म निकै भोको छु भन्ने थाहा पाएका छन्
छिमेकीहरू बाहिरै आएर खाएका छन् ।
अन्जानहरू दुःखी हुँदै थिए मेरो पीडामा
आफ्नाहरू खुब खुसी हुँदै रमाएका छन् ।
बाटो प्रदूषित गर्दैछन् अगुवाहरू नै
देख्नेले लाज मानेका छन्, लजाएका छन् ।
भगवानले हेर्दै हेर्दैनन् तिनीहरूलाई
जसले सधैँ मन्दिरको घण्टी बजाएका छन् ।
फूलको गन्तव्य झरेर जानु मात्र होइन
कुनैले लास, कुनैले मूर्ति सजाएका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ फाल्गुन २०८२, शनिबार 




