वर्षभरिमा साहित्यपोस्टमा प्रकाशित भएका पर्याकवितामध्ये उत्कृष्ट तीनलाई प्रदान गरिँदै आएको पुरस्कार यो वर्षका लागि स्थगित गरिएको छ । विगत दुई वर्षदेखि प्रदान गर्दै आएको यो पुरस्कार २०८१ सालमा पर्या निबन्ध प्रतियोगिता सञ्चालन भएकाले स्थगन गरिएको हो ।

२०८१ सालमा साहित्यपोस्टमा प्रकाशित पर्याकविताहरूमा २०८२ सालसँगै मिलाएर पुरस्कार वितरण कार्यलाई निरन्तरता दिइने साहित्यपोस्टका पर्यासाहित्य सम्पादक तथा नेपाली पर्यासाहित्य प्रतिष्ठानका संयोजक विजय हितानले बताउनुभएको छ । उहाँले भन्नुभयो, “विगत दुई वर्षदेखि साहित्य पोष्टमा प्रकाशित पर्याकविताहरूमध्ये उत्कृष्ट तीनलाई पुरस्कृत गर्दै आएका छौं । यो वर्ष पर्या निबन्ध प्रतियोगीता गऱ्यौं, त्यसैले कविताको पुरस्कार अर्पणलाई स्थगन गर्न गरेका हौँ ।”

साथै, हितानले कविहरूमा स्तरीय पर्याकविता साहित्यपोस्टमा प्रकाशनका लागि निरन्तर सम्प्रेषण गर्न समेत अनुरोध गर्नुभएको छ ।

नेपाली पर्यासाहित्य प्रतिष्ठानले निबन्ध लेखनमा प्रतियोगिता घोषणा गत मङ्सिर १४ गते गरेको थियो । प्रतिष्ठानका अनुसार नेपालसहित १० मुलुकबाट १०८ थान निबन्ध प्रतियोगिताका लागि प्राप्त भएका छन् ।

छनौट प्रक्रियाका लागि तीन सदस्यीय निर्णायक मण्डल चयन गरिसकिएको प्रतियोगिता संयोजक समेत रहनुभएका हितानले बताउनुभएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने पर्या निबन्धका लेखकलाई सम्मानपत्रका साथमा क्रमशः रु. ५०,०००, रु. ४०,००० र रु. ३०,००० पुरस्कार राशी प्रदान गरिनेछ । प्रतिष्ठानले सर्वोत्कृष्ट तीनसहित उत्कृष्ठ ३२ निबन्धहरूको सङ्ग्रह प्रकाशन समेत गर्नेछ गर्न गइरहेका छौं । ।

पर्या निबन्ध प्रतियोगिताको नतिजा २०२५ मे ३१ शनिवार (२०८२ जेठ १७) काठमाडौंमा आयोजना गरिने ‘१० औं वातावरण साहित्य गोष्ठी’मा सार्वजनिक गरिनेछ । सोही दिन निबन्धसङ्ग्रहको लोकार्पण पनि हुनेछ ।