साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दिव्याको मय्जु सार्वजनिक

नारी स्रष्टा दिव्या बज्राचार्यको उपन्यास मय्जु एक समारोहमा सार्वजनिक गरिएको छ । नेपालभाषामा लेखिएको उपन्यास मय्जुको सार्वजनिकीपछि कृतिमाथि बोल्दै प्रमुख अतिथि कथाकार ध्रुव मधिकर्मीले बाटोमा, गाडीमा र कार्यक्षेत्रमा नारीमाथि हुने यौन हिंसा र विभेदको चित्रणका साथै नारीले त्यसको प्रतिवाद पनि गर्न थालेको विषय उपन्यासमा आएको छ भन्नुभयो ।

कवि सुधीर ख्वबिले नेपालभाषा साहित्यको विकासको लागि नयाँ कोणबाट सोच्नुपर्ने समय आएको बताउनुभयो ।

सम्बन्धित पोस्टहरु

कृतिका स्रष्टा दिव्या बज्राचार्यले समाजमा नारीमाथि अझै पनि हिंसा र विभेदका घटना भइरहेको बताउँदै आफूले त्यसको एउटा चित्र प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कथाकार नरेश अमात्य, कलाकार सरिता डंगोल, कवयित्री समाश्री, सुनील बज्राचार्य र प्रकाशक विमल ताम्राकारले पनि मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया
Loading...