भारती गौतम

अघिल्लो वर्षभरि प्रकाशित गैर आख्यानका कृतिहरूमध्ये उत्कृष्ट ‘विगत र बाडुली’ (संस्मरणात्मक निबन्ध) लाई २०७७ सालको उत्तम-शान्ति पुरस्कार प्रदान गरिने भएको छ । भारती गौतमद्वारा लिखित सो निबन्धमा आत्मपरक निबन्धको उत्कृष्टता प्रस्तुत भएकाले पुरस्कार प्रदान गरिएको पुरस्कार गुठीले जनाएको छ ।

२०२३ सालको मदन पुरस्कार प्राप्त निवार्ता कृति ‘स्रष्टा र साहित्य’का सर्जक उत्तम कुँवर र उहाँकी पत्नी शान्ति कुँवरको स्मृति यो पुरस्कार स्थापना भएको थियो । मदन पुरस्कार प्राप्त गर्नका लागि निवेदन दिनुपर्ने भएकाले त्यसको ठीक विपरीत यो पुरस्कारका लागि कुनै पुस्तक दर्ता गरिरहन नपर्ने सिद्धान्तले स्थापना गरिएको थियो ।

२०४४ सालमा पुरस्कारको स्थापना गरिएको थियो । पुरस्कारको राशि एक लाख रूपैयाँ रहेको छ ।

उत्तम कुँवर चर्चित साहित्यिक पत्रिका रूपरेखाको संस्थापक सम्पादक हुनुहुन्थ्यो ।

अघिल्लो वर्ष सरिता अर्यालको ‘मेरो अपहरण’ यो पुरस्कार प्रदान गरिएको थियो ।