लेखसार :
प्रस्तुत लेख डा. दलिपकुमार मल्लद्वारा लिखित ‘रुइसे दरबार उपन्यासभित्र अनुबन्धित नारीचेतनामा अध्ययनमा आधारित छ । उक्त उपन्यास रुइसे दरबारभित्र हुने गरेको सतीप्रथाको अवस्था प्रस्तुति विश्लेषणमा केन्द्रित छ । नारीवाद, नारीवादी आन्दोलन र नारीवादी साहित्य चिन्तनका विषयमा गम्भीर विमर्शहरू हुँदै आएका छन्। नारीवादी आन्दोलनको आरम्भको आधार फ्रान्सेली क्रान्तिले निर्माण गरेको मानिएको छ । त्यसपछि नै नारीहरू आफ्नो अधिकार प्राप्तिका निम्ति सङ्गठित रूपमा अघि बढ्न आरम्भ गरेको देखिन्छ । लैङ्गिक विभेद र उत्पीडनको अन्त्य एवम् समान अधिकारको मागसहित नारीवादी आन्दोलन अगाडि बढेको छ ।
यो लेख नारीवादका दृष्टिले ‘रुइसे दरबार उपन्यासको विश्लेषण गर्ने उद्देश्यमा आधारित रहेको छ । उपन्यासभित्र पर्वत राज्यभित्र गाभिनुभन्दा अगाडि ‘राखू’ राज्यभित्र रहेको ‘रुइसे दरबार’ को धार्मिक, सामाजिक, सांस्कृतिक र प्रशासनिक अवस्थाको विश्लेषण गर्दै सतीप्रथा, पितृसत्तात्मक समाज, लैङ्गिक विभेद, नारी अस्तित्व र स्वतन्त्रताको वकाल, नारी हकहित र अधिकारको पक्षधरतामा नारीवादी स्वर, पुरुषप्रधान समाजमा रहेको लैङ्गिक विभेदको कहर विश्लेषण गरिएको छ । यस उपन्यासलाई द्वितीयक स्रोतको आधारमा पहिचान गरिएको छ । यो अध्ययन गुणात्मक विधिको ढाँचामा तयार गरिएको छ । प्रस्तुत रुइसे दरबार उपन्यास पर्वतको इतिहास हुनुभन्दा अघि र पछिको सतीप्रथाको अवस्थालाई नारीवादीकोणबाट केलाउनु नै यस उपन्यासको निष्कर्ष रहेको छ ।
मुख्य शब्द : पितृसत्तात्मक, लैङ्गिक, प्रशासनिक, अधिकार,सतीप्रथा, पुरुषप्रधान ।
विषयप्रवेश :
उपन्यासकार डा. दलिपकुमार मल्लद्वारा लिखित ‘रुइसे दरबार’ उपन्यासमा अध्ययन अनुबन्धित नारीचेतनामा अध्ययनमा आधारित छ । भारतको राजस्थानस्थित सिंघानिया विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका मल्लले रुइसे दरबार (२०७९) उपन्यास मा प्रकाशित पहिलो उपन्यास हो । मल्लका बुबा भारतीय सेनामा कार्यरत रहेकाले उनको प्रारम्भिक शिक्षा भारतबाट भएको पाइन्छ । बाल्यकाल भारतमा बिताएका मल्लको प्रारम्भिक शिक्षा गृह जिल्ला म्याग्दीको राखूमा भएको पाइन्छ । सानै उमेरदेखि कविता गीत सङ्गीतमा रुचि राख्दै आएका मल्ल युवा अवस्थामा आइपुग्दा गीत, गजल र कवितामा कलम चलाएको पाइन्छ ।
उनका अनूदित कृति ‘मैले चाहेर पनि गीतिसङ्ग्रह (२०७१), दबिएको आवाज गजल सङ्ग्रह (२०७४), मुम्बई दर्शन, सामाजिक अध्ययन (२०७४), ठकुरी इतिहास, संस्कृति र भाषा (२०७६) र रुइसे दरबार, उपन्यास ( २०७९) जस्ता कृति प्रकाशित छन् । यस बाहेक उनको प्रकाशोन्मुख कृतिमा म्याग्दी राखूको ऐतिहासिक रुपरेखा, म्याग्दी राखूको मल्ल वंशजहरूको वंशावली तथा सामाजिक भूमिका, कविता सङ्ग्रह अनुसन्धानमा खोजकार्य तर्फका विभिन्न शीर्षकका लेखरचनाहरू प्रकाशन भएका छन् । साथै उनका पाँचवटा गीति एल्बम पनि बजारमा आएका छन्। नेपाली साहित्यका कथा, कविता, मुक्तक, उपन्यासका साथै गीत सङ्गीतका क्षेत्रमा साधनारत मल्ल ऐतिहासिक र समकालीन धारामा कलम चलाउने उदीयमान साहित्यकार हुन् ।
‘रुइसे दरबार’ शीर्षकको उपन्यासमा नारीचेतनामा विषयवस्तु बनाइएको छ । जसको बाह्य संरचना मझौला आकारको छ । समाजको यथार्थ घटनालाई विषयवस्तु बनाएर लेखिएको यस उपन्यास १२८ पृष्ठको छ । यसमा फुटकर कथामा जस्तै १, २, ३ अङ्क दिएर विभिन्न २३ परिच्छेदमा विभाजन गरिएको छ । विभिन्न ३२ औँ परिच्छेदमध्ये सबैभन्दा लामो परिच्छेद १७ पृष्ठको छ । जसको आन्तरिक संरचनामा विभिन्न घटना पात्र, परिवेश आदिको सुसङ्गठित व्यवस्थापन भएको पाइन्छ । त्यसैले संरचनाका दृष्टिले प्रस्तुत उपन्यास सामाजिक यथार्थका विषयवस्तुलाई मझौला आयामभित्र सुसङ्गठित र प्रभावकारी किसिमले प्रस्तुत भएको छ ।
‘रुइसे दरबार’ कृति पनि पर्वत राज्य भित्र गाभिएको राज्य हो । पर्वत राज्यभित्र गाभिनु भन्दा अघि राखू राज्यभित्र रहेका रुइसे दरबारको प्रशासनिक व्यवस्था, धार्मिक, सामाजिक चाल चलन, राजनैतिक दाऊपेज र छिमेकी राज्यसँगका कूटनैतिक प्रयासका सँगै पर्वत राज्य विस्तारको क्रममा गरेका राजनैतिक, धार्मिक तथा कूटनैतिक पहल र प्रयासका सँगालो हो । अहिलेसम्म यथावत् रहेका ऐतिहासिक तथा पुरातात्त्विक रूपमा रहेका भौतिक संंरचना र समाजको गर्भभित्र लुकेका सामाजिक लोककृतिलाई उजागरण गर्ने एक सामाजिक ऐतिहासिक उपन्यास हो । रुइसे दरबार उपन्यासको आख्यान सन्दर्भलाई हेर्दा रुइसे दरबार शीर्षकले दरबारभित्रको रहन सहन, भेषभुषा, सामाजिक सांस्कृतिक पक्ष आदिलाई मात्र हेरिएको हो कि जस्तो लागेता पनि पाठकले पढ्दै जाँदा महिला हिंसाको सबैभन्दा चरम रूप सतीप्रथा नेपालबाट औपचारिक रूपमा उन्मुलन भएको एक शताब्दी भएको छ । यही सतीप्रथाको कारुणिक अवस्थासँग जोडेर उपन्यासकारले कथानक प्रस्तुत गरेका छन् ।
उत्तरआधुनिक साहित्य सिद्धान्तको महत्त्वपूर्ण उपलब्धिका रूपमा नारीवादी सिद्धान्त रहेको छ । यसले कुनै कृतिभित्र नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुराको विश्लेषण गर्दछ । नारीवादी सिद्धान्तले कृतिभित्रको नारीको उपस्थिति, त्यसमा पितृसत्ताको उत्पीडन, नारीको प्रतिरोधका साथै नारीका कृतिमा नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयलाई मिहिन ढङ्गले हेरिन्छ । यस उपन्यासमा नारीलाई कुन अवस्थामा र कसरी प्रस्तुत ‘रुइसे दरबार’ उपन्यासका उपन्यासकार डा. दलिपकुमार मल्लले गरेका छन् भन्ने कुराको विश्लेषणमा यो अध्ययन गरिएको छ । सामाजिक यथार्थको उद्घाटन, सामाजिक यथार्थका जगमा आदर्शतर्फको झुकाव, नारी जीवनका विविध सन्दर्भको प्रस्तुति, नारीमा पाइने ईर्ष्या, क्रोध र पीडाको. उद्घाटन, मानवीय संवेदनाको कलात्मक चित्रण, सन्तान र मातृत्वको असन्तुलन, सामाजिक-राजनैतिक परिवेशको प्रस्तुति, नवीन कथात्मक शैलीको प्रयोग, निम्न वर्गीय पात्रहरूको चयन, समाजबाट अपहेलित भएका चरित्रको उपस्थिति, निमुखा नारीहरूका आवाजको प्रतिनिधित्व नै यस उपन्यासको सार हो ।
अध्ययनको उद्देश्य :
उपन्यासकार डा. दलिपकुमार मल्लद्वारा लिखित ‘रुइसे दरबार’ उपन्यासका नारीचेतनाको कोणबाट दृष्टिकोण कही कतै गरिएको पाइँदैन । यस रिक्तताको परिपूर्तिका लागि यो अध्ययन पूरा गर्नु नै यस अध्ययनको उद्देश्य रहेको छ । प्रस्तुत लेखका उद्देश्यहरू निम्न बमोजिम रहेका छन्:
क) नारीवादको सैद्धान्तिक जानकारी दिनु,
ख) नारीवादी चेतनाका आधारमा ‘रुइसे दरबार’ उपन्यास विश्लेषण गर्नु ।
अध्ययन विधि :
प्रस्तुत अध्ययनमा डा. दलिपकुमार मल्लद्वारा लिखित ‘रुइसे दरबार’ उपन्यासलाई पुस्तकालयीय पद्धतिका आधारमा प्राथमिक र दिृतीयक स्रोतको सामग्रीका रूपमा लिइएको छ । यी दुवै प्रकारका सामग्रीको समुचित प्रयोग गरी उपन्यासकार डा. दलिपकुमार मल्लद्वारा लिखित ‘रुइसे दरबार’ उपन्यासको लागि नारीचेतनाको कोणबाट अध्ययनका लागि सैद्धान्तिक ढाँचा तयार गरी गुणात्मक विधिबाट विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
सैद्धान्तिक पर्याधार :
नारीवाद अङ्ग्रेजी शब्द ‘फेमिनिजम’ को नेपाली रूपान्तर हो । महिलाको समान अधिकारको खोजीका लागि भएको आन्दोलनमा अङ्ग्रेजी भाषामा प्रथम पटक ‘फेमिनिजम’ शब्दको प्रयोग गरिएको पाइन्छ । यो समाजमा चिरकालदेखि प्रबल रहेको लिङ्गकेन्द्री पुरुष विचारधारा तथा हैकमवादी पुरुष मानसिकताको विरुद्ध नारीहरूको सामाजिक, आर्थिक एवम् सामाजिक स्वतन्त्रता र समानताका लागि देखा परेको नारी आन्दोलन मानिन्छ । ‘नारीवाद लिङ्गकेन्द्री सिद्धान्तको रूपमा लिइएको हो । सामाजिक र सांस्कृतिक तहमा देखिने विविधता नै नारी चेतना मानिन्छ । ‘नारीहरूले लैङ्गिक विभेद र उत्पीडनको विरोधमा चलाएको समग्र आन्दोलन र यसले अङ्गीकार गरेको विचारलाई जनाउन ‘नारीवाद’ शब्दको प्रयोग गर्ने गरिएको पाइन्छ (गिरी, २०७७, पृ. १२-१३) । नारीवादी सिद्धान्तको आरम्भ बिसौँ शताब्दीमा पाश्चात्य साहित्य समालोचनाबाट भएको पाइता पनि सन् १९६८ मा भएको अमेरिकी सुन्दरी प्रदर्शनका विरुद्धमा महिलाको स्वतन्त्रता तथा महिलालाई स्वतन्त्रताको आह्वान गरिएपछि यस मान्यताको उठान भएको हो ।
सन् १९८० को दशकदेखि नारीवादका सहायक धाराका रूपमा उत्तर आधुनिक नारीवाद, उत्तरसंरचनावादी नारीवाद, मनोविश्लेषणात्मक नारीवाद, सांस्कृतिक नारीवाद, काला नारीवाद, लस्विथन नारीवाद आदि जस्ता नारीवाद धाराहरू स्थापित भए पनि समाजमा महिलालाई उचित लिङ्गमा पर्ने व्यक्तिको रूपमा पहिचान गरेको पाइन्छ । ‘नारीवाद शब्द मूलतः राजनैतिक र विचारात्मक शब्द हो, जसको नाता लिङ्ग राजनीतिसँग जोडिएको हुन्छ । लैङ्गिक चेतना तथा लैङ्गिकताको विकासका लागि नारीवाद महत्त्वपूर्ण स्रोतको रूपमा रहेको छ’। नसरिना (१९९४) ले नारीवादबारे व्यक्त गर्दै ‘हिन्दु धर्ममा नारीलाई देवीका विभिन्न स्वरूप मानी नारी स्वतन्त्रतामा बन्देज लगाएको पाइएता पनि इस्लाम धर्ममा स्त्रीलाई मस्जिदमा जान नपाइने, घरमै बस्नुपर्ने, सामाजिक, प्रशासनिक क्षेत्रमा उपस्थित हुन नपाइने, बाहिर निस्कनु परे ढाकिएर निस्कनु पर्ने गतिविधिले इस्लाम धर्म नारीप्रति कटर भएको देखिन्छ । नारी शोषणको यथार्थलाई बुझ्ने र विश्लेषण गर्ने सन्दर्भमा आएको पृथकताको आधारमा नारीवादी नारीवादका तीन लहर र मान्यता मुख्य रूपमा वर्गीकरण गरिएको पाइन्छ ।
नारीवाद आन्दोलनका क्रममा विकसित अनेक चिन्तन नै नारीवादका धार वा लहर हुन् । नारीवादी साहित्यको सचेत थालनी (सन् १९६० पूर्व समाजमा नारीको अवस्थिति रहेको पाइन्छ ।
पहिलो धार वा लहर (सन् १८४८-१९५९) : मेरी उल्सटोनक्रफ्ट (बेलायत), ‘अ भिन्डिकेशन अफ राइट अफ उमन’ (१७७२) (नारीवादी चिन्तन र आन्दोलनको अनौपचारिक सुरुवात भएको मानिन्छ । त्रिपाठी (२०६८) ले नारीधारका मान्यताका बारेमा भनेकी छन्, ‘पश्चिममा लैङ्गिक सन्दर्भमा नारीहरूले पाउनुपर्ने आफ्नो अधिकारको खोजी अमेरिका र युरोपमा पन्ध्रौँ शताब्दीबाट भएता पनि साहित्यमा नारीवादको चेतनाको प्रयोग सर्वप्रथम बेलायती लेखिका मेरी उल्सनक्राफ्टको अ भिन्डिकेशन अफ द राइट्स अफ वुमन (सन् १९७२) बाट भएको पाइन्छ’ (२०६८, पृ. २०९) । ढकाल, (२०७५) ले नारीवादको चर्चा गर्दै भनेका छन्, ‘उक्त कृतिमा नारीमाथि हुने आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, विभेद, यौन र प्रजनन समस्यालाई व्यापक रूपमा उठाइएको छ’ (२०८०, पृ. १३८) । मताधिकार, शिक्षा, स्वास्थ्य, नोकरी, पुरुष अधिकारका लागि जोड दिइन्छ । साथै नारीवादका आधारभूत मान्यतामा नारी समानता, स्वतन्त्रता र मुक्तिको आवाज उठाउँदै लैङ्गिक विभेदको अन्त्यको माग राख्दै समानता र न्यायको वकालत गरेको पाइन्छ । पितृसत्ताको साथै नारीलाई दोस्रो दर्जाको नागरिक मान्ने परम्पराको विरोध गर्ने भएकोले उनीहरूलाई हुने गरेका सामाजिक, आर्थिक, धार्मिक, वैचारिक, यौनगत, सांस्कृतिक, राजनीतिक भेदभावको विरोध गर्दछ । तसर्थ नारीमाथि भइरहेका शोषण दमन र अत्याचारको विरुद्ध कानुनी रूपमा नै कानुनी परिवर्तनको माग हुनुपर्ने देखिन्छ । यसमा मातृत्वको महत्ता, आफ्नो शरीरमा आफ्नो अधिकार हुने माग, आत्मनिर्भरता, आर्थिक सक्षमता, सशक्तीकरणमा जोड र महिला विकासका विविध पक्षमा जोड दिएको पाइन्छ ।
दोस्रो लहर (सन् १९६०-१९७१) : दोस्रो लहरको समयमा अर्थात् १९६३, द फेमिनिन मिस्टिक (बेट्टी फ्राइडेन) महत्त्वपूर्ण कृति मानिन्छ । बेट्टीको पुस्तकले नारीमाथि हुने उत्पीडनका विविध पक्षको समाधान, आर्थिक, राजनीति, सामाजिक सांस्कृतिक विभेद, यौन र प्रजनन समस्यालाई व्यापक रूपमा उठाइएको पाइन्छ । तसर्थ नारी स्वतन्त्र अस्मिता, अधिकार, गर्भपतन जस्ता विषयमा उल्लेखनीय काम भएको पाइन्छ ।
तेस्रो लहर (१९८० देखि हालसम्म) : उत्तरआधुनिकतावादको सैद्धान्तिक आधारमा रहेर नारीवादले भिन्नता, स्थानीयता र बहुलतामाथि विशेष जोड दिएको पाइन्छ । ‘नारीलाई अस्तित्व र अधिकार प्रति व्यवहारिक रूपमा नै सचेत बनाउँदै उनीहरूको बिचमा हुने भिन्नतालाई वर्ग, जात र जातिका आधारमा हेरेको पाइन्छ । यसका आधारभूत मान्यतामा नारी समानता, स्वतन्त्रता र मुक्तिको आवाज उठाउँदै नारीलाई दोस्रो दर्जाको नागरिक मान्ने परम्पराको विरोध गरेको पाइन्छ ।’ साथै नारी श्रमको मूल्य पुरुष समान हुनुपर्ने, घरायसी कामको पनि मूल्याङ्कन हुनुपर्ने आदि कुरामा जोड दिएको पाइन्छ ।
मुख्यतः नारीवादका मूलधारामा उदार नारीवाद, मार्क्सवादी नारीवाद, आमूल नारीवाद, समाजवादी नारीवाद आदि शाखा भेटिन्छन् र ती मूल धाराअन्तर्गत पर्दछन् ।
उदारवादी नारीवादी : उदारवादी नारीवादी मान्यताको स्थापना १८ औँ शताब्दीको उत्तरार्धतिर बेलायती लेखीका मेरी उल्सटनक्राफ्टको महिला अधिकारको औचित्य (अभिन्डिकेशन अफ द राइट्स्अफ वुमन (सन्१८७२) नामक कृतिबाट भएको पाइन्छ । त्यसैले यो महिला पुरुष जस्तै भएको र महिलाहरू पुरुषले गर्ने जुन सुकै काम पनि गर्न सक्ने हुनाले पुरुषले समाजबाट जे जे पाएकोछ महिलाले पनि त्यही त्यही पाउनुपर्छ भन्ने प्रयत्नतर्फ उन्मुख छ’ (त्रिपाठी, २०७६, पृ. २१५) । तसर्थ अहिले नारीवादी समालोचनाको क्षेत्रमा प्रचुर मात्रामा गहकिला कृतिको लेखन, सम्पादन र प्रकाशन भएको पाइन्छ ।
मार्क्सवादी नारीवादी : ‘मार्क्सवादी नारीवादी दृष्टिकोणबाट नारीका समस्या विश्लेषण गर्ने ऐतिहासिक भौतिक वादमा आधारित चिन्तनका रूपमा मार्क्सवादी नारीवादलाई लिइन्छ । भट्टराई, (२०७८) ले मार्क्सवादी नारीवादका बारेमा भनेका छन्, “समाजमा भएका विभिन्न वर्गमध्ये एउटै वर्ग भित्र पनि नारीहरूको सम्पत्ति, शक्ति र अन्य स्रोतमाथिको पहुँच कम हुनुमा पुरुषका तुलनामा महिलाहरूलाई उत्पादनका साधन, ज्याला तथा अन्य आर्थिक क्रियाकलापबाट वञ्चित गरिने हुँदा वर्गीय र सामाजिक मुक्तिका माध्यमबाट यस्ता विभेद हटाउन सकिन्छ,” (पृ. ३९) ।तसर्थ उत्पीडन वर्गीय आधारमा मात्र नभई लैङ्गिक, शैक्षिक, राजनीतिक आदि कोणबाट मार्क्सवादी नारीवाद कमजोर रहेको देखिन्छ ।
