खुशीको दियो जलोस् जताततै
मनमा बसोस् मायाको बास
प्रत्येक दिन नयाँ बिहानी बनोस्
जीवन आनन्द बनोस् सधैँ नै हर्षोल्लास ।
सम्बन्धहरू होऊन् निक्कै सरल
नहोस् झूटा कुरा अनि छल पनि
मिलोस् खुशी स‑साना कुरामा पनि
सपना पूरा हुनलाई मिलोस् बल पनि
कहिल्यै हार्न नपरोस् दुःखको पीडासँग
सबैको मनमा मायाले बास गरोस्
सबैको मुहारमा मुस्कान चम्कियोस्
ईर्ष्या र अहंकारहरू सबै नाश गरोस्
साना सानो खुशी पनि ठूलो लागोस्
प्रत्येक क्षणहरू आनन्दले भरियोस्
साँचो मनले बाँचून् सबै मानिसहरू
प्रत्येक श्वासले मुस्कान छरियोस्
सुख दुःख आओस् अनि जाओस् पनि
तर खुशीको जादु सधैँ रहिरहोस्
जीवन यस्तो बाँचौं हामी सबैले
मुस्किल क्षण पनि प्यारो भइरहोस् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला