काठमाडौं । साहित्यकार भागवत खनालको निबन्ध संग्रह ‘आत्मबोध’ राजधानीमा एक समारोहका बीच लोकार्पण भएको छ। कवि तथा पूर्वमुख्यसचिव डा. विमल कोइराला र राजेन्द्रगोपाल सिंहले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गर्नुभएको हो । यो खनालको दोस्रो कृति हो । डेढ वर्षअघि उहाँको कथासंग्रह ‘बाबा मेरो पीआर आयो’ प्रकाशित भएको थियो।
‘आत्मबोध’ मा खनालको ३० वटा निबन्धहरू समावेश छन्। लोकार्पण कार्यक्रममा बोल्दै सभापति राजेन्द्रगोपाल सिंह र प्रमुख अतिथि डा. कोइरालाले खनालको लेखकीय शैली र ‘आत्मबोध’ मा समेटिएका विषयवस्तुको प्रशंसा गर्नुभयो । पूर्वसचिव कृष्ण ज्ञवालीले खनालका कथा र निबन्धहरू सामाजिक यथार्थतामा आधारित रहेको उल्लेख गर्दै त्यसको सान्दर्भिकतामा जोड दिनुभयो ।
कार्यक्रममा पूर्णचन्द्र भट्टराई, केशवकुमार शर्मा, कृष्णमुरारी भण्डारी, राजीव घिमिरे, मुकुन्दराज शर्मा, भागिरथी ज्ञवाली, सिन्धिया श्रेष्ठ र प्रकाशक दुर्गाप्रसाद खनालले पनि आ-आफ्नो धारणा राख्नुभएको थियो । वक्ताहरूले खनालले सामाजिक विषयवस्तुलाई चोटिलो शैलीमा उठान गर्दै आएको बताउनुभएको छ । केशवबहादुर थापाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । खस्यौली समाज, काठमाडौंले उक्त लोकार्पण कार्यक्रमको आयोजना गरेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 










