प्रवास नेपाली सम्पर्क विभागले फ्रान्सको राजधानी पेरिसमा प्रथम तदर्थ समिति गठन गरेको छ ।

विभागले संस्थाको प्रमुखमा कविन्द्र कायस्थलाई चयन गरेको छ भने उपप्रमुखमा टिका अधिकारी र , निराजन खड्का नियुक्त हुनुभएको छ ।

संस्थाले दुई महिलालाई सचिव र उपसचिव चयन गरेको छ । सचिवमा सुमित्रा बुर्लाकोटी हुनुहुन्छ भने उपसचिवमा निलम नेपाललाई जिम्मेवारी दिइएको छ ।

संस्थाको सदस्यहरूमा क्रमशः  माधव मरहट्ठा, सन्ध्या शर्मा, दिपक महर्जन, गंगा आचार्य, मुबारक हुसेन, राजन कार्की, सुजन बन्जारा रहनुभएको छ ।

उक्त भेलामा युरोपेली देशहरूमा छरिएर रहेका नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फ बाट डी.पि. अर्यालज्यूले सम्बोधन गर्नु भएको थियो ।  साथ साथै फ्रान्समा गठित यो समिति नमूना संस्था बन्ने आशा व्यक्त गर्नुभएको थियो ।

पेरिस, फ्रान्स