अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सांस्कृतिक समिति संयोजकमा महेश्वर पन्तलाई मनोनित गरिएको छ । अनेसासको केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा कार्यसमितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
दुई वर्षे कार्यकालभित्र समितिले सांस्कृतिक कार्यक्रम, सम्मेलन, र गोष्ठीको आयोजना गर्ने छ । आवश्यकता हेरि सबै क्षेत्रका प्रतिनिधिहरू समेटेर कार्यसमितिलाई छिट्टै पूर्णता दिइनेछ ।
पन्त लामो समयदेखि नेपाली साहित्य र सांस्कृतिक क्षेत्रमा आबद्ध छन् । उनका आधा दर्जन साहित्यिक कृतिका साथै गीति एल्बम प्रकाशित छन्।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला