भरतपुर, चैत १२ / चितवन, भरतपुर- १० स्थित अर्किड स्कुलले साहित्य सिर्जनासँग सम्बन्धित कार्यक्रम `कफि हाउस´को आयोजना गरेको छ ।
कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीहरुले सिर्जना गरेका साहित्यिक रचनालाई हस्तलिखित पुस्तकका रुपमा प्रस्तुत गरी सोही पुस्तकबाट उदृत गरिएका कविता, कथा, यात्रासंस्मरण आदि वाचन गरिएका थिए ।
स्कुलका प्राचार्य डा. खेम आचार्यको अध्यक्षतामा शनिबार बिहान विद्यालयमा आयोजना गरिएको कार्यक्रममा साहित्यकारहरू गोविन्दराज विनोदी, ईश्वर कँडेल, सिर्जन अविरल, विद्यालय संचालक समितिका अध्यक्ष गोपाल पराजुली, सहप्राचार्य ओमराज मैनाली, नवोदय स्कुल हेटौंडाका संयोजक अव्यक्त खनाल, संचारकर्मी मनोज पन्त, पठन संस्कृतिका अभियन्ता लेखराम सापकोटा, स्कुलकी नेपाली विभाग प्रमुख भगवती ढकाललगायत विद्यालयमा अध्ययनरत ससाना बालबालिकाहरूको पनि उपस्थिति रहेको थियो ।
विद्यालयमा पहिलोपटक गरिएको यस कार्यक्रमका संयोजक आधारभूत तह प्रमुख हरि सापकोटा र सहसंयोजकमा शिक्षिका मीरा आचार्य रहेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।