आमूल (रेडिकल नारीवाद) : ‘उदारनारीवादबाट असन्तुष्ट हुँदै १९६० पछि विकसित नयाँ दृष्टिकोण आमूल नारीवाद हो । “आमूल नारीवादी विचारलाई जुलियन, मिट्चर, केट मिलेट, सुलामित फाएर स्टोन, एन्ड्रिया दोर्किन आदिले विकसित गरेका हुन्” (पौडेल, २०७९, पृ. ७१) । तसर्थ आमूल नारीवाद नारीका पक्षमा उभिएको नारीकै सिद्धान्त हो । आमूल नारीवादका अनुसार पितृसत्ता भनेको पुरुष र पुरुषले प्रभुत्व जनाइएका सङ्गठनहरूले महिलाका विरुद्ध हिंसा गर्ने एउटा संस्था हो ।
समाजवादी नारीवाद : नारी उत्पीडनका लागि वर्ग विभेद भन्दा पनि सामाजिक लिङ्ग वा लैङ्गिक विभेद महत्त्वपूर्ण हुन्छ भन्ने मार्क्सवादी नारीवाद र आमूल नारीवादका परिणाम स्वरूप समाजवादी नारीहरू जन्मेको पाइन्छ । पौडेल (२०७९) ले नारीवादका बारेमा भनेका छन्, ‘नारीप्रतिका हाम्रा विचारधारा र मनोवैज्ञानिक संरचनाका कारण पनि महिलाहरू उत्पीडनमा परेका छन् भने मनोविश्लेषणात्मक नारीवादबाट पनि यसले प्रभावकरण गरेको छ (पृ. ७०) ।
नारीवादका मूलभूत स्थापनाका साथै यसका विभिन्न धार र धाराहरूका सापेक्षतामा यस वादमा मनोविश्लेषणात्मक, उत्तरसंरचनावादी र उत्तरआधुनिक सन्दर्भका बारेमा थप चर्चा गरिएको छ ।
मनोविश्लेषणात्मक नारीवाद : मनोविश्लेषणात्मक नारीवादलाई फ्रायडेली र लकानेली नारीवाद पनि भनिन्छ । यसले लैङ्गिक सम्बन्ध र मनोगत संरचनाको व्याख्या गर्दछ । हाम्रो समाज पितृसत्तात्मक भएकाले पुरुषहरू सोझै आधिकारिक मानिन्छन् स्वतः शक्तिशाली हुन्छन् । । मनोविश्लेषक नारीवादले महिलामाथि हुने दमनलाई पुरुषको महिलामाथि नियन्त्रण गर्ने गहिरो भावनात्मक आवश्यकताको सन्दर्भमा व्याख्या गरेको पाइन्छ । यस्तो आवश्यकता पुरुषको विश्वव्यापी रूपमा हुने मृत्युप्रतिकोभयमा आधारित हुने गर्दछ (ठकुरी, २०७० पृ. १३) । अतः घरेलु हिंसामा महिलाप्रतिको मनोवैज्ञानिक दृष्टि बुझ्न केही सहयोग पुग्ने देखिन्छ ।
उत्तरआधुनिक नारीवाद : डेरिडाको विनिर्माण सिद्धान्त, बार्थाको सङ्केतविज्ञान विश्लेषण, मिसेल फुकोको ज्ञानको विश्लेषण र लियोटार्डको उत्तरआधुनिक विश्लेषणका सन्दर्भहरूले उत्तरआधुनिक नारीवादको निर्माणका पृष्ठमूमिको काम गरेको पाइन्छ । नारीप्रति बनेका परम्परागत मान्यतालाई भत्काएर नयाँ मान्यता स्थापनामा यसले जोड दिन्छ ।
उत्तरसंरचनावादी नारीवाद : विभेदयुक्त सामाजिक संरचनामा भाषाद्वारा पनि लैङ्गिक विभेद हुन्छ भन्दै विभेदयुक्त भाषिक र सामजिक संरचना भत्काएर महिलाको श्रेष्ठताको प्रतिनीधित्व रहने संरचना निर्माण गर्नुपर्छ भन्ने मान्यता यसमा पाइन्छ । तामाङ (२००४) ले नारीवाद सम्बन्धमा भनेका छन् । उत्तरआधुनिक बहुलवादी चिन्तनमध्येको एक प्रवृत्तिको रूपमा नारीवादलाई लिइनुका साथै इतिहास भाषाशास्त्र, सौन्दर्यशास्त्र तथा मनोविश्लेषणसँग सन्१९८०/९० को दशकमा सम्बद्ध बौद्दिक नारीहरूले उत्तरआधुनिक नारीवाद निर्माण गरेको पाइन्छ ।
अतः यी वादले समाजका नारी र नारीत्वको विषयमा लगाउने फरक अर्थलाई नारीवादी कोणबाट व्याख्या गर्दछ ।
सामग्री विश्लेषण प्राप्ति र छलफल :
उपन्यासकार डा. दलिपकुमार मल्लद्वारा लिखित रुइसे दरबार उपन्यासको विषयवस्तु ः उपन्यासकार डा. दलिप कुमार मल्लद्वारा लिखित रुइसे दरबार उपन्यास २०७९ सालको शिखा बुक्समा प्रकाशित छ । यस उपन्यासमा कथावस्तु अनुसार बसन्तीले रुइसे दरबारको राजनैतिक, आर्थिक, सामाजिक र राज्य बिस्तारले चेपिएको यथार्थता उनले पस्किएकी छिन् । यही मोडमा पुगेर उपन्यासको कथानक आरम्भ हुन्छ । उपन्यासका घटनाक्रमहरू क्रमशः अगाडि बढेका छन् । सती प्रथा उन्मुलनको विरुद्धमा आवाज उठाउने महिलाले धेरै महिलाहरूलाई विरोधमा उस्काएबापत जन्मकैद र मृत्युदण्ड पाएका यही मुख्य घटनाहरू हुन् । कथानक घटनाक्रम सरल ढाँचामा उभिएका छन् । नारी अधिकारप्रति सती प्रथा अन्त्य गर्न आवाज उठाउने प्रस्तुत कथाकारले नारीवादी दृष्टि राखेको पाइन्छ । रुइसे दरबार उपन्यासमा घटित घटना वसन्ती, मायावती, कलावती जैशी नारी पात्रमार्फत नारी अवस्थाको जानकारी उपन्यासका रूपमा आएकाले रुइसे दरबार भित्रको नारी अवस्थालाई प्रस्तुत गरिएको छ । समाजमा खुलेर विद्रोह गर्न सक्ने नारी पात्रको रूपमा कलावती निडर पात्र हुन् ।
डा. दलिपकुमार मल्लले रुइसे दरबार उपन्यासको परिवेश सामाजिक यथार्थ परिवेश र इतिहासका घटना चित्रण गरी घटित घटना तथा तिथि मितिलाई संयोजन गर्दै औपन्यासिक सौन्दर्य समेतको स्थापना गरेर ‘रुइसे दरबार’ उपन्यास रचना गरेका छन् । इतिहास र यथार्थलाई आन्तरिक तथा बाह्य रूपमा संयोजन गरी लेखिएको यस उपन्यासमा सतीप्रथा, सत्ता प्राप्ति तथा सत्ता लिप्साका लागि गरिने दरबारीया दाउपेजको चित्रण गरेका छन् । घटना तथा तिथिमितिमा कलात्मक ढङ्गबाट रुइसे दरबारको सामाजिक इतिहासका कच्चा सामग्री ग्रहण गरेर तटस्थ अभिव्यक्ति दिएको पाइन्छ । सती प्रथाको बारेमा लेखक मल्लले अन्य उदाहरण पनि प्रस्तुत गरेका छन् । कुशल सम्राटले कबरले सती जान निषेध गरेका सर चाल्र्स नेपिएर विधवालाई जलाउने हिन्दु पुजारीलाई मृत्युदण्ड दिने आदेश दिनु, राजस्थानमा सती प्रथा प्रायः विशेष गरी शाही परिवारका महिलाहरू मात्र प्रचलनमा रहनु अगाडि महारानी राजेश्वरी जस्तै इतिहासभर अनगिन्ती नारीहरूले यस अपमानजनक प्रथाको निन्दा गर्नु जस्ता उपन्यासको सार सन्देश हो । महिला नारीहरूले धैर्यशील बन्ने सन्देश प्रवाहित गर्ने प्रस्तुत उपन्यास ऐतिहासिक, सामाजिक यथार्थ उपन्यास मानिन्छ । मल्ल समसामयिक चिन्तनमा बाँचिरहने जीवन्त अनुभवका पुञ्जलाई केलाएर अभिव्यञ्जनलाई स्पष्ट रूप दिन खोजेका छन् ।
‘रुइसे दरबार’ उपन्यास कृतिको बारेमा लेखक स्वयम्ले उपन्यासभित्र रुइसे दरबार बारे छोटो चिनारी दिएका छन् । रुइसे दरबार पर्वत राज्यभित्र गाभिएको डाँडामा अवस्थित शक्तिशाली दरबारको रूपमा रहेको छ । त्यहाँको रेखदेख संरक्षणको अभावले हाल दरबारका ढुङ्गाहरूले पर्खाल लगाएर त्यस दरबारको इतिहास मेटिन सक्ने कुरा पाइन्छन् ।राज्य हो । पर्वत राज्यभित्र गाभिनुभन्दा पहिले राख राज्यभित्र रहेको रुइसे दरबारको प्रशासनिक व्यवस्था, धार्मिक सामाजिक चालचलन, राजनैतिक दस्ताबेज र छिमेकी राजनैतिक कूटनैतिक प्रयासकासँगै पर्वत राज्य बिस्तारको क्रममा गरेको राजनैतिक, धार्मिक तथा कूटनैतिक पहल र प्रयासका सँगालो हो । ‘राखू’ नामकरण कसरी रहन गयो भन्ने सन्दर्भमा विभिन्न लोक कथा किम्बदन्तीलाई प्रस्ट्याएको पाइन्छ ।
