हाम्रै किसानहरू होइनन्‌ त ?”

प्योत्रले त्यसै दिशातर्फ नजर दियो जतातिर मालिकले सान गरेका थिए । साँगुरो कच्ची सडकमा कैयौं गाडीहरू चलिरहेका थिए जसलाई लगामबिना नै घोडाहरू तान्दै थिए । हरेक गाडामा खुला तुलुप लगाइराख्ने एकजना अथवा बढीमा दुईजना किसानहरू बसेका थिए |

“ठीक मर्जी भो, हजुर ।” -प्योत्रले जवाफ दियो ।

“कता जाँदैछन्‌, हँ ? शहरतिर हो कि ?”

“यस्तै लाग्छ हजुर ! सके भट्टीतर्फ !” -प्योत्रले नाक चेप्याउँदै कोचवानतर्फ अलि निहुरेर भन्यो, मानौं उसबाट आफ्नो भनाइको पुष्टि गराउन खोजिएको होस्‌ ! परन्तु कोचवान भने टसको मस पनि नगरेर बसिरह्यो । त्यो पुरानै ढर्राको मान्छे थियो र नयाँ विचारबाट सकभर टाढै रहन्थ्यो ।

“यस साल हाम्रा किसानहरूले मलाई निकै झञ्झट दिएका छन्‌ ।” -आफ्नो छोरातर्फ फर्केर निकोलाइ पेत्रोभिचले गुनासो गरे । -“कुत पनि अझै बुझाएका छैनन्‌ । के गर्ने लौ ?”

“ज्यालामी खेतालाहरूसित त हजूर सन्तुष्ट होइबक्सिन्छ के ?”

“हो !” -निकोलाइ पेत्रोभिचले बिस्तारै गुनगुनाउँदै उत्तर फर्काए- “उनीहरूलाई पनि भडकाइन्छ र पो फसाद छ । अँ, लगनशीलताका साथ काम गर्ने त उनीहरूलाई बानी नै परिसकेको छैन | जोत नै बिगारिदिन्छन्‌ । जोताइ त उति नराम्रो भन्न मिल्दैन । लाग्छ, अन्त्यमा सब कुरा ठीक हुनेछ । के अब तँ खेतीपातीको काममा लाग्न चाहन्छस्‌ र ?”

“हजूरकहाँ कुनै छहारी छैन र पो आपद्‌ छ ।” -पिताको अन्तिम प्रश्नको जवाफै नदिई अर्कादीले टिप्पणी गर्यो ।

“त्यसो हो भने त अवश्य नै त्यसले हवेलीको रूप लियोहोला तर यसबाट केही फरक पर्दैन । यहाँको हावा नै क्या राम्रो छ ! कस्तो मगमग बास्ना ! साँच्ची, यहाँको जस्तो सुगन्ध त संसारमा कतै पनि पाइँदैन होला ! अनि आकाश पनि यहाँ __”

आर्कादी एकाएक रोकियो | पछिल्तिर कर्के आँखा लगाएर हेरेपछि ऊ मौन भयो ।

“अवश्य !” -निकोलाइ पेत्रोभिचले भने । -यो नै तेरो जन्मथलो हो र यहाँको हरेक चीज तँलाई विलक्षण लाग्नै त पर्छ नि _”

“हैन, बाबुज्यू ! मान्छेले यहाँ जन्म लिनु र नलिनुबाट कुनै फरक पर्दैन ।”

“तैपनि…”

“अहँ ! यसबाट कुनै अन्तर हुँदैन ।”

निकोलाइ पेत्रोमिचले छोरोतर्फ छड्के नजर दिए । त्यसपछि गाडीले आधा भेर्स्ता जति बाटो काटिसकेपछि मात्र उनीहरू बीच फेरि वार्तालाप शुरू भयो ।

“खै, सम्झना रहेन, मैले तँलाई लेखेको थिएँ कि थिइनँ, -निकोलाइ पेत्रोभिचले भन्न शुरू गरे- “तेरी बूढी धाईआमा योगोरोभ्ना बितिहालिन्‌ ।”

“हो र ? विचरी बूढी ! प्रोकोफियच त बाँचेकै छन्‌ के ?”

“जिउँदैछन्‌ र कत्ति पनि फेरिएका छैनन्‌ । अहिले पनि उस्तरी नै फतफताउँछन्‌ । साँच्ची भन्ने हो भने मार्यिनोमा तैंले उतिसारो परिवर्तन फेला पार्नेछैनस्‌ !”

“हजूरको पटवारी त उही नै छ कि ?”

