काठमाडौं । १२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ बाट यादव खरेललाई ‘दीर्घ साधना सम्मान’ले सम्मानित गरिएकाे छ । तिलगंगा स्थित बेस्ट वेस्र्टन प्लस होटलमा अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा कार्सयक्रम सम्पन्न भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा गीतकार एवं चलचित्र निर्देशक खरेललाई दीर्घ साधना सम्मान अर्पण गरिएको हाे ।
माननीय मन्त्री पाण्डे, गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कार्यक्रमकी संयोजक सबिता पोखरेल लगायतले ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्र सहित दोसल्ला ओढाएर गीतकार खरेललाई सम्मान गर्नुभएकाे थियाे ।
प्रमुख अतिथि माननीय बद्रीप्रसाद पाण्डेले प्रतिष्ठित गीतकार यादव खरेललगायतलाई सम्मान गरिसकेपछि बधाई दिँदै विशिष्टदेखि अनुजसम्मका स्रष्टा कलाकारलाई एकै ठाउँमा जम्मा गरेर सम्मानको वातावरण बनाउने म्यूजिक खबर टिमप्रति धन्यवाद व्यक्त गर्नुभएकाे थियाे । ‘कल्चर फर टुरिजम’को नारा लिएर म्यूजिक खबरले १२ वर्षसम्म गरेको अवार्ड तथा सम्मानको कार्य सह्रानीय भएको भन्दै सरकारले गर्न नसकेको काम व्यक्तिले गुर्न विशिष्ट कार्य भएको पनि बताउनुभएकाे थियाे ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि एवं स्रष्टा कलाकारहरुलाई स्वागत गर्दै अवार्डका अध्यक्ष सुमन पण्डितले अवार्डलाई सम्मानित र मर्यादित बनाउँदै लैजान सम्पूर्ण कला क्षेत्र लाग्नुपर्ने बताउनुभयाे । समृद्ध कला क्षेत्र बनाउन सम्पूर्ण स्रष्टा कलाकारको योगदान रहेको बताउँदै सम्पूर्ण प्रायोजक, सल्लाहकार, अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।
कार्यक्रममा संघीय सांसद रेखा कुमारी यादव, बागमती प्रदेश सांसद एवं पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठ, प्रिज्म टेलिभिजनका अध्यक्ष निर्जल श्रेष्ठ, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र कलाकार संघका अध्यक्ष एवं अवार्डका सल्लाहकार मोहन निरौला, अभिनेत्री निर्देशक दीपाश्री निरौला, अवार्डका सल्लाहकारहरु दुर्गा रायमाझी, आरसी कोइराला, चन्द्र शर्मा, सन्तोष श्रेष्ठ, राम भट्टराई, गायक लाक्पा शेर्पा, कृषि विकास बैंकका म्यानेजर सुदिल घिमिरे, इल्मिरा इन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका म्यानेजिङ डाइरेक्टर विमान कार्की, डिजिटल बोर्ड व्यवसायी संघका अध्यक्ष मोहन कार्की, आइआइएफटीका म्यानेजिङ डाइरेक्टर तेन्जिङ शेर्पा लगायतको उपस्थिति रहेकाे थियो ।
गायिका संगम लामिछाने र सुशील ज्ञवालीले लजाउँदै लजाउँदै गीतबाट पब्लिक च्वाइस अवार्ड लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल हुनुभयाे त्यसैगरी चलचित्रविधा तर्फ गीतकार प्रमोद ढुंगाना चलचित्र उपहारको ‘हारेको छैन’ गीतबाट सर्वोत्कृष्ट चलचित्र गीतकार बन्न सफल हुनुभयाे । संगीतकार अर्जुन पोखरेल ज्वाइँसाप चलचित्रको ‘कसम बत्तिको’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बन्नुभयाे । चलचित्र दिमाग खराबको झम्के झमाझम गीतबाट गायक सुमिन खड्का र गायिका नम्रता खरेल सर्वोत्कृष्ट चलचित्र गायक गायिका बन्न सफल हुनुभयाे । गायक सबिन सुवेदीलाई चलचत्रि छक्कापञ्जा पाँच को विहे भाको छैन गीतबाट इकरेजमेन्ट अवार्ड प्रदान गरिएकाे थियाे ।
उत्कृष्ट पाँचमा परेका मध्येबाट सर्वोत्कृष्ट बन्नका लागि निर्णायकको तर्फबाट ५० प्रतिशत पब्लिकको तर्फबाट (भोट) ४० प्रतिशत र आयोजकको तर्फबाट १० प्रतिशत गणना गरि गीतहरुको मूल्यांकन गरिएको आयोजक संस्थाले जनाएको छ । निर्णायकमा मोडल तथा अभिनेता सागर लम्साल बले, म्यूजिक भिडियो निर्देशक तथा कोरियोग्राफर स्मृती तिमिल्सिना ‘गुरुआमा’, पत्रकार तुलसी गिरी ‘भावुक’, मोडल सबिना कार्की, गायिका देबी घर्ती र गायक राजु ढकाल रहनुभएकाे थियाे ।
त्यस्तै कार्यक्रममा ‘म्यूजिक खबर रजत सम्मान’ बाट तिलकसिंह पेला सम्मानित हुनुभएकाे थियाे । गायक खुमन अधिकारी र गायिका जुनु रिजाललाई ‘म्यूजिक खबर दशक संगीत सम्मान अर्पण गरिएकाे थियाे भने गायिका मीना लामालाई ‘म्यूजिक युवा संगीत सम्मान अर्पण गरिएको थियो । यस्तै गायिका पूजा देवकोटालाई ‘म्यूजिक खबर बालप्रतिभा संगीत सम्मान’, न्युजिल्याण्ड निवासी गीतकार रमिल अधिकारीलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरिएकाे थियाे ।
गीतकार शेखर ढुंगेल (अमेरिका) र निर्देशक दिवाकर भट्टराईलाई म्यूजिक खबर स्रष्टा सम्मान, कोरियोग्राफर निर्देशक गम्भिर विष्टलाई म्यूजिक खबर कला सम्मान, सफला मैया राजभण्डारीलाई म्यूजिक खबर सामाजिक सेवा सम्मान र आश्विनीकान्त झालाई म्यूजिक खबर ब्यूटी प्याजेन्ट कोरियोग्राफर सम्मान अर्पण गरिएकाे थियाे । त्यस्तै पत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई म्यूजिक खबर संगीत कला सम्मान अर्पण गरिएकाे थियाे ।
कार्यक्रम गायिका मन्जु पौडेल र पत्रकार निराजन भण्डारीले सञ्चालन गर्नुभएकाे थियाे ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ मंसिर २०८२, मंगलवार 