जसअन्तर्गत राखु भगवती मन्दिरलाई डोलेले बोकेर लैजाँदा राती सपनामा मन्दिर बोक्नेलाई मलाई यही ठाउँमा राख्नु भनेकाले राखकोबाट राखू नाम रहन गएको हो भन्ने पाइन्छ । हजारौँ वर्ष पहिले राजाहरूले राज गरेको हुँदा “रा” को अर्थ (राजा) र “कु” विभक्ति (को) अर्थ देश भनिने भएकोले राकुबाट राखू भएको पाइन्छ । त्रेता युगमा राजा रघु आत्मज्ञान लिन पौल्सय ऋषिको आश्रम जाँदै गर्दा राजालाई बोकेको डोले बिरामी भएर बोक्न नसकी त्यही क्षेत्रमा तपस्या गर्न बसेका तवश्वी जट भरतले डोला बोक्न सहयोग गर्दा उनले जमिनमा हिँडेका कीरा-फट्याङ्ग्रा मर्ने सम्भावना भएकाले असहज तरिकाले डोला बोकेछन् । राजा रघुले महाज्ञानी सिद्ध पुरुष मेरो साथमा हुँदा हुँदै अन्यत्र किन जाने भनेर डोला त्यही राख्न लगाएछन् । तसर्थ राखू नामकरण बन्न गएको जनमानसमा पाइन्छ । यस दरबारको क्षेत्राधिकारसँगै अन्य स-साना टाकुरे साज्यहरू पनि रहेको पाइन्छ । राखू क्षेत्रका कोटहरूमा थापाकोट, रामकोट, डढेकोट, भर्लकोट रहेको प्रसङ्ग पाइन्छ ।
रुइसे दरबार खस राजाको पालामा मुक्तिनाथका पूजा गर्ने गुरुका सन्तानलाई विशाल खस राज्यमा राजाले विर्ता दिई सुवेदीहरूलाई यस क्षेत्रमा राखेको पाइन्छ । रुइसे दरबार १२५० पछि कालुथापाका सन्ततिले ढुङ्गे कलात्मक शैलीमा बनाएको पाइन्छ । रुइसे दरबारबाट पूर्व पश्चिमबाट झलमल माछापुच्छ्रे, नीलगिरी, धौलागिरी हिमालहरू देखिनु, दक्षिण पश्चिममा धानहरू लहलह फल्नु आदि त्यहाँका प्राकृतिक रमणीय दृश्यहरू देखिएको पाइन्छ । भुइँमा तिब्बती डिजाइनमा बनिएका अल्लोले बनाइएको गलैँचा बिछ्याइएको छ । मृग, खरायोका भुवादार छालाका चकटीहरू छन् । भित्तामा बाघ चितुवा चित्तलका छालाहरू टाँगिएका छन् । राजाको सिंहासन भएको भित्तामा विभिन्न जनावरका सुकाएका टाउकाहरू लहरै टाँगिएका छन् । दरबारका रौनक हेर्दा यस्तो लाग्छ कि जङ्गलको राजा सिंहासनको प्रतीक मानिन्छ ।
वसन्ती-१०७ वर्षकी भएकी छिन् । उनको बुबा १६ वर्षको उमेर हुँदा मृत्यु भएको थियो ।
उनका अग्रजहरूले ‘राखु’ मा जेठा बुढा, अडै र डिट्टाली पद सम्हालेका थिए । उनकी आमा मायावली प्रशासनिक काममा अनुभवी थिइन् । आमाबाट प्रशस्त ज्ञान आर्जन गरेर सामाजिक, सांस्कृतिक तथा धार्मिक कुरामा दखल थिइन । उनका मुक्तिनाथ सदावर्च गुठी स्थापना संचालन भए पश्चात् डिठ्ठा, मुखिया, जिमबाल पद सम्हालेर हाकिम पद थिए। वसन्तीले आफ्नी आमाबाट नै रुइसेको इतिहास, सती प्रथा, चालचलन र मायावती शक्तिशाली महिला र उनका प्रजालाई शासन गर्न सक्ने थिइन । आज यो प्रथा अन्त्य भएको हुँदा राजनैतिक दाउपेच सम्बन्धी बुझेकी थिइन् । आमा सती जानु नपरेको अवस्थालाई प्रस्तुत गरिएको छ ।
चैत्र सकिएर वैशाख लागेर समयले काँचुली फेरेको छ । रुइसे दरबार ढकमक्क फुलेका गुराँसले डाँडापाखाहरूमा लपक्कै छोपिएर राताम्मे भएका छन् । काफल ऐँसेलु चुत्रो र गुयेली जस्ता बनैया फलफूलहरू पाक्न थालिसकेका थिए । सूर्यले आफ्नो उज्यालो पृथ्वीमा घोप्टाइसकेपछि साँझ कालीनमा व्याप्त भइसक्दासम्म हिमाल भने पूर्णिमाको रातमा पनि रावणको स्वर्णमयी लङ्काजस्तै यो क्षेत्र बिस्तारै अँध्यारोको अँगालोमा हराएको दृश्यमा तल फाँटमा देखिएका धिपधिप बलिरहेका दियोका पालाहरूले यो क्षेत्रको शान रौनक बढाएको छ भनदै पाहुना बनेर आएका बडाकाजीले दरबारको मोहनी रूपको लोपलाग्दो वर्णन गरे (मल्ल, २०७९ : पृ. ८४) । चौबिसी राज्यहरूमा अब गोरखाको डर झन् झन् बढेको थियो । लमजुङ नेपाल अधिराज्यमा गाभिएपछि लमजुङका राजा वीरमर्दन शाह पर्वतमा शासन लिइबसेका थिए । यिनी आफ्नो गुमेको राज्य फिर्ता लिन चाहन्थे । पर्वतका राजा कीर्तिवम मल्लले यिनलाई राज्य फिर्ता गराइदिने आश्वासन दिएका थिए (मल्ल, २०७९ : पृ. ९८) ।
गोरखा राज्य बिस्तार गर्ने क्रममा राजा राम शाहबाट शिलान्यास गरेका थिए । प्रतापसिंह शाहको मृत्युपछि विदेशमा निर्वासित उनका भाइ चौतरिया बहादुर शाह नेपाल आए । चौतरिया बहादुर शाहले आफ्ना दाज्यू प्रतापसिंह शाहको शासनकालमा दाज्यूका विरोधमा चौतरिया दलमर्दन शाहसित मिलेर षड्यन्त्र गरेका थिए । उनी हालको भारत बेतियामा गई बसे जहाँ पृथ्वीनारायण शाहद्वारा निष्कासित केपुचिन पादरीहरू बस्दथे प्रतापसिंहको शासनभर उनले बेतियामा नै समय बिताए । पर्वत राज्यको विलीन भएको धेरै वर्षसम्म यिनै रत्नवीर मल्ल ठकुरीका सन्ततिले यो क्षेत्रको प्रशासनिक काम चलाएका थिए ।
डिम्बबमको राज्य बिस्तारले रुइसे दरबारमा हलचल मच्चिएको राजाहरू साटखाट गर्ने योजना बुनिएको र मुस्ताङ राज्यसित डिम्बबमनले राज्य हडप्न खोजेको प्रसङ्ग यहाँ पाइन्छ । ‘यो समय रुइसे दरबारलाई आक्रमण गर्नु भनेको फलामको चिउरा चपाएको जस्तो हुने हो भन्ने कुरा डिम्बबम महाराजको कानमा पुगेको छ । रुइसे दरबार मुस्ताङ राज्यलाई आफ्नो अधीनमा ल्याउन सकेको खण्डमा तिब्बतसँगको व्यापारिक सम्बन्ध राम्रो हुने र आर्थिक र सामाजिक रूपमा शक्तिशाली राज्य बनाउने योजना बनाएको पाइन्छ ।
पछि उनले रुइसे दरबारमाथि आक्रमण गर्ने योजना स्थगित भएको पाइन्छ । राजदरबारको बैठक कक्ष सजिसजाउ छ । ताङमा धेरै भुरे राजाहरू थिए । जसमा ‘राखू’ पनि यिनै भुरे राजा थापाहरूको राज्य थियो । पर्वतको इतिहास स्थापना हुनुभन्दा अघि यो क्षेत्र सोलेपूर्व पर्वतमा धेरै जसो खस क्षेत्रीहरूको राज्य थियो । पछिका नयाँ कोट बाहेक पुरानकोटहरूमा भुरे राजाहरूको । गलकोट, चन्द्रकोट, बिउँकोट, ताकुमकोट ज्यामरुककोट, ढोरलठानाकोट, राखुकोट, डाँडाकोट, बाजुङकोट राज्य थियो । रुइसे दरबारको इतिहासलाई हेर्दा लेखक सत्य युगसम्म पुगेका छन् ।
हिमालय पर्वतका मालिक दक्ष प्रजापतिको भूमि र भगवान शिवसंकरको वासस्थानसँगै विष्णु भगवानको पनि वासस्थान भएको क्षेत्र मानिन्छ । त्रेता युगको समयमा राजारामले मुक्ति क्षेत्रको भ्रमण गरेको र चन्द्रवंशी र सूर्यवंशी राजाहरूले मुक्ति क्षेत्रलाई मान्दै आएको प्रसङ्ग पाइन्छ । पर्वत राज्यको विलीन भएको धेरै वर्षसम्म यिनै रत्नवीर मल्ल ठकुरीका सन्ततिले. यो क्षेत्रको प्रशासनिक काम चलाएका थिए । पहिलेदेखि नै गोरखा दरबारले गोरखा राज्य विस्तार गर्दै जाँदा लालमोहर लगाएर जेठाबुबा पद सम्हालेर बसेका थिए । पदसँगै उनका सन्तति र उनको सान, मान सम्मान त्यस क्षेत्रभरी फैलिएको छ ।
खस राजा क्राचल्लाका उत्तराधिकारी राजा अशोक चल्ल पनि पराक्रमी थिए । उनका छोरा जितारी मल्ल आफ्नो पूर्वज झैँ पश्चिमतिर मात्र विजय नगरी पूर्वतिर पनि बढे । पूर्वतिर बढ्ने क्रमका उनले काठमाडाैँ उपत्यकालाई वि.सं. १३४४, १३४५ र १३४६ मा आक्रमण गरेर नेपालको केन्द्रलाई आफ्नो अधीनमा पारेर त्यहाँबाट प्रशस्त धन उठाएर उनी सिंजातिर फर्केका ऐतिहासिक दस्ताबेजले प्रमाणित गरेको छ । त्यही क्षेत्रभित्र पर्ने यो ‘राखू’ राज्य पनि जुम्लाको करदमा थियो । यो राज्य जुम्लाको करदमा भए तापनि यो क्षेत्रमा थापा वंशजहरूको राज्य एक शक्तिशाली राज्यमा गनिएको पाइन्छ ।