“अँ, पटवारी भने मैले फेरेको छु । पहिलेका हरूवाचरूवामध्ये अमलेख गरिएकाहरू कसैलाई पनि आफूकहाँ नराख्ने अथवा कम्तीमा पनि कुनै उत्तरदायित्वपूर्ण पदभार नसुम्पने मैले अठोट गरें ।” (आर्कादीले प्योत्रतर्फ आँखाले सान गर्यो |) “Ii est liber, en effect.” यो पनि वास्तवमा अमलेख नै हो-फ्रान्सेली) “तर यो त बैठक मात्र हो । मेरो नयाँ पटवारी मध्यमवर्गीय हो र आफ्नो काममा प्रविण पनि छ भन्ठान्छु । मैले उसलाई सालाना अढाइ सय रूबल तोकिदिएको छु । जे होस्‌,” -निकोलाइ पेत्रोमिचले सधैंझै आफ्नो मानसिक व्यग्रता प्रकट गर्न हातले निधार र आँखीभौं मुसार्दै अगाडि थपे, -“मैले अहिले भर्खरै तँलाई बताएझैं मार्यिनोमा तैँले कुनै परिवर्तन देख्नेछैनस्‌ । _ यो वास्तवमा न्यायसँगत भने होइन । तँलाई पहिलेबाटै चेतावनी दिनु म आफ्नो कर्तव्य ठान्दछु, तैपनि -”

-एकछिन -मौन रहेर उनले फेरि फ्रान्सेली भाषामा आफ्नो कथन जारी राख्दै भनेः

“नैतिकताको कट्टर पुजारीले मेरो खुलस्त भनाइ उपयुक्त नठान्न सक्छ । तर पहिलो कुरा त के भने यसलाई ढाकछोप गर्न सकिंदैन, अनि दोस्रो, तँलाई थाहै छ, पिता-पुत्रको आपसी सम्बन्धबारे मेरो आफ्नै खास सिद्धान्त छ । जे भए तापनि निश्चय नै मेरो आलोचना गर्ने तँलाई पूरा अधिकार छ । मेरो उमेरमा _
“संक्षेपमा .. त्यो केटी जसको बारेमा सके तैंले सुनिसकेकै होलास्‌ _”

“फेनेच्का?”- आर्कादीले सतर्क भएर सोध्यो ।

निकोलाइ पेत्रोमिचको अनुहार रातो भयो ।

“कृपया यति जोडसित उसको नाउँ नले ! . हो, त्यही . अब र मकहाँ नै बस्छे । उसलाई मैले आफनो घरमा बास दिएको छु । .. जुन दुईवटा साना कोठाहरू थिए ती उसैलाई दिइएको छु । तर यो सब फेरबदल गर्न पनि सकिन्छ ।”

“यसको जरूरत नै किन पर्यो र, बुबाज्यु ?”

“तेरो साथी पनि त हामीकहाँ पाहुना लाग्दैछ नि .. अनि अप्ठेरो होला -”

“बाजारोभको बारेमा कृपया कुनै चिन्ता गरिबक्सनु पर्दैन । ऊ यी सब कुराहरूबाट माथि रहन्छ ।”

“अँ, तँ पनि त छस्‌ फेरि ।” -निकोलाइ पेत्रोमिचले कुराकानी जारी राखे । “बङ्गला त राम्रो स्थितिमा छैन- यही छ फसाद !”

“फिक्री नगरिबक्सियोस्‌, बुबाज्यू !” -निकोलाइ पेत्रोमिचले उत्तर दिए र उनको अनुहार झन्‌ रातो भयो ।

“पुग्यो, बुबाज्यू, पुग्यो ! बिन्ती छ !” -आर्कादीले भन्यो र उसको मुखमा स्नेहसिक्त मुस्कान झल्कियो । “माफी माग्नुपर्ने कुरै के छ र !” -उसले मनमनै विचार गर्यो र दयालु एवं सहृदय पिताप्रति एक किसिमको अव्यक्त श्रेष्ठताको अनुभूतिमिश्रित कृपापूर्ण मृदुताको भावनाले उसको हृदय भरिपूर्ण भयो । -“कृपया, चिन्ता नगरिबक्सियोस्‌ !” -उसले फेरि दोहोर्योयो र आफनो परिपक्वता एवं विचार-स्वतन्त्रताको चेतनाले अनायासै आनन्दविभोर भयो ।

निकोलाइ पेत्रोभिचले आफ्नो निधार मुसार्न जारी नै राखेका थिए । हातका औंलाहरूको बीचबाट उनले आफ्नो छोरातर्फ पुलुक्क हेरे र कुन्नि किन हो उनको मुटु चसक्क दुख्यो – परन्तु तत्कालै उनले आफूलाई नै दोष दिए ।

“उ, हेर्‌ ! यहाँदेखि हाम्रो खेत शुरू हुन्छ !” -लामो मौनतापछि उनले भने ।

“त्यो, अगाडि, शायद हाम्रै वन हो क्यारे ?” – आर्कादीले सोध्यो ।

“हो, हाम्रै हो ! तर मैले त्यसलाई बेचिसके । यसै साल त्यहाँ फडानी हुँदैछ ।”

“किन बेचिबक्स्यो नि ?”

