नेपालमा समेत निकै चासोका साथ हेरिएको हलिउड फिल्म अवतारको दोस्रो शृंखला अहिलेसम्मकै सबैभन्दा महँगो फिल्मका रूपमा प्रचारित गरिँदैछ ।
यसका निर्माता तथा निर्देशक जेम्स क्यामरूनका लागि डरमर्दो कुरा चाहिँ, यसको बढ्दो लागत र उठ्ने सम्भावना कम नै थियो ।
संसारभर यसले २ अर्ब डलर कमायो भने मात्र यसको भागमा केही पैसा बच्छ, नत्र घाटामा जान्छ । त्यसो त यो फिल्मको यत्रो लगानी बढ्नुको कारण चाहिँ दुई वटा भाग एकै पटक बनाउनु पनि हो । उनले जुन संसार निर्माण गरेका छन्, त्यो संसार देखाउनका लागि उनले नयाँ प्रविधि प्रयोग गरेका छन् । त्यो प्रविधि यसअघि कुनै फिल्ममा उपयोग गरिएको छैन ।
नेपालमा डिसेम्बर १४ का दिन नेपालमा समेत रिलिजको तयारी गरिएको अवतारः द वे अफ वाटरको ट्रेलरले नै सर्वसाधारणको चासो बढाएको छ ।
निर्देशक क्यामरूनले २ अर्ब डलरभन्दा बढीको व्यापार गर्नुपर्ने बाध्यतालाई विश्वकै फिल्म इतिहासको सबैभन्दा खराब व्यापार उदाहरणका रूपमा पेश गर्ने गरेका छन् ।
यो एउटा फिल्मको बजेट २५० मिलियन डलर छ । यसको अर्थ, संसारभर यसले २ अर्ब डलरभन्दा बढी व्यापार गर्यो भने मात्र यसले लगानी सुरक्षित गर्नेछ ।
रोचक त, यस फिल्मको पहिलो भाग अवतार सन् २००९ मा रिलिज हुँदा २.९ बिलियन डलर कमाएको थियो । सोही स्तरको व्यापार गर्ला कि नगर्ला भनेर निर्देशक क्यामरून चिन्तित भएका हुन् ।
केही वर्षयता हलिउड र चीनबीच ३६ को आँकडा छ । अमेरिका र चीनबीच व्यापारयुद्धपछि कयौँ राम्रा हलिउड फिल्म त्यहाँ रिलिज हुन पाएका थिएनन् ।
यही कारणले व्यापार पनि कम भएका थिए । घरेलु व्यापारमा कम र बाहिरी व्यापारमा बढी आश्रित हुन थालेपछि हलिउडले संसारकै बढी व्यापार हुने ठाउँ चीनसँग सम्बन्ध सुधारको पक्षमा छ ।
यसै क्रममा गत साता यो फिल्म हलिउडमा पनि रिलिज हुने खबर सार्वजनिक भएपछि फिल्मको लगानी सुरक्षित हुन पुगेको छ । बाँकी व्यापार त दर्शकको प्रतिक्रियाले गर्ला !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।