हतारमा पकाएको खाना मीठो कहाँ हुन्छ र?
फाइभजी जस्तै काम छिटो कहाँ हुन्छ र?
धैर्य बिना हुने सफलता क्षणिक हुन्छ साथी
दुई चार थान नोटले बिटो कहाँ हुन्छ र?
जिन्दगी सधैँ एकनासको हुँदैन बुझौं यो तथ्य
मानिस सधैँ कल्कलाउँदौ ठिटो कहाँ हुन्छ र?
बाटो हेर्दै बस्ने कहिल्यै पुग्दैन गन्तव्यसम्म
पसिना बगाएर पाएको फल तीतो कहाँ हुन्छ र?
घाम पानी सहेर उम्रेको बिरुवा मजबुत हुन्छन्
बादल मडारिंदा आकाश नीलो कहाँ हुन्छ र?
सबै चाहन्छन् अरुले सम्मान गरोस् भनेर
राम्रो व्यवहार बिना सम्बन्ध गहिरो कहाँ हुन्छ र?
सजिलो हुन्छ अरुको दोष भेट्टाउन जो कोहीलाई
आफ्नो गल्ती स्वीकार्न मुटु दरिलो कहाँ हुन्छ र?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ जेष्ठ २०८३, शुक्रबार 