१४ औँ शताब्दीमा जुम्लाका राजा अभयव मल्लको पालाभन्दा पहिले रुइसे दरबार स्थित ठाउँमा सुवेदी, थापा काजी, बस्नेत, कार्की र खड्काहरूको अर्थात् क्षेत्रीहरूको बसोबास भएको पाइन्छ । यस क्षेत्रमा थापा वंशज कालू थापाका सन्ततिले २५० वर्षसम्म शासन गरेका र पछि थापा राज्यको पतन भएर अन्य थरका मानिसहरूले बसोबास गरेको प्रसङ्ग गरेको पाइन्छ । पछि खस राजा जितारी मल्लले आक्रमण गरेको सन्दर्भ यहाँ पाइन्छ । सत्य युगदेखि नै चर्चा पाएको रुइसे दरबार, धार्मिक, राजनैतिक र सांस्कृतिक रूपले प्रख्यात भएको पाइन्छ । त्यस क्षेत्रमा कामाख्यदेखि बराह क्षेत्र, कोशी क्षेत्र, नेपाल क्षेत्र, पशुपति क्षेत्र, गण्डकी क्षेत्र, गोसाइकुण्ड, देवघाट, मुक्तिनाथ, मानसोवर, केदार बद्री क्षेत्र अन्तर्गतका हिमचुली, पवित्र नदी, पवित्र कुण्डद्वारा शोभायमान भूभागको वर्णन गरिएको छ ।
इत्येवं कथिस्तुभयं प्रधुम्नविजयो मुने ।
नेपालस्य च महात्म्यं जानहि त्यं तथा मुने ॥
कौशिकीनां गण्डकीनमान्यासां रितामपि ।
क्षेत्राणाञ्चैव तीर्थानां महात्म्यं वर्णितं मया ॥
(रुइसे दरबार, २०७९ : पृ. २१)
कालीगण्डकीले बगाएर ल्याएको शिलाको प्रसङ्ग रहेको पाइन्छ । भगवान विष्णुले निवास गर्नु भएको यस मुक्ति क्षेत्रमा एक योजन बराबर र शालग्राम क्षेत्रलाई बाह्र योजन फैलिएको पाइन्छ । शालग्राम क्षेत्र उत्तरमा दामोदर हिमालदेखि नारायणी नदी र रुरु क्षेत्रसम्मको भूभागलाई मुक्ति क्षेत्र मानिएता पनि दामोदर कुण्डदेखि दक्षिण र म्याग्दी उत्तर बिचको भूभागलाई मानिन्थ्यो । जहाँ यो रुइसे दरबार पनि पर्दछ। ((मल्ल, पृ. १४) । निशी भुजीले पहिलो राजा आनम्न शाहीलाई राजा बनाएर विशाल पर्वत राज्यको विस्तार गरेको पाइन्छ । पछि उनका नाति गिम्बबमबाट पर्वत राज्यलाई आरम्भ भएको वर्णनसहित गिम्बबमले १५५० तिर निशीभुजीबाट ताकुमकोट राज्य विजय गरेको प्रसङ्ग पाइन्छ ।
१४३४ मा कुशाभट्टका १९ पुस्ताका सन्तान कुन्दन भट्ट रहेका र पद्दपाणीलाई कुल मण्डन शाहको राज गुरु बनाउन आफ्नो राज्यमा ल्याएको पाइन्छ । १९५० मा भट्टका सन्तानले वीरता पाएका, १९५० मा बजाङ सुवेटाका पूर्खा भट्टका २१ पुस्ताले म्याग्दी जिल्लामा वीरता पाएको पाइन्छ । त्यस्तै १७०० मा सुवेदी वंशका ब्राहमणलाई मल्लाज लेखफाट वीरता दिएर त्यस क्षेत्रमा धार्मिक, आर्थिक र शैक्षिक रूपमा सम्मन्न भएको राज्यको रूपमा चिनाएको पाइन्छ । केही थापाहरूलाई डिम्बबम राजाले काजी पद दिएर थापाचौरमा राखेको र कहीँ थापाहरू त्यहाँबाट भागेर भारत पसेको वर्णन पाइन्छ ।
कथा विश्लेषणका सैद्धान्तिक आधार :
‘सती’ शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् । सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ “असल पत्नी” हुन्छ । मल्लको भनाइ अनुसार, ‘रुइसे दरबार’ उपन्यासमा पतिसँगै जीवित जल्ने नारीलाई ‘सती’ र त्यस्तो प्रथालाई ‘सतीप्रथा’ भनिन्थ्यो । राजाको मृत्यु भइसकेको र श्रीमान्को शवसँग चितामा जीवित जल्नु-जलाइनुपूर्व नीजले दिने श्राप नै सतीश्राप हो । यी कुरा हरेक सती जाँदा सिकाइएको छ । प्रस्तुत उपन्यासभित्र सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ “असल पत्नी” हुन्छ भन्ने सन्दर्भलाई उपन्यासकार मल्लले स्पष्ट पारेका छन् ।
सतिप्रथा लिच्छकालमा आएर झन् फैलिएको थियो । यो प्रथाको महत्वको साथ दिइएको थियो । जुगदेखि नै यो परम्परा झन् व्यवस्थित र सतीको इज्जत मानसम्मानको रूपमा अघि बढ्दै गयो । धेरै जसो समाजमा सती जाने बेलामा आफ्नो पतिको चितामा बसेका महिलाहरू मृत शरीरको छेउमा सुतेको वर्णन गर्दथे (मल्ल,, २०७९ : पृ. ४) । लिच्छवीकालपछि फेरी पन्ध्रौँ र अठारौँ शताब्दीको समयमा सतीप्रथा झन् चरम सीमामा पुगेको थियो । सती प्रथामा सती पठाउनु भनेको त्यो राजा, महाराजा वा पुरुषको सान्त सम्मान हुन्थ्यो । यो सती जाने परम्परा रूस, फिजी र भियतनाम जस्ता देशहरूमा पनि लोकप्रिय थियो । पछि सबै देशमा यो प्रथा अन्त्य हुँदै गएको पाइन्छ ।
सतिप्रथा लिच्छकालमा आएर झन् फैलिएको थियो । यो प्रथाको महत्वको साथ दिइएको थियो । जुगदेखि नै यो परम्परा झन् व्यवस्थित र सतिको इज्जत मानसम्मानको रूपमा अघि बढ्दै गयो । धेरै जसो समाजमा सती जाने बेलामा आफ्नो पतिको चितामा बसेका महिलाहरू मृत शरीरको छेउमा सुतेको वर्णन गर्दथे । (मल्ल, २०७९ : पृ. ४) लिच्छवीकालपछि फेरी पन्ध्रौँ र अठारौँ शताब्दीको समयमा सती प्रथा झन् चरम सीमामा पुगेको थियो । सती प्रथामा सती पठाउनु भनेको त्यो राजा, महाराजा वा पुरुषको सान्त सम्मान हुन्थ्यो । यो सती जाने परम्परा रूस, फिजी र भियतनामा जस्ता देशहरूमा पनि लोकप्रिय थियो । पछि सबै देशमा यो प्रथा अन्त्य हुँदै गयो । १९०६ को दशकमा जङ्गबहादुर राणाको पालामा सती प्रथाविरुद्धमा १६ वर्ष मुनि महिलालाई सती प्रथामा प्रतिबन्ध लगाए पनि उनको मृत्युमा सबै पत्नीहरू सती गएका थिए (मल्ल, २०७९ : पृ. ६)। १९४४ सालमा सती प्रथा नियन्त्रण गर्न यसको ४३ वर्षपछि १९८७ सालमा चन्द्रशमशेरले सती प्रथाको अन्त्यको घोषणा गरेका थिए ।
सालको इतिहास नै जारी गरे । १९४४ असार १४ गते श्री ३ महाराज वीरशमशेर जबराले देशका विभिन्न स्थानमा तैनाथ गढी-गोडाका हाकिमहरूलाई सती पठाउनु पूर्व अनिवार्यत : स्वीकृति लिनुपर्ने, छोराछोरी हुर्केका हुनुपर्ने, एक महिना मात्रै भएको अवस्थामा श्रीमान्को मृत्यु भएमा सती जान नदिनु भन्ने जस्ता कडा व्यवस्था गरिएता पनि ती व्यवस्था कार्यान्वयनमा आएन । सती प्रथा उन्मुलनको विरुद्धमा आवाज उठाउने धेरै महिलाहरूले मृत्युदण्ड पाएका थिए । राणा शासनको विरुद्ध लामो समयदेखि योगमाया न्यौपाने विभिन्न आन्दोलन गरेकी थिइन् । त्यो उनको आवाज सता पक्षले पहिचान गर्न सक्ने । अन्तमा १९८० मा अरुण नदीमा ६७ चेलासहित १९४१ मा अरुण नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेकी थिइन । यो जल समाधिमा पनि महिलाको अहम् भूमिका छ भने त्यो भन्दा पछिको इतिहास हाम्रो सामु छ ।
मायावती आफ्नो श्रीमान् तत्कालीन श्री ५ महाराजधिराजको हुकमी प्रङ्गाणीबाट अधिकार लिएर त्यो क्षेत्रको बहालवाल हाकिम भएर चलाएका थिए । डिठ्ठा पदवी भएर त्यो क्षेत्रमा प्रशासन चलाउँदा मायावतीले पनि श्रीमान् सँगको उठबासले गर्दा तमसुक लेख्न, पढ्न र प्रशासनिक काममा धेरै नै सघाएकी थिइन् । रामायण महाभारतका श्लोकहरू धेरै शास्त्रका संस्कृति श्लोकहरू नेपालीमा उल्था गर्दै धार्मिक तथा संस्कृतिका ज्ञान, धर्म, कर्म नीतिका कुरा समाजका महिलाहरूलाई बाडेकी थिइन् । जसका कारण उनका आँगनमा धेरै महिलाहरूको उपस्थिति पाइन्छ । मायावतीको सामाजिक इतिहास र व्यवहारले गर्दा नै उनको रवैया र प्रशासनिक जिम्मेवारीमा त्यहाँको सामाजिक इतिहास नै अरू क्षेत्रहरू पनि प्रख्यात थियो ।
