प्रत्येक दुई वर्षमा प्रदान गरिने ‘अनेसास होमनाथ सुवेदी डायस्पोरा सर्वोत्कृष्ट वाङ्मय पुरस्कार’ महेश्वर पन्तको उपन्यास ‘बौलाको डायरी’ले प्राप्त गरेको छ ।
अमेरिका निवासी साहित्यकार होमनाथ सुवेदीले अनेसासअन्तर्गत स्थापना गरेको यो पुरस्कार ‘बौलाको डायरी’का लागि साहित्यकार महेश्वर पन्तले प्राप्त गरेका हुन् ।
यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको छ ।
पुरस्कारको वितरण आगामी लक्ष्मी जयन्तीका अवसरमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने पुरस्कार घोषणाको क्रममा जनाइएको छ ।
‘मेरो उपन्यास बौलाको डायरी अनेसास होमनाथ सुवेदी डायस्पोरा सर्वोत्कृष्ट पुरस्कारमा परेकोमा खुसी हुनु स्वभाविक हो ।’, पुरस्कार प्राप्त गरेपछि पन्त फेसबुकमा लेख्छन्, ‘कितावब लेख्दा पुरस्कारलाई वा पुरस्कार पाउँला भनेर लेखिन्नँ । त्यसरी लेख्न पनि हुन्न जसले किताब साथै लेखकको लेखन कुरो र शैलीको समेत मर्म मर्न जान्छ । तर लेखेपछि पाउने पुरस्कारलाई स्वागत गर्दै अनेसासको सारा टीमलाई धन्यवाद दिनै पर्ने हुन्छ । पुरस्कारको वास्तविक मूल्याङ्कन सधैँ होस् ! यसलाई व्यक्तिगत वा संस्थागत लोभ वा प्रभावले नछोओस् भन्दै पुरस्कारहरूको निरन्तरताको समेत शुभकामना दिन चाहन्छु ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।