“सरी ! आई डिड नट गेट यू ।”

छिमेकी देशको भाषामा कसैले उसलाई केही सोधेकोले दिनेशले यस्तो जवाफ दिएको थियो ।

उक्त व्यक्तिले हेपाहा शैलीमा फेरि अर्को प्रश्न तेर्स्यायो,  “तँ नेपालको होइनस् ? किन नबुझे जस्तो गरेको ?”

दिनेशले आफू नेपालको भएको तर उसको कुरा नबुझेको दोहोर्यायो । यो दृश्य अमेरिकाको टेक्सास राज्यको एउटा ग्यास स्टेसनमा भएको थियो । उनीहरू बीचमा चर्का चर्की हुँदै हात हाला हालको स्थिति सिर्जना भयो ।

दोकानको म्यानेजर आएर दुवैलाई सम्झाउन खोजेको थियो तर छिमेकी भाषाले, “यो गरिब देशको गरिब मानिसको के कुरा सुन्नु” भन्दै आफू हाबी हुन खोज्यो ।

म्यानेजरले प्रतिवाद गरे, “प्राय नेपालीहरूको आफ्नै मोर्गेज फ्री घर हुन्छ । दुहुना गाई वा भैंसी हुन्छ । आफ्नै बारीमा फलाएर साग सब्जी खान्छन् । नेपाल आजसम्म कसैको पनि उपनिवेश भएको छैन । नेपालको आफ्नै भाषा छ । कसरी गरिब भयो ? तिमीले उसको भाषा बुझ्छौ र उसले तिम्रो भाषा बुझोस्? “

छिमेकी भाषी अक्क न बक्क भयो ।

म्यानेजरले भन्यो, “उसलाई गरिब देशको भनेर नहेप । नेपाल देश गरिब होला तर नेपाली गरिब छैनन् ।”

लन्डन, बेलायत