साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बहुरुपी छिमेकी

कविता

Chovar Blues Mobile Size

ब्रिटिस तलुवा चाट्नेले स्वाभिमानको कुरा नगरुँ
नाकाबन्दी, लाद्नेले भाइचाराको कुरा नगरुँ

सिरुपाते खुकुरीमा धार लगाउन सुरु गरुँ कि नगरुँ
अखण्ड स्वतन्त्र नेपाल आमाको सपना पूरा नगरी नमरुँ

मेरा जंगे पिल्लर अंग्रेजका दास मुलुकतिर नसारुँ
बेटी और रोटीको सम्बन्ध भन्दै ढाडमा छुरा रोपी नमारुँ

ग्यास, इन्धन, बिजुलीको लागि घाती छिमेकीको भर नपरुँ
हेपाहा छिमेकीको दादागिरी अन्त्य नगरी ब्रह्मनाल म नसरुँ

प्रतिक्रिया
Loading...