सामाजिक कुरित प्रथाको विरुद्धमा मायावतीले सतीप्रथा र रुइसे दरबारको इतिहास वसन्तीले अनुरोधमा आफ्नी छोरीलाई बताएकी थिइन् । यो रुइसे दरबारमा पनि यति ठूलो नरसंहार भएको थियो । यिनको आफ्नो योजना अनुसार नै चलेको छ । राजा नहकुलबाट रुइसे दरबारको राजप्रतिनिधिको तिलक लगाई अबको सत्ता आफ्नो हातमा लिएका छन् । उनको उमेर चौध वर्ष भएको छ । उमेरले परिपक्व हुने बेला नजिकँदै यो बाल तथा युवा मनोविज्ञानलाई बुझी यो सत्ता आफ्ना हातमा लिएका छन् । राजा रामको नवविवाहित किशोरी रानी हारमातालाई सती जानबाट रोकी राजमाताको हैसियत दिएर यिनैलाई नवयुवक राजा श्री नहकुलको संरिक्षकका रूपमा नियुक्त गर्न पनि सफल भएका छन् । राजा नहकुल यस समयमा १४ वर्षका मात्र थिए । कलावती जैशीलाई जेलभित्र राखिएको धेरै समय भएको छ । किनकी उनीले सती प्रथाको उन्मुलनको लागि भित्र भित्र महिलाहरूलाई यसको विरोधमा आवाज उठाएकी थिइन् । यस प्रथाको विरोध गर्न उस्काएबापत उसलाई मृत्युदण्ड नदिएर जन्मकैद भनी जेल हालिएको छ ।
कलावतीलाई जेलभित्र राखेर हातमा हतकडी, खट्टामा नेल र घाटिमा सिख्री बाँधिएको छ । किनभने उनीले सती प्रथाको उन्मुलनको लागि महिलाहरूलाई विरोधमा उस्काएबापत जन्मकैद गरिएको छ । (पृ. ५०) आमा जस्तो सौता सती जाँदा कलावतीले यो प्रथाको अन्त्य गर्नुपर्छ भन्ने अठोट गरेको पाइन्छ । उनी भन्दै थिइन् हामी नपढेका अशिक्षित र सोझा साझा भएका कारण टाठाबाठाहरूले फाइदा उठाएका हुन र यिनीहरूको भण्डाफोर गरी नाङ्गेझार गरी असली अनुहार देखाइदिनु पर्छ । आज कलावतीलाई दरबारमा बोलाइएको छ । यिनलाई ब्रम्हाणी उमेरले सानी र पुरेहतकी श्रीमती भएका कारण सती जानबाट रोकिनु नै ठुलो गल्ती भएको रहेछ भन्ने मत पनि आएको छ । उनलाई मृत्युदण्ड पनि दिने कुरा आएको छ । फेरी दरबारको कैदखानामा जन्म कैदको निर्णय गरिएको छ । आज सती जानेको दिन भएर फरी उनीलाई दरबारको चौकुटीमा उभाइएको छ । आज सती जाने निर्णय गर्न रुइसे दरबारमा राज सभा बसेको छ । राजनाथ सुवेदीले तीन दिनदेखि सती प्रथाको बारेमा वेली बिस्तार लगाएका छन् । सती किन जाने र यसको शास्त्रीय मान्यता के हो । सती प्रथाको महत्त्व सती जानेलाई शास्त्रीय मान्यता र महत्वको बारेमा ऐतिहासिक प्रचलनको बारेमा पढाएका छन् ।
कलावती भन्दै छिन, हामी महिलाहरूको नाबालक छँदै एक वृद्ध पुरुषसँग विवाह हुन्छ । कहिले सानो उमेरमा नै विधवा जीवन बाँच्न परेको छ । सती नगएर, विधवा भएर बस्न पनि कति गाह्रो छ यो समाजमा । उठ्दै पोइटोकुटी, बस्दै अलच्छिनी । विधवाले शुभकार्य हेर्यो भने समेत अपसगुन मान्ने साइतमा देख्यो भने पनि अपसगुन रे । नरक बनाइदिन्छन् (पृ. ५२)।
सती नगएर बाल विधवासमेत हुँदा तमाम दुःख सहेर जनमभर कात्रोको जीवन बाँचेका छन् । ढाँटेर, छलेर ललाई फकाई गरेर या धम्काएर तर्साएर बिहे गर्दिने पनि गर्दछन् । यो हामी नारीको लागि घोर निन्क्दनीय अपराध हो यसको लागि पनि विरोध गर्नुपर्ने आवश्यकता भएको छ । यो प्रथाको विरुद्ध हामीले यो लोकबाट नै सुरुवात गर्नु पर्दछ । सबै महिलाहरूमा आक्रोशको भाव देखिएको छ (पृ. ५५)।
ईसापूर्व ३१६ मा इरानमा भएको युद्धमा मारिएका एक भारतीय सैनिककी पत्नीको सतीगमनको व्याख्या गर्दा चितामा बहादुरीसाथ प्रविष्ट गरेकी ती विधवाले आगोको लप्कासँगै आफ्नो इहलीला समाप्त गरिन । महाभारतको कथाअनुसार पाण्डुको मृत्युपछि उनकी जेठी पत्नी कुन्ती सती जान खोजेकी हुन्छिन् । अन्त्यमा कान्छी पत्नी माद्री सती जान्छिन् । कुन्तीले सती बन्ने इच्छा व्यक्त गरिरहँदा यसो गर्नु आफू वीर पुरुषकी पत्नी हुँ (रुइसे दरबार, २०७९ : पृ. ४३)। यसरी राजपरिवारमा हुने अभ्यासको रूपमा सतीप्रथा समयक्रममा क्षत्रियहरूमा देखिन्छ हाम्रो लोकप्रिय रामायणमा सतीको अग्नि परिक्षासम्बन्धी प्रसङ्ग अवगत नै छ । यो सबैले जाने बुझेको हो ।
रामले लङ्कामाथि विजय गरेपछि सीताले रावणबाट आफ्नो सतीत्व नष्ट नभएको सिद्ध गर्न दन्किरहेको आगोमा फाल हान्नुपरेको थियो । चितामा फाल हान्नु अघि सीताले पनि रामको परिक्रमा गरी अग्निदेवको आह्वान गरिन् । (रुइसे दरबार, २०७९ : पृ. ५९) यसरी घण्टौँ लगाएर राजनाथ सुवेदी राजा रामका ७ जना श्रीमती र सुसारेलाई सती प्रथाको बारेमा प्रवचन गरेका छन् । अझ पौराणिक कथामा हामी प्रवेश गर्दा हामीले सती भनेको के हो भन्ने जान्नु पर्दछ । पुरातन हिन्दु साहित्यमा सती प्रथाको उदाहरणहरू छन् ।
महाभारतले आत्मदाहको कम्तीमा तीन घटनाहरू रेकर्ड गर्दछ, पाण्डुकी पत्नी माद्री, वासुदेवका चार पत्नीहरूको र उहाँको मृत्यु पछि कृष्णका पत्नीहरूको आत्मदाह दिएका थिए (रुइसे दरबार, २०७९ : पृ. ६१) । सती जानेमा एकजना तेह्र वर्षकी बालिका छिन् । डिट्ठा हरिनारायणको मृत्यु भएको छ । राजाको स्वर्गमा जानेछन् भनी तेह्र वर्षकी नवदुलहीलाई सती जान तयार बनाइएको छ । आज जिन्दगीको अन्तिम घडी भन्दै तेह्र वर्षकी सती राधिकाका दशौँ धारा आँसुहरू बगेका थिए । उनलाई के थाहा सती भनेको । सानैमा आफ्ना बाबा आमा मरेका थिए । पण्डितले स्वर्गमा बाबा आमासँग भेटिन्छन् भन्ने आश्वासन दिएका उदाहरण सम्झिँदै भक्कानिन्छन् । नारीवादका यी विभिन्न धाराहरूमध्ये रुइसे दरबार उपन्यासभित्र पर्ने सम्बन्धित शीर्षकमा गरिएको छ । दलिप कुमार मल्लको रुइसे दरबार उपन्यासमा नारी चेतनालाई निम्न अनुसार प्रतिबिम्बन गरिएको छ । अतः यस वादले समाजका नारी र नारीत्वको विषयमा लगाउने फरक अर्थलाई नारीवादी कोणबाट व्याख्या गर्दछ ।
नारीवादी मान्यताका आधारमा ‘रूइसे दरबार’ उपन्यासको विश्लेषण :
यस उपन्यासमा रहेको कथावस्तुअनुसार नारीवादी मान्यताका आधारमा ‘रुइसे दरबार’ उपन्यासको विश्लेषण गर्न निम्न आधारहरू तयार गरी त्यसैका आधारमा मल्लका उपन्यासलाई नारी चेतनाको रूपमा व्याख्या तथा विश्लेषण गरिएको छ ।
नारीका अवस्थाप्रति नारीको चेतना : नारीका अवस्थाप्रति प्रस्तुत उपन्यासमा उपन्यासकारको चाहना यसरी प्रतिबिम्बन भएको छ ।
“कहिलेकाहीँ, विधवा आफैले चितामा प्रवेश गर्नु अघि सर्पले टोक्ने वा आफ्नो घाँटी वा नाडीमा धारिलो हतियार प्रयोग गर्थे भन्दै फकालेका थिए ।”
(रुइसे दरबार, २०७९ पृ. ११०)
प्रस्तुत उपन्यासमा पण्डित प्रेमदत्त सुवेदी सती जाने प्रथाको परम्पराको बारेमा सती जाने सात रानीहरू सहित अन्य सुसारेहरूलाई शास्त्र इतिहास सिकाउँदै छन् । सती प्रथाको श्रीमतीले पाउने स्वर्ग पुण्यको कुरा भन्दैछन् । मृत्युदण्डका केही कम यातनापूर्ण विधिहरू पनि त्यति बेला प्रचलित थिए । जसले गर्दा ऊ बिस्तारै मर्न थाल्छ वा कम्तीमा बेहोस हुन्छ । प्रस्तुत साक्ष्यमा प्रतिदिन पटक पटक मर्दै फेरी बाँच्ने बाध्यता बनेको देखिन्छ ।
नारीका अवस्थाप्रति नारीको दृष्टिकोण : नारीका अवस्थाप्रति प्रस्तुत उपन्यासमा उपन्यासकारको चाहना यसरी प्रतिबिम्बन भएको छ ।
मनोस्मृतिमा उक्त श्लोक उद्धरण छन् ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता :
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रिया :
(रुइसे दरबार, २०७९ : पृ. ५५)
