हत्याको भावना इनारमा खसालेर आऊ
घरबार विहीनको घर फेरि बसालेर आऊ
बाघ साकाहारी भएको प्रमाण कहीँ छैन
रगत लागेको हात पहिले पखालेर आऊ ।

माछा माझीले हालेको जालमा परेर मर्छ
मान्छे अभावको रित्तो थालमा परेर मर्छ
मर्न त एक पटक जो कोही पनि मर्छ नै
के थाहा, को कुन समयको चालमा परेर मर्छ ।

पिएको छ उसले मदिरा, तेसैले होश छैन
गर्छ मनगढन्त कुरा, तेसैले होश छैन
सत्ताकै निम्ति उसले हतियार उठाएको हो
लिएको छ हातमा छुरा, तेसैले होश छैन ।