पोखरा । गण्डकी साहित्य सङ्गम र नेपाल प्रज्ञा–प्रतिष्ठान को संयुक्त आयोजनामा दर्शन, साहित्य र भाषासम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ । विमल निभा (उपकुलपति), प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारी र अगिब वनेपाली को उपस्थिति रहेको थियो ।

गोष्ठीमा प्रा.डा. यदुनन्दन उपाध्याय ले प्रस्तुत गरेको ‘प्रगतिशील नेपाली साहित्य लेखनका प्रवृत्ति’ शीर्षकको कार्यपत्रमाथि तेजविलास अधिकारी ले समीक्षात्मक टिप्पणी गर्नुभएकाे थियाे । त्यसैगरी लोकबहादुर थापा मगर द्वारा प्रस्तुत ‘गण्डकी प्रदेशको भाषिक अवस्था’ विषयक कार्यपत्रमाथि डा. यमनाथ तिमिल्सिना ले टिप्पणी गर्नुभएकाे थियाे ।

यसैक्रममा समीर सिंह ले प्रस्तुत गरेको ‘वर्तमान सन्दर्भमा माक्र्सवादी दर्शन’ विषयक कार्यपत्रमाथि राजनीतिक विश्लेषक सावित्री दुरा ले आफ्नो धारणा राख्नुभएकाे थियाे ।कार्यक्रममा प्रा.डा. ज्ञानबहादुर कार्की, झलकपाणी तिवारी, विद्याविमल बराल, यादवराज उपाध्याय, परशुराम कोइराला र छवि सुवेदी लगायतले कार्यपत्रहरूमाथि पूरक टिप्पणी प्रस्तुत गर्नुभएकाे थियाे ।

विभिन्न साहित्यकार, अनुसन्धानकर्ता तथा बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त गोष्ठी भीम रानाभाट को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पद्मराज ढकाल ले राख्नुभएकाे थियाे भने सञ्चालन नारायण मरासिनी ले गर्नुभएकाे थियाे ।

गोष्ठीले समकालीन साहित्य, भाषिक अवस्था र दर्शनका विविध आयाममाथि गहन बहस गर्दै बौद्धिक विमर्शलाई समृद्ध बनाएको सहभागीहरूले बताउनुभएकाे छ ।