२०७९ सालको ‘पहिचान पुरस्कार’ प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)’ र प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषको बैठकले जुरीबाट आएको निर्णयअनुसार ‘जङ्क्सन पिपलबोट’ र ‘थाङ्ग्रा’लाई यो प्रतिष्ठित पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि छानिएका उत्कृष्ट आठ पुस्तकमध्येबाट जुरीले सर्वोत्कृष्ट ठहर्याएका यी दुई कृतिलाई पहिचान पुरस्कार प्रदान गर्न लागिएकाे हाे । पुरस्कारको राशि ४ लाख रुपियाँ रहेको छ।
लामो समयबाट महिलाको लागि वंश अधिकार र पहिचानको विषयलाई लिएर निरन्तर लेख्दै आइरहेकी स्रष्टा हुन्, ‘प्रगती राई’। उनले थाङ्ग्रामा जातीय छुवाछुत, महिलाको लागि वंश अधिकार र पहिचानको आवाजलाई बुलन्द रूपमा उठाएकी छन्।
यस्तै, उन्मुक्त पुस्ता आन्दोलनको अभियन्तामध्येका एक प्रकाश गुरागाईं पहिचानसम्बन्धी लेखन र पत्रकारितालाई सँगसँगै बोकेर हिँडिरहेका छन् । जङ्क्सन पिपलबोटले ६०–७० वर्षअघिको साहित्यको इतिहासलाई खोतलेको छ । उनले राजनीतिक इतिहासलाई पनि यस कृतिमा केही मात्रामा समेटेका छन्।
गुरागाईं उकालो मिडियामा आबद्ध छन् ।
२०८१ साल बैशाख २२ गते भोजपुरको टेम्के मैयुङ गाउँपालीका–४ मा पर्ने सुन्दर डाँडा चखियामा पुरस्कार वितरण गरिने कोषले जनाएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।