साहित्यपोस्ट
साहित्यकार दिव्य गिरीले आफ्नी पत्नीको सम्झनामा पुस्तक प्रकाशन गरेका छन् । उनले आफ्नी धर्मपत्नी शकुन्तला गिरीको परलोकगमन भएको एक वर्ष पूरा भएपछि कृति “सम्झनामा शकुन्तला” प्रकाशित गरेका हुन् |
पत्नीशोकमा प्रकाशित यस कृतिमा स्व. शकुन्तला गिरीको जीवनीलगायत सम्पूर्ण आनीबानी, हस्ताक्षर, तस्वीरहरू, उपचारसम्बन्धी विस्तृत कुरा विभिन्न १८ शीर्षकमा समेटिएका छन् |
उक्त पुस्तकमा दुई कविताहरू पनि समावेश गरिएका छन् | आफ्नी अर्धाङ्गिनी शकुन्तला गिरीको सम्झनामा कवि दिव्य गिरीद्वारा रचित कविता “साथ” पुस्तकको पृष्ठ ९० मा यसरी संग्रहित छ ।
साहित्यकारहरूले आफ्ना निकटतम् सम्बन्धीहरूको मृत्यु भएपछि शोकमा कृतिहरू प्रकाशित गर्दै आएका छन् | ती मध्ये मुख्यतः राष्ट्रकवि माधव घिमिरेको “गौरी” (शोककाव्य) धेरैको मन मनमा बस्न सफल भएको छ |
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला