“बल्ल जातीय विभेद र छुवाछूतको अन्त्य भएको महसूस भयो ।” जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बोल्दै रमाकान्तले भने ।
उपस्थित सबैले गडगडाहट ताली बजाएर उनको भनाइप्रति समर्थन जनाए । बिर्खेलाई भने उनको कुराप्रति चित्त बुझेनछ । उसले जुरुक्क उठेर रमाकान्तलाई प्रश्न गर्यो, “छुवाछूत प्रथा अझै व्यापक रूपमा चलिरहेको छ । दलित समुदाय माथि छोइछिटो गर्ने कार्य रोकिएको छैन । केका आधारमा जातीय विभेद र छुवाछूतको अन्त्य भयो भन्नुभएको ?”
रमाकान्तले हाँस्दै जवाफ दिए, “त्यत्रो व्यासासनमा बसेर कृष्ण दमाईले भागवत पुराण वाचन गरेको देखेनौ ? नेपाल विसं. २०६३ सालमा नै ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ को रूपमा घोषित भइसकेको थियो । अहिले व्यवहारमा देखियो ।”
रमाकान्तको जवाफ सुनेपछि बिर्खेले आक्रोशित हुँदै जवाफ माग्यो, “जातीय छुवाछूत अन्त्य भएकै हो भने, म दलित तिमी बाहुन, तिम्रो छोरीलाई मेरो छोरासँग विवाह गरिदिन सक्छौ ?”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।