अर्थात् जुन कुलमा नारीहरू पुजिन्छ त्यस कूल प्रति देवताहरू खुसी हुन्छन् तर जुन नारीहरूलाई पुजिँदैनन् त्यहाँ सबै यज्ञदिक कर्म निष्फल हुन्छन् भनिएको छ । रुइसे दरबारभित्र पनि विद्रोहमा उत्रिएकाहरूलाई मृत्युदण्ड र जन्मकैद सजाय दिएको पाइन्छ भने सती प्रथाको पनि त्यहाँ पाइन्छ । तसर्थ नारी नै नारीको विरोधी भएका कारण पनि समाजमा नारीका अवस्थाप्रति रहिरहेको सङ्केत मल्लको रुइसे दरबार उपन्यासमा पाइन्छ ।
महाभारतमा भनिएको छ,
नारी परमधर्मज्ञ सर्वा भर्तृविनाकृता ।
पति विना जीवति या न सा जीवति दुःखिता ॥
( रुइसे दरबार, २०७९ : पृ. ५८)
अर्थात् पति विनाको युवती निरन्तर दुःखमा डुबिरहने हुनाले बाचे पनि मरेतुल्य हुन्छ । त्यसकारण पतिको मृत्यु सँगसँगै पत्निको पनि मृत्यु हुनु भनिएको छ भनी राजा रामका सात जना श्रीमती र सुसार्यहरूलाई सतीप्रथाको प्रवचन दिइ सती जान बाध्य पारेको प्रसंग पाइन्छ र सती गएपनि स्वर्ग जाने भन्ने कुराले उनीहरू सती जान तयार भएको बुझिन्छ । तसर्थ नारी नै नारीको विरोधी भएका कारण पनि समाजमा नारीका अवस्थाप्रति नारीको चेतना कायम रहिरहेको अवस्थाको सङ्केत मल्लको रुइसे दरबार उपन्यासमा पाइन्छ ।
नारीप्रति प्रतिरोध चेतना : उल्लेखित उपन्यासमा नारी अस्मिता र अस्तित्वलाई आफूसमान कहिले स्वीकार गर्न नसक्ने पुरुष मनोवृत्तिका विरुद्धमा विद्रोहको अभिव्यक्ति पाइन्छ ।
“नारीलाई अन्याय अत्याचार गर्ने र नारी भनेका पुरुषका यौनिक इच्छा प्राप्त गर्ने साधन मात्र हुन भन्ने शोसक सामन्तिको अन्त्य हुने छ । सती प्रथा पनि एक दिन अन्त्य हुने छ । हामीले गर्न नसकेपछि साथीहरू हो यो प्रथाको अन्त भएर एक दिन धर्म राज्यको स्थापना हुने छ ।”
(रुइसे दरबार, २०७९ पृ. ५३)
कलावतीमा आक्रोस पोखिनु साचो धर्म शिक्षा पाउन उनी स्वयम् अग्नीमा प्रवेश गरी प्राण त्याग गर्छु, मलाई कुनै सन्तान हुने छैन, एक दिन मर्नु नै पर्छ, यो पापी दुनियामा बस्नु छैन भन्नु नारीप्रति प्रतिरोध चेतना पाइन्छ । तसर्थ नारीप्रति प्रतिरोध चेतना भएका कारण पनि समाजमा नारीका नारी चेतना कायम रहिरहेको अवस्थाको सङ्केत मल्लको रुइसे दरबार उपन्यासमा पाइन्छ ।
अस्तित्ववादी नारीवादी चेतना : प्रस्तुत नारीहरू आफ्नो परिस्थितिको छनोट गर्न स्वायत्त हुनुपर्छ भन्ने मान्यतालाई केन्द्रमा राख्दछ ।
“नारीलाई अन्याय अत्याचार गर्ने र नारी भनेका पुरुषका यौनिक इच्छा प्राप्त गर्ने साधन मात्र हुन भन्ने शोषक सामन्तीको अन्त हुनेछ । सती प्रथा पनिे गर्न एक दिन अन्त हुनेछ । हामील नसकेपछि साथीहरू हो यो प्रथाका अन्त भएर एकदिन धर्मराज्यको स्थापना हुनेछ ।”
(रुइसे दरबार, २०७९ : पृ. ५३)
तसर्थ नारीप्रति प्रतिरोध चेतना भएका कारण पनि समाजमा नारीका नारी चेतना कायम रहिरहेको अवस्थाको सङ्केत मल्लको रुइसे दरबार उपन्यासमा पाइन्छ ।
नारी चेतनामा पितृसत्तात्मक दृष्टिकोण : शक्ति र सत्तामा पुरुषलाई सर्वेसर्वा बनाएर राज्यका हरेक निकायमा पुरुषकै प्रभुत्व स्थापित गरी नारीहरूलाई विभिन्न संयन्त्रमार्फत नियन्त्रणमा राख्ने सत्ता नै पितृसत्ता हो । महिलामाथि हुने दमनको मूल स्रोत नै पितृसत्ता हो । प्रस्तुत अनुच्छेदलाई उपन्यासकारले यसरी व्यक्त गरेका छन् ।
“सानै टुहुरी भएकी राधिकालाई मामा घरबाट पालनपोषण गरेका थिए । आज त्यो कलिलो अमेरमा देहत्याग गरेपछि आफ्ना पति पनि आफ्नै साथमा हुने र आफ्ना आमा बाबा पनि भेटिने यसले भित्र भित्र उनको मनलाई सती जान ठिक रहेछ भन्ने पनि लागेको थियो ।”
(रुइसे दरबार, २०७९ : पृ. ११३)
पुरुषप्रधान समाजमा नारीलाई दोस्रो दर्जाको ठानेर नारीको अस्तित्वलाई किनारामा पुर्याउने काम गरेको छ ।
नारी यथार्थको उद्बोधन : पितृसत्तात्मक समाज व्यवस्थाले निर्धारित गरेका घरायसी श्रममा नै जीवन बिताउन बाध्ये नेपाली समाजका निम्न वर्गीय नारीका बाध्यताहरूलाई मल्लको रुइसे दरबार उपन्यासमा यस प्रकार उद्बोधन गरिएको छ ।
“चौँधौँ शताब्दीमा रुइसे दरबारका सन्तति कहाँ छन् ? बसन्ती घरको पिँडीमा बसेकी छिन् । समाजमा सती विद्रोहको लागि वसन्तीकी आमाको भूमिका अथाह छ । कलावतीले सती प्रथाको विरोध गरेका कुरा कोही घाटतिर मलामी जाँदै गरेको देख्दा याद आउँछ ।”
(रुइसे दरबार, २०७९ : पृ. १४२)
नारी यथार्थको उद्बोधन नेपाली समाजमा विभिन्न क्षेत्र र जातका नारीहरूले पितृसत्तात्मक सामाजिक, सांस्कृतिक व्यवस्थाका कारणले भोग्नु परेका दमन, शोषण, अपमान र पराधिनताका विभिन्न स्थितिहरूको चित्रण गर्दै यी परिस्थितिहरूको सामना गर्दा नारी मनमा उत्पन्न विविध अनुभूतिहरूको चित्रण गरिएको छ ।
अस्तित्ववादी नारीवादी चेतना : अस्तित्ववादी नारविादी नारीवाद नारकिो व्यक्तिगत अस्तित्व, स्वतन्त्रता, अहम र चेतनालाई महत्व दिने दर्शनको रूपमा लिइन्छ । आफ्नो जीवन र जीवन कर्मप्रति नितान्त आफ्नो मात्र अधिकार रहन बाध्य हुनु परेको अस्तित्ववादी नारीवादी चेतनाप्रति प्रस्तुत उपन्यासमा उपन्यासकारको चाहना यसरी प्रतिबिम्बन भएको छ ।
‘सती’ जाने तेह्र वर्षकी राधिकाले भनेकी छिन् । यो पानी खाएर प्यास मेटाउनु भनेकी रहेछिन् । यसरी सती जाने व्यक्तिको सतबाट पानीको मूल उत्पन्न भएकाले त्यसको नाम सतीपोखरी रहन गएको हो भन्ने भनाई अझैँ पनि छ । हाल आएर यसको नाम सेतीपोखरी सतीपोखरी पनि भन्ने गरिन्छ ।
(रुइसे दरबार, २०७९ : पृ. १४१)
उल्लेखित अनुच्छेदमा नारीहरूका हरेक गतिविधिहरूमाथि नियन्त्रण राख्न खोज्ने पुरुष सोच र अस्तित्ववादी नारीवादी चेतना मल्लले व्यक्त गरिए ।
घरेलु हिंसा : पितृसत्तात्मक समाजमा घरभित्र महिलामाथि शारीरिक, सांस्कृतिक, मानसिक, आर्थिक र यौनजन्य हिंसा शोषण तथा दमन भैरहेका हुन्छन्। नेपाली समाजमा महिलाहरू यस्ता हिंसा सहेर बस्न बाध्य छन् । पुरुष मानसिकताले गर्दा परिवारमा त्यस्ता समस्या दिनदिनै बढ्दै गएका छन् ।
“नारीलाई अन्याय अत्याचार गर्ने र नारी भनेका पुरुषका यौनिक इच्छा प्राप्त गर्ने साधन मात्र हुन भन्ने शोषक सामन्तीको अन्त्य हुने छ । सती प्रथा पनि एक दिन अन्त्य हुने छ । हामीले गर्न नसकेपछि साथीहरू हो यो प्रथाको अन्त भएर एक दिन धर्म राज्यको स्थापना हुने छ ।”
(रुइसे दरबार, २०७९ : पृ. ५३)
उल्लेखित साक्क्ष्यले नारीपात्रका अस्तितवबोधी चेतनालाई उजागर गरेको छ । कलावतीमा आक्रोश पोखिनु साँचो धर्म शिक्षा पाउन उनी स्वयम् अग्नीमा प्रवेश गरी प्राण त्याग गर्छु, मलाई कुनै सन्तान हुने छैन, एक दिन मर्नु नै पर्छ, यो पापी दुनियाँमा बस्नु छैन भन्नु पनि विद्रोहको भनाइ पाइन्छ ।
लैङ्गिक समानताको आग्रह ः लैङ्गिक समानताको आग्रहप्रति प्रस्तुत उपन्यासमा उपन्यासकारको चाहना यसरी प्रतिबिम्बन पाइन्छ ।
“यो हाम्रो चुनौती हो । यसमा सयौँ नारीहरूको ज्यान पनि जान सक्छ । यसको लागि हामी तम्तयार हुनुपर्छ । नरसंहार गर्ने सतीप्रथाका संरक्षकहरूलाई त्यतिकै छाड्न हुँदैन । हामी जताततै यो लाक भरिको अन्याय अत्याचार कहिले सम्म सहने ? सबै महिलाहरूमा लैङ्गिक समानताको आग्रह देखिएको छ ।
(रुइसे दरबार, २०७९ : पृ. १४)
