साहित्यकार महेश्वर पन्तको उपन्यास ‘बौलाको डायरी’माथि परिचर्चा सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सर्जक खेमराज पोखरेलले उपन्यासमाथि लामो टिप्पणी गर्नुभयो ।
प्रारम्भमा उनले उपन्यासका केही स्वरूपको चर्चा गर्दै पन्तको यस उपन्यासले त्रिपक्षीय द्वन्द्वलाई प्रस्तुत गरेको उल्लेख गरे । एउटा सत्ता पक्ष, अर्को विद्रोही पक्ष रहेको उल्लेख गर्दै तेस्रो पक्षमा द्वन्द्व पीडित सीमान्तकृत वर्गका कथाव्यथा उपन्यासले समेटेको उहाँले बताउनुभयो ।
फ्ल्यासब्याक शैलीमा लेखिएको यस उपन्यासलाई कतिपयले आञ्चलिकताको सुवास समेटिएको भनिए पनि समीक्षक पोखरेलले उपन्यासलाई आञ्चलिक भन्न नसकिने जिकिर गर्नुभयो । उहाँले माओवादी द्वन्द्वकालीन कथावस्तु भएका कारण यस कृतिले राष्ट्रिय विषय प्रस्तुत गरेको बताउनुभयो ।
सर्जक पोखरेलले कृतिले पाठकलाई ताने पनि कमीकमजोरी पुस्तकमा प्रशस्त रहेको बताउनुभयो ।
आफ्नो धारणा राख्दै अधिकारीले साहित्यिक कृतिको बिक्री कसरी बढाउने र पाठकलाई नेपाली साहित्यप्रति कसरी आकर्षित गर्ने विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला, बाह्रखरीका कला संयोजक राजेश घिमिरे, नागरिक दैनिकका श्रीराम राई, साहित्यपोस्टका लघुकथा सम्पादक दीपक लोहनी, लघुकथा समाजकी प्रदेश नम्बर एककी संयोजक ममता मृदुल लगायत दर्जन बढी लेखक–पत्रकारहरूको सहभागिता थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।