काठमाडौं । बैंकर तथा लेखक डा. बुद्धि मल्लको दोश्रो कृति ‘सपना सकार हुन्छन् (संघर्ष र सफलताको कथा)’ चाँडै पाठकको हातमा आउने भएको छ।
पहिलो कृति ‘सफलता सम्भव छ’ पछि लेखकीय यात्रालाई निरन्तरता दिँदै डा. मल्लले नेतृत्व, संघर्ष र सफलताको प्रेरणादायी विषयवस्तुहरूमा आधारित लेखहरूको संग्रह प्रस्तुत गर्न लाग्नुभकाे हाे ।
शिखा बुक्स प्रा. लि. को प्रकाशनमा आउन लागेको यस पुस्तकमा ४८ वटा फरक–फरक विधाका लेखहरू समेटिएका छन्। यी लेखहरू समयअनुसार पढ्न सकिनेछ, छोटो समयमा सम्पूर्ण पुस्तक सक्ने सुविधा दिनेछ, र, सार्वकालिक सान्दर्भिकता बोकेको लेखकको विश्वास छ।
डा. मल्लका अनुसार यो पुस्तक “युवादेखि पाका व्यक्तिसम्म, हरेक उमेर समूहका लागि उत्प्रेरणा र आत्म–दिशा दिने एउटा स्रोत बन्न सक्छ।” उहाँको भनाइमा, उत्कृष्ट नेतृत्व र आत्मविकास सम्बन्धी विषयमा आधारित
लेखहरूले पाठकमा आत्मविश्वास र सकारात्मक ऊर्जा जगाउने छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