सती जाँदा त्यही रूइसे दरबार नजिकै भीरबाट हाम्फल्ने हुँदा यो रुइसे दरबार क्षेत्रमा सती फराल्ने भीर छ । रुइसे दरबारको राजनैतिक, आर्थिक, सामाजिक राज्य विस्तारले चेपिएको यथार्थता उनले पस्केकी छिन् । नारीले पनि मनमा लागेका कुरा बोल्न पाउनुपर्ने स्वतन्त्रता खोसिएको छ । सती जाने तेह्र वर्षकी राधिकाले भनेकी छिन् । यो पानी खाएर प्यास मेटाउनु भनेकी रहेछिन् । उल्लेखित साक्क्ष्यले उपन्यासमा नारी चेतना उपन्यासमा लैङ्गिक समानताको आग्रह दृष्टिकोणलाई उजागर गरेको छ ।
नारी चेतना उपन्यासमा पितृसत्तात्मक दृष्टिकोण : शक्ति र सत्तामा पुरुषलाई सर्वेसर्वा बनाएर राज्यका हरेक निकायमा पुरुषकै प्रभुत्व स्थापित गरी नारीहरूलाई विभिन्न संयन्त्रमार्फत नियन्त्रणमा राख्ने सत्ता नै पितृसत्ता हो । महिलामाथि हुने दमनको मूल स्रोत नै पितृसत्ता हो ।
“पितृसत्ताले नारीमथि पुरुषको एकाधिकारलाई जनाउँछ । सुरिलो भाकाका धनी राधिकाले आफ्ना आँखाबाट दशौँ धारा निकाल्दै लाक्दै सतीका पीर मर्काका बारेका सागर सरी आँसुका धारा बगाउँदै भजनमा बेथा पोखेकी छिन् ।”
(रुइसे दरबार, २०७९ : पृ. ११४)
हे पति परमेश्वर, जनक मेरा हौा परमेश्वर,
रक्षामा गर निकट शिव शंकर भोले गलेश्वर ।
(रुइसे दरबार, २०७९ : पृ. ११५)
उल्लेखित साक्क्ष्यले नारी चेतना उपन्यासमा पितृसत्तात्मक दृष्टिकोणलाई उजागर गरेको छ ।
लैङ्गिक समताको चेतनाः हाम्रो समाजमा पुरुषका हरेक आचरणले सामाजिक मान्यता पाएको हुन्छ तर नारीको आचरण सकारात्मक भएर पनि त्यसले मान्यता पाएको हुँदैन (त्रिपाठी, २०६८ पृ. ९७) । नेपाली समाजमा परम्परित अन्धविश्वासले जरा गाढेको समस्यालाई समाधान गर्न नसकेर नेपाली नारीहरू स्वतन्त्रताबाट वञ्चित भएका छन् ।
“यो हाम्रो चुनौती हो । यसमा सयौँ नारीहरूको ज्यान पनि जान सक्छ । यसको लागि हामी तम्तयार हुनुपर्छ । नरसंहार गर्ने सतीप्रथाका संरक्षकहरूलाई त्यतिकै छाड्न हुँदैन । हामी जताततै यो लाक भरिको अन्याय अत्याचार कहिले सम्म सहने ? सबै महिलाहरूमा आक्रोसको भाव देखिएको छ ।”
(रुइसे दरबार, २०७९ : पृ. ५३)
ऋग्वेदको निम्न ऋचामा पतिको छेउ विधवाले सुत्नु पर्ने विधानको उल्लेख छ ः
इमा नारी र विधवा ; सुपत्नीराञ्जनेन सर्पिष संविशन्तु
ऋनश्रवोऽनमीवाः सुरत्ना आ रोहन्तु जनयोयोनिमग्रे ।
(रुइसे दरबार, २०७९ : पृ. ५४)
अर्थात् सौभाग्यवती र सुन्दर नारी घिउको गाजल – घृताञ्जन धारण गरेर आफ्नो घर जाऊन् । यसले पनि हामीलाई सती जान रोकेको छ । यस ऋचामा पतिको शवछेउ सुतेकी विधवालाई उदिष्र्व नार्यमि जीवलोक अर्थात् उठेर जीवहरूको लोकमा आऊ भनी आह्वान गरिएको छ ।
०००
निष्कर्ष :
यस ‘रुइसे दरबार’ उपनयासमा नारीको अवस्था मात्र चित्रण नगरेर आर्थिक सामाजिक सत्ताले कमजोर अवस्थामा नारीहरूमाथि कसरी अत्याचार गरेको छ । अहिलेसम्म यथावत रहेको ऐतिहासिक तथा पुरातात्विक क्रममा रहेका भौतिक संरचना र समाजको गर्भभित्र लुकेको सामाजिक लोक संस्कृतिलाई उजागर गर्ने एक सामाजिक उपन्यास हो । सती जाने महिलाहरूलाई पवित्र मृत्यु भएको भनिन्छ । जसको अर्थ मानिसहरूले विश्वास गरे कि उनको अर्को जन्ममा राम्रो कर्म र धेरै राम्रो जीवन हुनेछ । सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् ।
सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ “असल पत्नी” हुन्छ । यस उपन्यासमा सतिप्रथालाई विशेष जोड दिएको छ । जसले गर्दा प्रायः धेरै परिच्छेदमा सतिप्रथालाई पटक पटक दोहोर्याइएको पाइन्छ । कतिपय परिच्छेदमा पहिले आइ सकेको कुरा त्यहाँ भेट्न सकिन्छ । भाषिक संरचनाका दृष्टिले प्रस्तुत उपन्यास उच्च बौद्धिक पाठकका लागि वैशिष्ट्य देखिन्छ । नयाँ लेखकका लागि प्रेरणा र उत्प्रेरित देखिन्छ । कवि स्वयम् नेपाली भाषाको विज्ञ भएकोले वणर्विन्यास, भाषिक क्लिष्टमा मजबुत देखिन्छ।
सतिप्रथाको चिनारी पटक-पटक दोहोर्याइएका पाठकलाई फेरि त्यहीँ पृष्ठमा छु कि भन्ने भान हुन पुग्छ । तर यो उपन्यास ऐतिहासिक भएको घटना र पात्रअनुसार कथावस्तु रोचक ढङ्गले अघि बढेको छ । प्रस्तुत रुइसे दरबार उपन्यासको भाषाशैली सरल र सहज किसिमको छ । वणर्नात्मक शैलीमा लेखिएको र सामाजिक आलोचनात्मक यथार्थवादी उपन्यास भएकाले उपन्यासको भाषा सामान्य पाठकले पनि बुझ्न सक्ने किसिमको छ । यसमा बोलचालको भाषाको प्रयोग गरिएको छ । तत्सम, तद्भव र विभिन्न भाषाबाट आएका आगन्तुक शब्दहरूको प्रशस्त प्रयोग पाइन्छ तर पनि त्यस्ता शब्दहरू नेपाली जनजिब्रोले पचाइसकेका शब्दहरू छन् ।
समग्रमा रुइसे दरबार उपन्यासमा दरबार व्यवस्थाभित्र नारीहरूले भोग्नुपरेका लैङ्गिक उत्पीडनका विभिन्न स्वरुप र सन्दर्भको यथार्थ चित्रणका साथै सबै खालका विभेद विरुद्ध प्रतिरोध चेतनाको अभिव्यक्ति भएको छ । तसर्थ सम्पूर्ण नारीवादीले समाजभित्रको पितृसत्तात्मक शोषणको विरोध गर्दै नारी अस्तित्व र स्वाभिमान प्राप्तिको आकाङ्क्षा मल्लले व्यक्त गरेका छन् ।
लेखकको उत्तरोत्तर प्रगतिको कामना सहित साहित्यका हात अघि बढिरहुन् । शुभकामना !
०००
सन्दर्भग्रन्थ सूची :
अनामिका, (सन् २००१). स्त्रीत्वका मानचित्र. दिल्ली साराशं प्रकाशन प्रा.लि ।
उप्रेती, सञ्जीव (२०६९). सिद्धान्तका कुृरा. चाँैथो संस्कर अक्षर व्रिmयसन्स नेपाल ।
गिरी, अमर (२०७७). नारीवाद. नारीवादी आन्दोलन र साहित्य चिन्तन. काठमाडौँ भृकुटी एकेडेमिक पब्लिकेशन्स् ।
ठकुरी, ऋतुसिंह (२०७०). नेपाली महिलाको स्थिति र लैङ्गिक हिंसा विरुद्धमा कानुनी व्यवस्थाको अध्ययन. त्रि.वि.वि. समाजशास्त्र. अप्रकाशित शोधपत्र
तमाङ, सेरा (२००४). ‘नेपालमा विकासे नारीवाद’. नेपालको सन्दर्भमा समानशास्त्रीय चिन्तन, सम्पा : मेरी डेसेन र प्रत्युस वन्त. ललितपुर : सोसल साइन्स वहाल ।
ढकाल, रजनी (२०७७). चरणगत विकासमा नारीवादी चिन्तन. भृकुटी एकेडेमिक पब्लिकेशन।
नसरिना. तसलिमा (सन् १९९४). औरतके हकमे.अनु. मुनमुन सरकार. दिल्ली : वाणी प्रकाशन ।
बुमायर, सिमोन द (१९९८). स्त्री उपेक्षिता. दिल्ली हिन्दी पाकेट बुक्स ।
भट्टराई, रमेश (२०७७).सांस्कृतिक वर्गीय. (लैङ्गिक र जातयि) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ. भुडीपुराण प्रकाशन ।
मल्ल, दलिपकुमार (२०७९).रुइसे दरबार. शिखा बुक्स ।
त्रिपाठी, सुधा (२०७६). पाश्चात्य नारीवाद र त्यसका स्वरूप. रत्न बृहत नेपाली समालोचना सम्पादन : राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतम : रत्न पुस्तक भण्डार, पृ. २०८ ।
त्रिपाठी, सुधा (२०६८). नारीवादी सौन्दर्य चिन्तन : भृकुटी पुस्तक ।
त्रिपाठी, सुधा (२०७६). पाश्चात्य नारीवाद र त्यसको स्वरुप : रत्नबृहत नेपाली समालोचना. सैद्धान्तिक खण्ड. रत्न पुस्तक भण्डार ।
त्रिपाठी, सुधा (सन् २०१२). चेलीबेटीका बेग्लै कुरा काठमाडौँ : भृकुटी एकेडेमिक पब्लिकेसन्स ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।