पहिचान पुरस्कार कोषले २०८०/८१ का लागि उत्कृष्ट ८ वटा पुस्तकहरु छनोट गरेको छ ।
उत्कृष्ट छनौट गरिएका पुस्तकहरू गीलु रातोसको ‘सिलीदुङ’, विश्व कुइकेल ‘गोपीचा’, मिथोचको ‘आगोको पिदार’, राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ प्रवीण खालिङको ‘चिया गफ’ (भारत), अभागी थेगुवाको ‘सपनाहरूको बही’, श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजंग रायामाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ रहेका छन् ।
उत्कृष्ट सूचीमा रहेका ८ पुस्तकमध्ये एकले रू. ४,०२,००२ (चार लाख दुई हजार दुई रुपैयाँ) रहेको पहिचान पुरस्कार प्राप्त गर्नेछ ।
यसअघि ११ वटा कृतिहरूले पहिचान पुरस्कार पाइसकेको छन् भने पहिचान सम्मानबाट लेखक तथा राजनैतिक विश्लेषक खगेन्द्र सङ्ग्रौला सम्मानित भएका छन् ।




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०७९ पुष १० १०:१०
१४ असार २०८३, आईतवार 