“पैसाको खाँचो भयो | फेरि यो जग्गामा पनि त अब किसानहरूकै हकदावी लाग्ने छ।”

“तिनै किसानको जो कूत समेत बुझाउँदैनन्‌ ?”

कुन मामिला हो | जे होस्‌, कूत त उनीहरूले जहिले भए पनि वन नरहनु दुःखकै कुरो हो ।” -आर्कादीले टिप्पणी गर्यो र चारैतिर दृष्टि दिएर निहार्न लाग्यो ।”

उनीहरू जुन इलाकाबाट गुजिरहेका थिए त्यो रमणीय भन्न सकिंदैनथ्यो । सुदूर क्षितिजसम्म नै एकपछि अर्को गरी खेतैखेत फैलिएको देखिन्थ्यो र लहरझैँ ती कतै अलि उठेका थिए त कतै तल झरेका थिए । यत्रतत्र स-साना वनहरू र नागबेली परेका खोल्साहरू थिए जहाँ होचा र पातला झाडीहरू उग्रिरहेका थिए, मानौं येकातेरीना कालका पुराना चित्रहरू नै आँखासामुन्ने देखापरेका होउन्‌ । बाढीले काटेको किनारा भएका नदीनालाहरू, जराजीर्ण बाँधसहितका स-साना पोखरीहरू, काला र अक्सर आधा भत्किएका छाना भएका होचा घरहरूसहितका सानातिना गाउँहरू, झिँजामिंजा ठड्याएर बार हालिएका सुनसान खलिहानहरू र तिनका खापारहित दैलाहरू, अनि कतै ठाउँठाउँमा रङ्गरोगन उडेका गिर्जाघरँहरू एक-एक गरी देखापर्दथे । गिर्जाघरहरू, केही ईंटका थिए त बाँकी काठका थिए र तिनका गजूरमा रहेका क्रसहरू टेढिएका थिए भने समाधिस्थलचाहिँ उजाड देखिन्थे । आर्कादीको हृदय बिस्तारैबिस्तारै खुम्चिदै थियो । फेरि बाटोमा जेजति किसानहरू भेट्टिएका थिए ती सब भझूत्राझाम्रा देखिन्थे र तिनका घोडाहरू पनि त्यस्तै हल्लनटाट थिए । सडकको अगलबगलमा पनि हाँगा भाँचिएका र ठाउँठाउँमा बोक्रा उप्केका बेदवृक्षहरू खडा थिए, मानौं भीखमङ्गाहरूको ताँती हो | दुब्ला र भद्दा गाईहरू मानौं भोकले सताइएझैँ खोल्सामा उग्रिरहेको घाँस व्यग्रताका साथ चर्दै थिए । यस्तो लाग्दथ्यो, मानौं तिनीहरूले भर्खरैमात्र कुनै भयङ्कर र प्राणघातक पञ्जाबाट छुटकारा पाएका होउन्‌ । वसन्तक्रो त्यस मनमोहक चहकको माझमा हल्लनटाट र जीर्ण पशुहरूको दयनीय दृश्यले लामो र उराठलाग्दो हिउँदको प्रचण्ड हिमआँधी, ठिही र हिमप्रपातको सेतो झञ्जावातको सम्झना ताजा गराइरहेको थियो | _ अहँ !” – आर्कादीले विचार गर्यो – “यो उर्वर प्रदेश होइन । यसले हृदयमा सम्पन्नता र उद्यमशीलताको कुनै छाप पार्दैन । अहँ, यसरी त हुँदै हुँदैन । सुधारको खाँचो छ । _ तर कसरी सुधार गर्ने र कहाँबाट त्यसको थालनी गर्ने ?”

