हलिउडका प्रख्यात निर्देशक डेभिड लिन्चको निधन भएको छ । ट्वीन पिक्स, मुल्होल्यान्ड ड्राइभ र ब्लु भेल्भेटजस्ता फिल्मका निर्देशकको ७८ वर्षको उमेरमा निधन भएको हो ।

लिन्चका परिवारले उनको मृत्युको कारण नबताइएको भए पनि उनी लामो समयदेखि धूमपानको शोखिन थिए । जसका कारण उनको छातीको समस्याका कारण निधन भएको अनुमान गरिएको छ ।

उनी आफू शारीरिक रूपमा फिट मान्थे । आफूलाई फिल्म निर्माणबाट कहिल्यै अवकाश नलिने बताउँथे । उनले हलिउडमा अमेरिकाका ससाना शहरका कथालाई जीवन्त बनाउँथे ।

उनी भन्थे, ‘मेरा फिल्मलाई मान्छेहरू डार्क छ भन्छन् तर अँधेरो होस् या उजेलो, यो संसारको परावर्तन नै हो ।’

सन् १९६० को दशकमा चित्रकार बन्छु भनेर बोस्टन र फिलाडेल्फियाका सडक नापी हिँडेका लिन्चले पछि फिल्ममा आफ्नो नाम कमाएर देखाए ।

पछि उनले फिल्म अध्ययन गरे र ‘इरेजरहेड’ नामक फिल्म बनाए । त्यो फिल्म उनले कलेजको प्रोजेक्ट स्वरूप बुझाएका थिए । यो प्रोजेक्टले जम्मा ५० डलर एक सातामा कमाएको थियो । सन् १९७७ मा बनाएको यो फिल्म हरर विधाको थियो । पछि यो फिल्म कल्ट फिल्मका रूपमा ख्याति कमायो ।

उनको इलिफेन्ट म्यानमार्फत अस्करमा स्क्रिनप्लेतर्फ नामांकित भएको थियो भने ब्लु भेल्भेटमार्फत उनले निर्देशकको नामांकन पाएको थियो । मुल्होल्यान्ड ड्राइभ (२००१) त उनको प्रख्यात फिल्म बन्न पुग्यो ।

उनले पछि १९८४ मा फ्रान्क हर्बटको साईफाई उपन्यासमा आधारित ‘दुन’ रिलिज गरेका थिए । सो फिल्म सुपरफ्लप हुन पुग्यो । ट्वीन पिक्स फिल्मले सन् १९९० मा राम्रो व्यापार गर्यो ।

उनको योगदानलाई कदर गर्दै अस्कर आयोजक द एकेडेमीले २०१९ मा सम्मान गरेको थियो ।