झापा । अर्जुनधारा नगरपालिकाले साहित्यकार कृष्ण धरावासीलाई ‘दीर्घ साहित्य सेवा सम्मान’ प्रदान गरेको छ । नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्द्धन समितिद्वारा आयोजित ‘साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोह’मा उहाँलाई एक लाख एक हजार रुपैयाँसहित सम्मानित गरिएको हो ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार प्रकाश बुढाथोकी, नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुख खड्गमाया पराजुलीले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गर्नुभएकाे थियाे ।
नगरप्रमुख गोम्देन तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख पराजुलीले कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पार्नुभएकाे थियाे भने समितिकी संयोजक कञ्चना काफ्लेले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रमको सञ्चालन कर्मचारी सौजन कटुवालले गर्नुभएकाे थियाे ।
सोही अवसरमा साहित्य विमर्श कार्यक्रमसमेत आयोजना गरिएको थियो । विमर्शमा साहित्यकार चन्द्र भण्डारी, सीमा आभास र दिपेन्द्र आचार्यले प्रमुख वक्ताका रूपमा धारणा प्रस्तुत गर्नुभएकाे थियाे भने सहजीकरण पत्रकार सन्तोष आचार्यले गर्नुभएकाे थियाे । कार्यक्रममा विभिन्न साहित्यकारहरूले कविता, गीत र गजल वाचन गर्नुभएकाे थियाे ।
नगरपालिकाले यसअघि पनि दीर्घ साहित्य सेवा सम्मानअन्तर्गत सरोजकुमार ओली, विष्णुकुमार भट्टराई, कालीबहादुर थापा, हस्त परियार र कृष्ण बराललाई सम्मान गरिसकेको जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२९ जेष्ठ २०८३, शुक्रबार 