आर्कादी यस्तो सोच्दै थियो – ऊ सोचसागरमा डुबिरहेको थियो भने वसन्तले चाहिं आफनो छटाको प्रदर्शन गरिरहेको थियो । चारैतिर वसन्तको सुनौला हरियाली छाएको थियो । के बोट, के झ्याङ, के घाँस-हरेक कुरामा न्यानो बतासको शान्त र मृदु सरसराहट व्याप्त थियो र सारा वातारण नै मनमोहक र मादक प्रतीत हुन्थ्यो । जताततै भट्टाईचरीको अविरल र सुमधुर झन्कार सुनिशनशथयशध । चिभेचराहरू चाहिँ कै हरियो मैदानमाथि चक्कर काटेर उडिरहेका थिए भने कतै चूपचाप हुल बाँधेर उफ्रिरहेका थिए । अझै हुर्कि नसकेका वसन्तकालीन बालीनालीको सुकोमल हरियालीमा काला डुमकौवाहरू घुमफिर गरिरहेका थिए । भर्खरै फुल्न थालेको उवाका सेताम्य खेतहरूमा ती अदृश्य हुन्थे र बयेलीको धुवाँसे लहरहरूमा यदाकदा मात्र तिनका टाउकाहरू माथि उठेका देखिन्थे | आर्कादी निकै बेरसम्म यही दृश्य हेर्नमा तल्लीन रह्यो र उसको चिन्तन-प्रवाह पनि शनै: शनै: मन्द हुँदै गएर अन्त्यमा एकदमै विलीन भयो .. उसले आफ्नो कोट फुकाल्यो र अति मोहक र बालसुलभ दृष्टिले पितालाई हेर्न लाग्यो । पिताले आफूलाई थाम्नै सकेनन्‌ र फेरि उसलाई अङ्खमाल गरे ।

“अब धेरै टाढा छैन ।” – निकोलाइ पेत्रोभिचले भने | – “उ, त्यो थुम्कोमा चढिएपछि त घर पनि देखिनेछ । हामी मजासाथ जीवन बिताउनेछौं, आर्काशा ! तँलाई गाह्रो लाग्दैन भने तैंले मलाई खेतीपातीको काममा पनि सघाउनेछस्‌ ! हाम्रो बीचमा अब घनिष्ठता हुनुपर्छ । हामीले एक दोस्रालाई राम्ररी बुझ्नुपर्छ । कसो, सही होइन त ?”

“अवश्य !” -आर्कादीले भन्यो । – “अहो ! कति रमाइलो दिन रहेछ आज !”

“तेरो आगमनले गर्दा हो, प्यारा ! अँ, वसन्त पनि मोहकताले परिपूर्ण छ ! जे होस्‌, म पुश्किनको कथनसित सहमत छु । याद छ तँलाई- “येश्गेनी ओनेगिन ” का यी हरफ:

वसन्त ! प्रेमको याम ! वसन्त ! रम्य मौसम !

तेरो दर्शन पाएर कति हुन्छु उदास म !

कसरी..

“आर्कादी !” -अर्को बग्गीबाट बाजारोभको चर्को स्वर सुनियो: । -“सलाई दिएर पठा न, भाइ ! सुल्पा सल्काउने कुरै पाइएन !”

निकोलाइ पेत्रोभिच चूप लागे । अनि केही छक्क पर्दै तर किञ्चित्‌ सहानुभूति राख्दै उनको कथन सुन्न दत्तचित्त हुन आँटिसकेको आर्कादीले झटपट गोजीबाट चाँदीको सलाईबट्टा झिक्यो र प्योत्रमार्फत्‌ त्यसलाई बाजारोभकहाँ पठाइदियो ।

“सिगार चाहिन्छ कि ?” -बाजारोभले कराएर सोध्यो ।

“ल्याऊ !- आर्कादीले जवाफ दियो ।

प्योत्र गाडीमा फर्कियो र सलाईको बट्टासहित एउटा मोटो कालो सिगार उसको हातमा थमाइदियो । आर्कादीले तुरून्तै सिगार सल्कायो । कडा तमाखुको खरो र अमिलो गन्ध उसको वरिपरि फैलियो र जीवनभर कहिल्यै पनि धुम्रपानको सेवन नगरेका निकोलाइ पेत्रोमिचले अनायासै तर छोरोको मनमा चोटचाहिँ नपरोस्‌ भन्ने किसिमबाट सुटुक्क आफ्नो नाक अर्कैतिर फर्काए ।

पन्द्र मिनेटपछि..त दुवै गाडीहरू काठको नयाँ घरअगाडि द्वारमण्डपनेर दाखिल भइसकेका थिए । घर कैलो रङले रङ्गाइएको थियो र त्यसमा रातो टिनको छाना हालिएको थियो | यही थियो- मार्यिनो । यसलाई “नवभवन” अथवा, किसानहरूले दिएको नामअनुसार, “विधुर बस्ती” पनि भनिन्थ्यो ।