बैंकर डा. बुद्धि मल्लको पुस्तक “सफलता सम्भव छ”को विमोचन गरिएको छ ।

शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल के.सी.ले गर्नुभएको थियो नेपालका प्रख्यात पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा. मदन बिष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले पुस्तकमाथि समीक्षा गर्नुभएको थियो ।

लेखकले पाठकलाई सहज हिसाबले बुझ्ने गरी विभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक विषयका साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईर्ष्या, धैर्य, व्यवहार, लगायत विभिन्न विषयमा ४१ वटा लेखहरू समावेश गरिएका छन् ।

पुस्तकमा उँटले आफ्नो जीवनको निरन्तरताको लागि घाँटी लामो बनाउन प्रयत्न गरेकोदेखि संसारका सफल व्यक्तिहरू बिल गेट्स, दि रक, पृथ्वी नारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मा, भगवान् बुद्ध, सचिन तेन्दुल्कर, सनथ जयासूर्या, शेन वार्न, नवोजोद सिद्धु, अमिताभ बच्चन जस्ता हस्तीका जीवनमा घटेका केही प्रेरक प्रसंगहरू उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको छ ।