इटहरी । तरहरामा रुद्र अधिकारी ‘निर्दोषी’ को लघुकथासङ्ग्रह ‘मनश्चक्षु’ को लोकार्पण सम्पन्न भएको छ।
अग्रज कवि तुलसी दिवस लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई विशेष गरिमा प्रदान गरेको थियो । डा.अस्मिता बिष्टले पुस्तक परिचर्चा गर्नुभएको थियो ।

यसै अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनुभएका आठ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । यसले समाजमा सकारात्मक योगदान गर्ने व्यक्तिहरूलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

सन्तोष श्रेष्ठको अध्यक्षता र मुक्तिनाथ घिमिरे ‘पथिक’को संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कवि गणेश घिमिरे ‘प्रयासी’ले गर्नुभएको थियो । उहाँहरू सबैको योगदान प्रशंसनीय छ ।